×

NMB BANK
NIC ASIA

काठमाडौं महानगरपालिकालाई सार्वजनिक बस व्यवस्थापनमा सकस

चैत ४, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

मुलुकको संघीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ ।

Muktinath Bank

देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौं आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विक्रम संवत् २०५६ सालमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस सञ्चालनमा सकस भएको हो ।


Advertisment
Nabil box
Kumari

विशेषगरी अहिले काठमाडौंबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दी लगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । धादिङ, रसुवा नुवाकोट जाने सवारीसाधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन् ।

Vianet communication

गोङ्गबु चोकदेखि बालाजु चोकसम्मको २ किलोमिटर दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश माइक्रो बस तथा ठूला बस सडक छेउबाटै सञ्चालन हुँदै आएका छन् । ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभाग लगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारीसाधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन् ।  

जनकपुर, वीरगञ्ज, बारा, पर्सा लगायतका क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् ।

चितवन, नवलपरासी क्षेत्रमा चल्ने माईक्रोबस कलंकी र हेटौंडा चल्ने सुमोबस बल्खुबाट चल्दै आएका छन् ।

सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा झण्डै २ हजार सार्वजनिक सवारीसाधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारीसाधन सडकबाटै सञ्चालन हुँदै आएका छन् ।

काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ सबै सार्वजनिक सवारीसाधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने गरी काठमाडौं महानगरपालिकाले गृहकार्य थालिरहेको बताउँछन् ।

‘काठमाडांैं महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँबसपार्कमा १६१ रोपनी जग्गा उपलब्ध गराएको छ, सबै सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन हुनुपर्छ,’ उनी भन्छन् ।

बसपार्कमा सवारी साधन नअटाए त्यसको विकल्प खोजिने उनको भनाइ छ । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रको ट्राफिक जाम घटाउन र निजी सवारी साधन पार्किङका लागि आवश्यक अध्ययन गरिरहेको श्रेष्ठ बताउँछन् ।

हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकीदेखि बालाजु–चाबहिल हुँदै कोटेश्वरसम्म दोस्रो चरणको काम भइरहेकाले सडकबाट बस सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायी बताउँछन् । लमजुङ माईक्रोबस कम्पनीका कर्मचारी विष्णु खत्री नयाँ बसपार्कभित्र माइक्रोबस लैजाँदा माइक्रोबसले बोक्ने यात्रु ठूला बसले बोक्दा माइक्रोबसले यात्रु नपाउने डरले आफूहरूलाई बसपार्कभित्र जान समस्या परेको बताउँछन् । ‘हामीलाई सडकबाट माइक्रोबस गुडाउने रहर छैन, नयाँ बसपार्कभित्र ठूला बस र माइक्रोबसका लागि छुट्टाछुट्टै पार्किङको व्यवस्था हुनुपर्छ,’ उनी भन्छन् ।

काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारीसाधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउँछन् । ‘लामो तथा छोटो दूरीका सवारीसाधन गोङ्गबुस्थित नयाँ बसपार्क र पुरानो बसपार्कबाट सञ्चालन हुनुपर्छ, साँघुरो सडकमा जथाभावी सवारी पार्किङ गर्दा लामो समयसम्म सवारी जाम हुने गरेको छ,’ उनी भन्छन् ।

प्रवक्ता भट्ट चक्रपथ वरपरका ठाउँमा जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले उच्च निगरानी राखी कारबाही गर्दै आएको बताउँछन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौं उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने १ हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् ।

पछिल्लो समय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको संख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । – अच्युत रेग्मी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x