×

संसदमा रवि

संसदमा भैँसी र राँगोका गफ गरे ५ वर्षपछि गोबरबाहेक केही पाउँदैनौं– रवि लामिछाने

काठमाडाैं | जेठ २५, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)का सभापति रवि लामिछानेले मुलुकका अन्य समस्यालाई बिर्सेर संसदमा भैँसी र राँगोको विषयमा बहस भएकोमा लज्जित महसूस गरिरहेको बताएका छन् । उनले आफ्नो पार्टीका र नयाँ दलका सांसदले गरेको बहसप्रति क्षमा मागे । 

बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा बजेटको सामान्य छलफलमा भाग लिँदै सभापति लामिछानेले संसदमा भइरहेको अमर्यादित बहसबारे क्षमा मागेका हुन् । 


Advertisment

‘संसद्को गरिमा राख्नलाई कहीँ कतै चुकिरहेका त छैनौं ? यसबारेमा ध्यानाकर्षण गराउँछौं । जस्ताजस्ता विषयमा छलफल गर्‍यौं, त्यसबाट हामी लज्जित भएका छौं,’ लामिछानेले भने, ‘भैँसी र राँगोको विषयमा गफ गरेर ५ वर्ष बिताउने हो हामीले गोबरबाहेक केही पाउँदैनौं ।’


Advertisment

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा १५ वटा राँगा ल्याउने सहमति भएकोमा संसदमा पछिल्ला दिनमा त्यसबारे बहस भइरहेको छ । 

‘हाम्रो दलबाट भएका कमीकमजोरीमा माफी माग्न चाहन्छौं, नयाँ दलको रूपमा नयाँ अभ्यास लिएर आएका छौं । संसद्बाट राम्रो सन्देश गएको छैन । संसदमा भएका बहस अमर्यादित भएकोमा क्षमा माग्न चाहन्छु,’ उनले भने । 

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x