असोज ८, २०७९
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
काठमाडाैं | असार ९, २०८०
जंक फूड (पत्रु खाना) र फास्ट फूडको अत्यधिक प्रयोगका कारण बालबच्चाहरूमा विभिन्न समस्या देखिन थालेपछि सरकारले जंक फूड र फास्ट फूडमा रोक लगाएको छ । आफ्ना बालबच्चालाई आफ्नै देशमा उत्पादित मौसमी बालीबाट बनेका विविध परिकार खुवाउनुपर्ने नियम लागू गरिएको छ ।
सरकारी स्तरबाट नै यो निर्देशन र शुरूआत भएलगत्तै देशभरका धेरै जिल्लाहरूमा रैथाने परिकार मात्र दिने निर्णय गरिएको छ । सरकारी स्कूलहरूबाट शुरू गरिएको रैथाने परिकारबारे अब होमस्टे र गाउँगाउँका रेस्टुरेन्टहरूमा पनि तालिम शुरू भएको छ ।
रैथाने बालीबाट परिकारमा विविधिकरण गरिनुपर्ने भनि कृषि ज्ञान केन्द्र, नगरपालिका र गाउँपालिकाहरूले रैथाने बालीबाट विविध र आकर्षक परिकार बनाउन सक्ने दक्ष र विज्ञ प्रशिक्षक निमन्त्रणा गरी तालिम दिन थालिएको छ ।
मानिसलाई मुख्यतया ४ किसिमका खाद्य सामग्रीको आवश्यक पर्दछ । कार्बोहाइडेड, प्रोटिन, फ्याट र खनिज पदार्थले शारीरिक वृद्धि, मानसिक वृद्धि, संवेगात्मक पक्षको सन्तुलित विकासमा न्याय गर्दछ । नेपाल सरकारको मान्यताअनुसार बालबालिकालाई चाहिने समग्र पोषण तत्वको एकतिहाइ भाग विद्यालय दिवा खाजाले पूर्ति गर्नुपर्छ । यस आधारमा ३० प्रतिशत कभर हुने गरी दिवा खाजामा कम्तीमा कच्चा सामग्री १५० ग्राम र अधिकतम २०० ग्रामको प्रतिविद्यार्थी भाग पर्ने गरी दिवा खाजाको मेनु तालिका १० वटा क्षेत्रमा प्रयोग हुन सक्ने ६० वटा नमूना पुस्तिका निर्माण गरिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भनेको छ, ‘दिवा खाजा व्यवस्था गर्दा बजारमा खरिद गरिएको जंक फूड नखुवाउने, सकेसम्म स्थानीय कृषि उपजमा आधारित खाद्यान्न, तरकारी, दूध, दही, माछा, मासु, फलफूल लगायतका सामग्रीबाट ताजा र पोषिलो दिवा खाजा खुवाउने व्यवस्था मिलाउनुपर्ने हुन्छ ।
एकबालीबाट धेरै परिकार बनेमा बच्चाहरू र किनेर खाने पाहुनाहरूमा पनि रोजाइ धेरै हुने, स्वादमा फरक लाग्ने र देख्नमा पनि भिन्न हुने हुँदा परिकारमा विविधिकरण हुन जरुरी छ ।
के हो रैथाने परिकार ?
मौलिक र परम्परागत रूपमा हाम्रा बाउबाजेले खाने गरेका परिकार नै रैथाने परिकार हुन् । स्थानीय रूपमा फल्ने मौसमी बालीबाट बन्ने हाम्रा लोक खाना नै रैथाने खाना हुन् । रैथाने परिकार बुझ्नु अगाडि हामीले रैथाने बाली बुझ्न जरुरी छ ।
कृषि विज्ञ रामकृष्ण श्रेष्ठका अनुसार रैथाने बाली भनेर मुख्यतः अन्न र कोदोजन्य बालीलाई बुझिए पनि यस्ता बालीमा दलहन, तेलहन, तरकारी, फलफूल, मसलाजन्य आदि पर्छन् । रैथाने बालीसँगै रैथाने जात पनि हुन्छन् । निश्चित कालखण्डमा कुनै निश्चित स्थानमा उत्पत्ति भई प्राकृतिक रूपले अन्य स्थानमा समेत फैलिएर फल्दै आएका र स्थानीय कृषकहरूले खेती गर्दै छनोट एवं संरक्षण गरी आएका बाली नै रैथाने बाली हुन् ।
नेपालमा फल्ने धान, कोदो, चिनो, कागुनो, लट्टे, जुनेलो, मकै, फापर, सिलम, घैया, आलु लगायत यी सबै हाम्रा रैथाने बाली हुन् । यी बाली प्रयोग गरेर बनाइने सबै विविध परिकार नै हाम्रा रैथाने परिकार हुन् ।
के–के बनाउन सकिन्छ त रैथाने परिकार ?
आधुनिक तवरमा सबैले मन पराउने आकर्षक र स्वादमा पनि मिठास दिन हामीले धेरै परिकार बनाउन सकिन्छ, जुन सबैको रोजाइ र स्वस्थकर पनि होस् । कोदोको पिज्जा, कोदोको कुकिज, कोदोको पाउरोटी, कोदोको निम्की, कोदोको मफिन, कोदोको मःम, कोदोको चाउमिन, कोदोको पुवा, कोदोको बाबर, कोदोको नैबेद, कोदोको केक, कोदोको प्यानकेक, कोदोको साग रोटी, कोदो फापरको फुरौला, कोदोको सेलरोटी, कोदोको दाम्ले रोटी, कोदोको लाखमरी, कोदोको माडा रोटी, कोदोको खोले, कोदोको सुप, कोदोको थुप्पा, कोदोको कन्चे, आलुको चिप्स, आलुको भुजुरी, आलुको चप, छुर्पी आलु बल, आलु बियो, आलु पास, आलु रोटी, रिल्दुक, मुस्ताङ आलु, थिचेको, आलु, आलुको दाल, आलुको ढिडो, आलुको पास्ता, आलुको सुप, आलुको अचार, आलुको प्याटी, आलुको पकोडा, आलुको गुड, आलुको खिर, आलुको मफिन, आलुको अम्लेट, तन्दुरी आलु, आलु दम, भरेको आलु, आलुको हलुवा, आलुको नूडल्स, आलुको वाफल, सागको पकोडा, साग रोटी, फापरको फुरौला, मस्याङको बिरौनी, भटमासको बिरौनी, च्याउको छोइला, कटहर सादेको, चिउरा पुवा, मकैको पुवा, गहुको भोल्टा, मैकैको खिर, भक्का, बगिया, अर्सा, अनरसा, खजुरी, सेलरोटी, योमरी, तिलौरी, मकैको प्यप्लो, कोदोको निम्की, फर्सीको चप, चना आलु भुटेको, मोरे, ऐरे, जरिंगो गहतको बिरौला लगायत धेरै समावेश गर्न सकिन्छ ।
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...