×

Dabur
MG

प्रदेश सरकारको नीति कार्यक्रममा कृषि क्षेत्र प्राथमिकतामा

पर्सा | जेठ २४, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

yONNEX
Sagarmatha Cement

विगत वर्षका नीति तथा कार्यक्रमभन्दा अहिले आएको नीति कार्यक्रममा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रले विशेष प्राथमिकता पाएकाले मानव सूचकाङ्कमा पछि परेको यो प्रदेशको समग्र विकासले गति लिने विश्वास लिइएको छ । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

किसानका समस्यालाई सम्बोधन हुने गरी सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रले प्राथमिकता पाउँदा अन्नबालीको भण्डार मानिएको मधेस प्रदेशको कृषि क्षेत्रमा सुधार आउने सङ्केत देखिएको किसानले बताएका छन् । नीति तथा कार्यक्रममा समेटिएका कृषि लक्षित कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्ने उनीहरूको भनाइ छ । 


Advertisment
Kumari
Saurya island
Pardeshi

“यसरी हेर्दा सरकारको नीति तथा कार्यक्रम कृषिमैत्री देखिन्छ”, बाराको गढीमाईका किसान सुकदेव कुशावाहाले भने, “नीति कार्यक्रम असाध्यै लोकप्रिय छ, यसले किसानको समस्यालाई सम्बोधन गर्नसक्ने देखिन्छ ।” तर नीति कार्यक्रम आउनुभन्दा पनि यसको कार्यान्वयन पक्ष महत्वपूर्ण रहेको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

कृषि क्षेत्रको सम्भावना, विकास तथा प्रवद्र्धन गर्न गुरुयोजना तयार गरी कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व सम्वद्र्धनका लागि निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक खेती प्रणालीमा रुपान्तरण गरने प्रदेश सरकारको नीति कार्यक्रममा उल्लेख छ । 

कृषकलाई समयमै मलखाद्य, बीउबिजन प्राविधिक सेवा तथा अन्य सामग्री दिने र कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाँझो एवं उपयोगविहीन खेतीयोग्य जग्गाको प्रयोगका लागि कृषक समूह तथा कृषक सहकारीलाई भाडामा जग्गा उपलब्ध गराइने प्रदेश सरकारले नीति लिएको छ । 
        
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘एक टोल एक सामुदायिक कृषि उत्पादन’, ‘एक वडा एक विशेष उत्पादन’ र ‘एक पालिका एक उत्पादन क्षेत्र’का कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
    
कृषिलाई प्रविधिमैत्री, व्यावसायिक, उच्च प्रतिफलदायी एवं मर्यादित पेसाकारुपमा रुपान्तरित गर्दै कृषिउपजको उत्पादन, प्रशोधन र भण्डारणमा सहयोग पुर्याउन स्क्रीन हाउस, भण्डार गृह, शीतभण्डार र बीउ प्रशोधन केन्द्र निर्माण गरिने  मधेस प्रदेश सरकारको नीति कार्यक्रममा उल्लेख छ । 

मधेस कृषि विश्वविद्यालयमा अध्ययनरत प्राविधिक जनशक्तिलाई स्थानीय तहसँग समन्वय गरी किसानसम्म प्रविधि हस्तान्तरणका लागि कार्य प्रशिक्षण कार्यमा संलग्न गराइने र मधेस कृषि विश्वविद्यालयअन्तर्गत सम्भाव्यता अध्ययन गरी बारा जिल्लामा ‘भेटेनरी कलेज एण्ड रिसर्च सेन्टर’ स्थापना गरिने प्रदेश प्रमुख मिश्रले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । 

“किसानको मुख्य समस्या भनेको सिँचाइ, मलखाद्य र गुणस्तरीय बीउबिजन समयमा नपाउनु हो”, अखिल नेपाल किसान सङ्घका नेता हरिनारायण महतोले भने, “अहिलेको नीति तथा कार्यक्रममा सिँचाइ, मलखाद्य र बीउबिजन उपलब्ध गराउने उल्लेख छ, जुन असाध्यै राम्रो कुरा हो ।” तर विगतमा आएका कार्यक्रम प्रभावकारी नभए जस्तै अहिलेको नीति कार्यक्रम पनि कार्यान्वयन हुँदैन भन्नेमा आशङ्का लागिरहेको छ, उनको भनाइ छ । 
    
पशुको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि नश्ल सुधार कार्यक्रम, अनुवांशिक स्रोतको संरक्षण, नवीनतम नश्लको आयात तथा प्रवद्र्धन गर्न सङ्घीय र स्थानीय सरकारसँगको सहकार्यमा कृत्रिम गर्भाधान केन्द्र स्थापना गरी घुम्ती कृत्रिम गर्भाधान सेवा सञ्चालन गरिने लिएको प्रदेश सरकारले प्रदेशभरिका सबै वडामा पालिका तथा निजी क्षेत्रसँगको सहकार्यमा एक/एक जना प्राविधिक परिचालन गरी पशु स्वास्थ्य सेवा घरदैलोसम्म पुर्याइने नीतिलाई अघि सारेको छ । 
    
यसले नीति तथा कार्यक्रममार्फत अघि सारेको योजना कार्यक्रम सफलरुपमा कार्यान्वयन गरिने मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृृषि तथा सहकारीमन्त्री  गोविन्दबहादुर न्यौपानेले बताए । 
    
