×

NMB BANK
NIC ASIA

पाइलटले महिला मित्रलाई ककपिटमा बोलाएपछि...

बैशाख ८, २०८०

NTC
Premier Steels

भारतको एयर इन्डियाका एक पाइलटले दुबईबाट दिल्ली आउँदै गर्दा ककपिटमा महिला मित्रलाई बोलाएको भनी कर्मचारीहरूले उजुरी दिएका छन् । 

Muktinath Bank

गत फेब्रुअरी २७ मा क्याप्टेनले ती महिलालाई ककपिटमा बोलाएको मात्र नभई बिजनेस क्लासको खानेकुरा दिन समेत कर्मचारीलाई अह्राएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एयर इन्डियाले यस घटनाको अनुसन्धानका लागि एक समिति गठन गरेको छ । मार्च ३ मा कर्मचारीहरूले यस विषयमा उजुरी दिएका थिए । 


Advertisment
Nabil box
Kumari

विमान कर्मचारीलाई शुक्रवार उड्डयन प्राधिकरणले बयान दिन बोलाएको छ । 

Vianet communication

उजुरीका अनुसार, एआई ९१५ विमानमा चढ्नु अघिबाट नै समस्या आइसकेको थियो । कर्मचारीहरूले रिपोर्टिङ टाइमभन्दा बढी समयसम्म पाइलटलाई कुरेका थिए । पाइलटहरू नआएपछि कर्मचारी विमानमा प्रवेश गरेका थिए । 

पाइलटहरू पछि यात्रुुसँगै विमानमा प्रवेश गरे । त्युपछि पाइलटले आफ्नी एक महिला मित्रका लागि बिजनेस क्लासमा सीट खाली छ कि भनी सोधे । ती महिला यात्रुलाई इकोनोमी क्लासबाट बिजनेस क्लासमा स्तरोन्नति गराउने पाइलटको उद्देश्य थियो । 

त्यसपछि पाइलटले महिला मित्रलाई ककपिटमा बोलाएका थिए अनि उनको आरामका लागि सिरानी ल्याउन कर्मचारीलाई अह्राएका थिए । ती महिला फर्स्ट अब्जर्भरको सीटमा बसेकी थिइन् । 

महिलाले ककपिटमा एक घन्टा बिताएकी थिइन् । 

उनी त्यहाँ बसुन्जेल कर्मचारीहरूलाई बारम्बार बोलाइएको थियो । महिलालाई बिजनेस क्लासको खाना र नास्ता उपलब्ध गराइएको थियो । त्यसले गर्दा विमान कर्मचारीहरूले अन्य यात्रुलाई सेवासुविधा दिन पाएका थिएनन् । 

महिला ककपिटभित्र हुँदा पाइलटहरू आफ्नो स्वाभावित अवस्थामा नरही पल्टिरहेको पाइएको गुनासो पनि कर्मचारीहरूले गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x