×

NMB BANK
NIC ASIA

रासायनिक मलको मूल्यवृद्धि फिर्ता लिन सत्तारुढ दलकै किसान आन्दोलनको प्रदर्शन

चैत ८, २०७९

NTC
Premier Steels

सत्तारुढ नेकपा (माओवादी केन्द्र)सहित कम्युनिष्ट पार्टी निकट किसानले रासायनिक मलखादको समस्या समाधानको माग राख्दै माइतीघरमा प्रदर्शन गरेका छन् । 

Muktinath Bank

बुधबार काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सहभागी अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङले नेपाली किसानलाई राज्यले उपेक्षा गरेकाले सडक आन्दोलनमा आएको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले किसानलाई सरकारले समयमा नै मल बीउको समेत व्यवस्था नगर्दा किसानहरू समस्यामा परेको बताए।


Advertisment
Nabil box
Kumari

उनले किसानले उत्पादन गरेको वस्तु बजार नपाउने तर विदेशबाट आयात गरेर खाने दलाल सरकारको कारण किसान दुःखी रहेको बताए। उनले यो आन्दोलन सातै प्रदेशमा गर्ने पनि बताए। 

Vianet communication

त्यस्तै प्रदर्शनमा सहभागी अखिल क्रान्तिकारीकी उपाध्यक्ष सिलु न्यौपानेले नेपाल कृषिप्रधान देश भए पनि किसानहरूले किसान भएर बाच्न सक्ने अवस्था नभएको बताइन्।

उनले नेपाली किसानलाई सरकारले समयमा नै मल,बीउसमेत उपलब्ध गराउन नसकेको बताए। उनले किसानले उत्पादन गरेका वस्तुहरू सहज रूपमा बजार पाउने अवस्था नभएको भन्दै सरकारले उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिदिनुपर्ने माग राखिन‍्। 

किसान संगठनहरूको लघुवित्त, मिटरब्याजी, रासायनिक मलखादको समस्या समाधान गर्नुपर्ने माग राखेका छन् ।

यस्तै उनीहरूले कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नुपर्नेलगायत माग राखेका छन् ।

प्रदर्शनमा माओवादीनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान युनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघको सहभागी रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x