×

Dabur
MG

तनहुँ जलविद्युत आयोजनाको अनुगमन, तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

चैत ८, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ ।

yONNEX
Sagarmatha Cement

एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध,भूमिगत विद्युतगृह, मुख्य सुरुङलगायत संरचनाहरूको निर्माण कार्यको अनुगमन गरेको हो ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

टोलीले आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवर्क्स) , दोस्रो प्याकेज–२ (विद्युतगृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरू) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२० केभी प्रसारण लाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदाताहरूसँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्यालगायत विषयमा विस्तृत रुपमा छलफल गरेको थियो ।


Advertisment
Kumari
Saurya island
Pardeshi

निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

Vianet communication
Laxmi Bank

आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको सहुलितपूर्ण ऋण प्रवाह गरेको एडीबीको नेपाल आवासीय नियोग निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए। ‘मुख्य रूपमा प्याकेज–१ को निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकोले निर्माण विधिमा ध्यान दिई उपकरण तथा जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिन्छ’, उनले भने। 

प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडका अध्यक्ष घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकोले सोही लक्ष्यलाई पूरा गर्ने गरी काम गर्न निर्देशन दिए। 

‘बाँध निर्माणका लागि नदी फर्काउने तथा स्लोप कटान चुनौतीपूर्ण देखिन्छ, यसका लागि दक्ष जनशक्ति र उपकणहरू थप गरी कामलाई तीव्रसाथ अगाडि बढाउनुपर्छ, आयोजनकातर्फबाट गर्नुपर्ने सहयोग र सहजीकरणमा हामी सँधै तयार छौं ।’

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरण कुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए। 

आयोजनाको प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रलि नेपाल जेभीले गरिरहेको छ ।

जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि  नदी फर्काउन आवश्यक दुई वटा डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायत निर्माण कार्यहरू भइरहेका छन् । ५३८.५ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२.५ मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२को वारपार गरी (ब्रेक थ्रु) कंक्रिट लाइनिङको काम भइरहेको छ ।

प्योकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युतगृह, मुख्य सुरुङ, र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कार्यहरू गरिरहेको छ ।

विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ कार्य गरिरहेको छ ।

टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्ज ट्यांक निर्माण कार्य जारी छ ।

१४५६ मिटर मुख्य सुरुङमध्ये ७९० मिटर खन्ने कार्य सम्पन्न भएको छ ।

प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ ।

प्रसारण लाइनका ९४ वटा टावरमध्ये ५१ वटा टावरको जग हालिएको छ । साथै, ३२ वटा टावर जडान कार्य, ०.९८८३ किमि तार तान्ने र ८ वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण कार्य र ६ स्थानमा जग हाल्ने कार्य भइरहेका छन् ।

आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ६, २०८०

​काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले नेपाल प्रहरी  ‘सुरक्षित उपत्यका अभियान’मा लागेको बताएका छन् ।  सामुदायिक सेवा केन्...

असोज ६, २०८०

विश्व शान्ति दिवसका अवसरमा काठमाडौंस्थित आत्मज्ञान प्रचार संघमा कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कार्यालय समाखुशीसहित देशभरका झण्डै पाँच सय शाखामा शान्ति दिवस मनाइएको केन्द्रले जनाएको छ । कार्यक्रममा पूर्वमन्त्री...

असोज ६, २०८०

 काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार हालसम्म चार सय आवेदन परेको कामप...

असोज ६, २०८०

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले गैरसरकारी सङ्घसंस्थाहरूले दिगो विकासका लक्ष्यअनुसार कार्यक्रम तर्जुमा गर्नुपर्ने बताएका छन् । समाजकल्याण परिषद्‌द्वारा आज आयोजित ४४औं सामाजिक स...

असोज ६, २०८०

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकसँग भएको सहमति कार्यान्वयन सांसदहरूको हातमा रहेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) को २० औं वार्षिकोत्सवका अवसरमा आज आयोजित का...

असोज ६, २०८०

दाङको तुलसीपुरमा शनिवार खुकुरी प्रहारबाट महिलाको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराकी ४३ वर्षीया रिता लामिछानेको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादु मल्लले जा...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x