“अहिले नीति तथा कार्यक्रममा समेटिएका अधिकांश कार्यक्रम मधेसका जनताको चाहनालाई सम्बोधन गर्ने खालको छ”, मन्त्री न्यौपानेले भने, “अब नीति तथा कार्यक्रमै टेकेर किसानले भोग्दै आएका समस्यालाई सम्बोधन हुनेगरी बजेट ल्याएर कार्यान्वयन गर्छाैँ ।” अहिले आएका कार्यक्रम कार्यान्वयन हुँदैन् कि भन्ने आशङ्का गर्ने कुनै कारण, जसरी पनि यी कार्यक्रमलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ, उनले भने । 

कृषिलाई प्रवद्र्धन गर्न ‘सिँचाइ मे लगानी किसानके खुशहाली’ नाराअघि सारेको प्रदेश सरकारले त्यसलाई सार्थक बनाउन सतह सिँचाइ सम्झौता सिँचाइ प्रणाली तथा भूमिगत सिँचाइ प्रणालीलाई अझ सघनताका साथ अघि बढाउने घोषणा गरेको छ । त्यस्तै कृषियोग्य बाँझो जग्गालाई उपयोग ल्याउन सामूहिक र सहकारी कृषि प्रणाली अवलम्बनमा जोड दिइने र बगर खेतीलाई प्रोत्साहित गरिने जनाएको छ । 

समृद्धिका लागि वन कार्यक्रम कार्यान्वयनमा ल्याउने घोषणा गरेको प्रदेश सरकारले ‘जहाँ बाटो त्यहाँ रुख, जसले ल्याउँछ परमसुख’ को नारालाई चरितार्थ गर्न स्थानीय तहको समन्वय र सहकार्य सडक किनारमा बिरुवा रोपी हरियाली प्रवद्र्धन गर्ने तथा प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने सरकारले घोषणा गरेको छ ।

कृषिबाहेक सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी निवारण, दिगो विकास तथा पर्यावरण संरक्षा तथा सुशासनको प्रत्याभूतिलाई समेत प्राथमिकता दिने सरकारको नीति कार्यक्रममा उल्लेख छ । 

सार्वजनिक क्षेत्रको अनुउत्पादक खर्चलाई निरुत्साहित गर्दै उत्पादनशील क्षेत्रमा लगानीलाई प्रोत्साहित गर्ने नीति लिएको प्रदेश सरकारले प्रदेशमा लगानी प्रवद्र्धनलाई सरलीकरण, सहजीकरण र नियमन गर्ने घोषणा गरेको छ । 

प्रदेशस्तरीय बहुआयामिक गरिबीको अध्ययन, मधेस प्रदेश सरकार तथा स्थानीय सरकारको संस्थागत क्षमता अभिवृद्धिका लागि रणनीति योजनातर्जुमा लैङ्गिक असमानता र समावेशीकरणसम्बन्धी अध्ययन अनुसन्धान, अन्य प्रादेशिक नीति, मार्ग दर्शन र कार्यविधि निर्माण गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा जनाएको छ ।

पर्यटनलाई मधेस प्रदेशको समृद्धिको मूल आधार बनाएको प्रदेश सरकारले ‘प्रादेशिक पर्यटन पूर्वाधार, आन्तरिक पर्यटनको आधार’ भन्ने नारालाई सार्थक तुल्याउन प्राथमिकताका साथ प्रादेशिक महत्वका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक पर्यटनमुखी उत्पादनलाई विकास, प्रवद्र्धन गर्न दीर्घकालीन नीति लिने भनिएको छ । 

प्रदेशअन्तर्गतका जैविक विविधताको दृष्किोणले महत्वपूर्ण वन क्षेत्र, सिमसार क्षेत्र वा अन्य भौगोलिक क्षेत्रलाई पर्यावरणीय हिसाबले ‘हटस्पट’ घोषणा गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने र ‘चुरे जोगाऔँ, मधेस बचाऔँ’ अभियानलाई मूर्त रुप दिँदै प्रदेशका जिल्ला सदरमुकामलाई हरित सहर स्वच्छ सहरका रुपमा विकास गर्ने घोषणासमेत प्रदेश सरकारले गरेको छ । 

पर्यटकीय विशेष गन्तव्यका रुपमा हरित पैदलमार्ग, पर्यटकीय हरित उद्यानको निर्माण गरिने, धनुषाधाम संरक्षित वनलाई प्रदेशकै गौरव हुने ‘जैविक तथा वनजन्तु उद्धार केन्द्रका रुपमा विकास गरिने पर्साको प्रसिद्ध बौद्ध धार्मिकस्थल भिष्वा मठलाई वीरगञ्ज महानगरपालिकाको सहकार्यमा धार्मिक पर्यटकीय गणतव्यस्थलका रुपमा विकास गरिने सरकारले घोषणा गरेको छ । रासस

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ५, २०८०

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (एनईपीएस)को अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त भएका छन् ।​ न्यौपाने माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । उनी यसअघि माछापुच्छ्रे बैंक...

असोज ६, २०८०

नेपाल राष्ट्र बैंकले शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा तथा बिक्रीदर १३३ रुपैयाँ रहेको छ ।  यसैगरी युरो एकको खरिददर १४० रुपैय...

असोज ५, २०८०

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३३ रुपैयाँ २५ पैसा रहेको छ।   यसैगरी युरो एकको खर...

असोज ५, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ्ग कार्यक्रमसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का उत्पा...

असोज ५, २०८०

झण्डै साढे ३ महिना ढिलागरी आउन लागेको नेपाल पर्यटन बोर्डको बजेट सार्वजनिक नहुँदै विवादमा परेको छ । असार २५ गते नै ल्याइसक्नुपर्ने बजेट भोलि असोज ६ गते ल्याउन लागिएकोमा त्यो पनि सार्वजनिक नहुँदै विवादमा पर...

असोज ५, २०८०

डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x