२४ जेठ २०८३, आइतबार

नेपालमा उत्पादित सवारीसाधन दर्ताबारे ७ दिनभित्र मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने

बैशाख ११, २०८०
नेपालमा उत्पादित सवारीसाधन दर्ताबारे ७ दिनभित्र मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने

नेपालमा उत्पादित सवारीसाधन दर्ता प्रक्रियामा देखिएको कानूनी जटिलता हल गर्न सम्बन्धित कानूनहरू संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याइने भएको छ ।

सवारीसाधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समस्या समाधान गर्न निर्देशन दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरूसँग सोमवार गरेको छलफलमा यस्तो निर्णय भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा सोमवार बसेको बैठकले ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६०’मा आवश्यक संशोधन गरी नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ दिनभित्र आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।

सचिव पाण्डेका अनुसार नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि ‘सवारी तथा यातायात व्यवस्था नियमावली २०५४’मा आवश्यक सुधार गर्न संशोधनको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ७ दिनभित्रमा मन्त्रिपरिषद्मा पेश गर्ने व्यवस्था मिलाइनेछ ।

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं पदाधिकारीका अतिरिक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानून मन्त्रालय, यातायात विभाग, विद्युतीय सवारीसाधन ‘यात्री’का पदाधिकारीको उपस्थिति थियो ।

प्रधानमन्त्री प्रचण्डले यसअघि नै नेपालमा उत्पादित हुने वस्तु तथा सेवालाई सहजरूपमा उत्पादनको नीतिगत व्यवस्थाका साथै प्रोत्साहनमुखी वातावरण तयार गर्न निर्देशन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्