×

NMB BANK
NIC ASIA

भानु जयन्तीमा राष्ट्रपति पौडेलको सन्देश : साहित्य र संस्कृतिको संरक्षण गर्न हामीलाई प्रेरणा मिलोस्

काठमाडाैं | असार २९, २०८०

NTC
Premier Steels

राष्ट्रपति रामचन्द्र पौडेलले भानु जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालभित्रका सबै जातजाति, भाषभाषी, साहित्य र संस्कृतिको संरक्षण गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

Muktinath Bank

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य राष्ट्रिय एकताको प्रतीक भएको उनले जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रूपमा समन्नुत तुल्याएका छन् । उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसांस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको छ,’ सन्देशमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

आदिकवि भानुभक्तले सरल र रोचक ढंगले नेपालीमा लेखेको रामायण सबै नेपालीले सरल ढंगले पढ्न सक्ने हुँदा यसबाट हिमाल, पहाड र तराईका जनताबीच भावनात्मक एकता अभिवृद्धि भएको सन्देशमा उल्लेख छ ।

Vianet communication

शुभकामनामा भनिएको छ, ‘भानुभक्तीय रामायण नेपालीलाई एकताको सूत्रमा बाँध्ने एउटा महत्त्वपूर्ण रचना हो । यस रचनाको माध्यमले देशलाई पृथ्वीनारायण शाहले प्रशासनिक रूपले गराएको एकतालाई भावनात्मक एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेलेको छ । त्यसकारण भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक पनि हुन् ।’

भानु जयन्ती मनाइरहँदा भानुभक्तको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्न सकेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने पौडेलले जनाएका छन् ।
null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x