×

NMB BANK
NIC ASIA

२ वटा मन्त्रालयमा सहमत भएको शेखर पक्षले यसकारण माग्यो देउवासँग ३ मन्त्रालय

चैत १८, २०७९

NTC
Premier Steels

कांग्रेसले सरकारमा ८ मन्त्रालय पाउँदा पार्टीभित्र डा. शेखर कोइराला पक्ष २ वटा मन्त्रालय लिनमा सहमत जस्तै थियो । तर आफैंले मन्त्रीमा पठाउन ठिक्क पारेर राखेका नेताको नाम पनि नदिइ शेखर पक्षले एकाएक ३ वटा मन्त्रालय पाउनुपर्ने अडान लिइदियो ।

Muktinath Bank

यसैले शुक्रबार कांग्रेसका ४ जना मन्त्रीले मात्रै शपथ लिए । तर ४ जना मन्त्रीको टुंगो लागेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेखर पक्षले आफू निकटका पदाधिकारी र सिनियर नेतासँग छलफल गरेरै ३ वटा मन्त्री नपाए नाम नपठाउने निर्णय लियो । यसको जानकारी सभापति शेरबहादुर देउवालाई दियो ।


Advertisment
Nabil box
Kumari

शेखर पक्षले नाम नपठाएपछि आन्तरिक समीकरण मिलाउन अप्ठ्यारो झेलिरहेका देउवालाई पनि बहाना मिल्न पुग्यो । यसैले उनले तत्काल ४ जना मात्रै मन्त्री पठाएका हुन् ।

Vianet communication

तर आफैंले प्रस्ताव गरेकालाई मन्त्री बनाउन देउवा तयार भए पनि शेखर पक्षले २ को सट्टा ३ जनाको अडान लिनुमा भने अर्कै कारण रहेको बताइन्छ ।

कांग्रेसले पाउने भागबण्डामा देउवाले शेखर पक्ष, प्रकाशमान, सिटौला र शशांक पक्षलाई समेट्ने धेरै बुझाई थियो । तर शेखरलाई २ वटा मन्त्रालय दिएपछि ६ वटामा उनले आफू निकटकै नेतालाई मन्त्री बनाउने तयारी गरे ।

यसै अनुरुप मन्त्रीको नाम टुंग्याए । प्रकाशमानबाट मन्त्रीको दाबी गर्ने राजन केसी र शशांकको तर्फबाट दाबी गर्ने दीपक गिरी वा दीपक खड्का पनि मन्त्री नबन्ने पक्का भयो । सिटौला पक्षका नेता पनि मन्त्री नबन्ने चाल शेखर पक्षले पायो । यसैले ६ जना नै देउवा पक्षका मन्त्री हुनबाट रोक्न शेखर पक्षले  २ को सट्टामा ३ जनाको अडान लिन पुगेको हो ।

‘सबै पक्ष समेटिँदा २ वटा मन्त्रालयमा पनि मान्ने जस्तो हामीले गरेको हो । तर पार्टीमा अरु पक्ष सबै छुट्ने तर संस्थापनबाटै ६ जना मन्त्री हुने भएपछि हामीले पनि अडान लिँदै ३ मन्त्री पाउनुपर्ने निर्णय गरेका हौं’ सहमहामन्त्री बद्रि पाण्डेले लाेकान्तरसँग भने । 

यस्तो भएपछि देउवाले पटकपटक आग्रह गरे पनि शेखरले २ नाम नपठाउने अडान लिएका थिए ।

देउवाले प्रकाशमान र शशांक निकटलाई मन्त्री बनाएको भए शेखर पक्षले धनराज गुरुङ र डीगबहादुर लिम्बुलाई मन्त्रीमा पठाउने तयारी गरेको थियो ।

धनराजले सामान्य प्रशासन र लिम्बूले कानुन मन्त्रालय पाउने चर्चा पनि थियो ।  

अब सभापतिसँग शेखर कोइरालाले कुरा गरेर मिलाउने पाण्डे बताउँछन् । 

‘सभापतिसँग शेखर दाइले कुरा गरेर मिलाउने भन्ने भएको छ’ पाण्डेले भने, ‘भोलि कार्यसम्पादन समितिको बैठक पनि छ । यहाँ पनि कुरा उठ्न सक्छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x