×

NMB BANK
NIC ASIA

सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि ३ दिने ‘फिल्म फेस्टिभल’ हुँदै

बैशाख १५, २०८०

NTC
Premier Steels

सुदूरपश्चिम विश्वविद्यालयमा आज शुक्रवारदेखि ‘फिल्म फेस्टिभल’ हुने भएको छ ।

Muktinath Bank

नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३ को १२औं संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार पत्रकार सम्मलेन गर्दै नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रवारदेखि ३ दिनसम्म महोत्सव हुन लागेको जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

नेपाल युरोपियनका उपराजदूत डा. जोलीले फिल्म महोत्सवमा युरोपका ८ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गरिने बताए । ‘महोत्सवमा मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका चलचित्रलाई कसरी बुझ्ने शीर्षकमा अन्तक्र्रियात्मक छलफल हुनेछ,’ डा. जोलीले भने, ‘यसको उद्देश्य आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने रहेको छ ।’ उनले महोत्सवमा निःशुल्क सहभागी जोसुकैले हेर्न पाउने बताए ।

Vianet communication

सुदूरपश्चिम विश्वविद्यालय कानून संकायका डीन कर्ण थापाले मानवअधिकारसँग चलचित्र भएकाले विश्वविद्यालयले सहकार्य गरेको बताए । ‘विश्वविद्यालयले सहकार्य गरेर यस्ता कार्यक्रम गरी नै राखेको हुन्छ,’ उनले भने, ‘हामीले विश्वविद्यालयमा पढाउने कुरा पनि यही नै भएकाले सहकार्य गरेर महोत्सव आयोजना गर्न लागेका हौं ।’

उनले महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहभागी हुने बताए । महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अस्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेको इमादज चाइल्डहुड (स्वीडेन, लाटभिया, इराक), इग्नस जोनसको निर्देशन रहेको इनभिजिवल (लिथुअनिया, लाटभिया, युक्रेन, स्पेन), डेभिड फ्रेनको निर्देशन रहेको डेटिङ अम्बर (आयरल्यान्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेको मित्र (नेदरल्यान्डस्) प्रदर्शन हुनेछन् ।

महोत्सवमा टोनी ह्यागेन फाउन्डेसनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्म पनि प्रदर्शन गरिनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x