×

NMB BANK
NIC ASIA

रासायनिक मल पाउन सास्ती र हैरानी

काठमाडाैं | साउन १, २०८०

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

सरकारले चाहेमा आमकिसानले भोग्नुपरेका सास्ती र हैरानीलाई कसरी अन्त्य गर्न सक्दो रहेछ भन्ने कुरा यसपटकको धान रोपाइँ पूर्वको अवस्थाले पुष्टि गरेको छ ।

Muktinath Bank

कृषिप्रधान देशको किसानले नै रासायनिक मल ( युरिया, डीएपी र पोटास) प्राप्त गर्न भोग्नुपरेका संघर्षका कथा आफैंमा अत्यन्त्य पीडादायी हुने गर्दथे । ‘मानो रोपेर मुरी उब्जाउने बेला’ अर्थात् असारे धान रोपाइँका समयमा  मल प्राप्त गर्न पनि देशैभरका किसानले सधैं धेरै पसिना बगाउनुपर्दथ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्तमान सरकारको ‘रासायनिक मलको अभाव हुन नदिने’ नीतिलाई कार्यान्वयन गर्ने क्रममा गरेको दूरदृष्टि निर्णयले यसपटक कहीँकतै रासायनिक मलको  हाहाकार नभएको हो ।  


Advertisment
Nabil box
Kumari

विशेषगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलको अभाव हुन नदिन निरन्तर गर्नुभएको निगरानी, समन्वय, सहजीकरण र चासोले गर्दा वर्षाैंदेखिको समस्या यसपटक दोहोरिन पाएन । विशेषगरी असारे धान रोपाइँका समयमा मल अभाव हुने नेपालका लागि दीर्घकालीन रोग हो ।   

Vianet communication

रासायनिक मल आयातका लागि स्वीकृति पाएका निकायले समयअगावै मल ल्याएका र किसानले भने जति पाएकाले पनि संघीय सदनमा यससम्बन्धी आवाज उठ्नै पाएन । मल अभाव सम्बन्धी कुरा जननिर्वाचित सर्वाेच्च निकायमा उठान नभएको सम्भवतः पहिलोपटक हुनसक्छ । यसपटक कुरा उठान भयो त – ‘स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्नुपर्‍यो, किन बजेट विनियोजन गरिएन ?’

खण्डवृष्टि भएकाले अहिले आधाआधी रोपाइँ सकिएको छ । धमाधम रोपाइँ जारी रहँदा कहीँकतै मलको अभाव भएको किसानले गुनासो गरेका छैनन् । किसानले आफूलाई पायक पर्ने स्थानबाट आफूले चाहेको जति मल प्राप्त गरिरहेका छन् । उनीहरूका लागि समयमा मल, बीउ र तत्काल प्राविधिक सहयोग पाउनु नै खुशीका विषय हुन् । ती कुराहरू सहज उपलब्ध गराउनु सरकारको दायित्व नै हो । उसो त सरकारले यस वर्ष समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याएर वर्षौंदेखिको समस्यालाई अन्त्य गरेको थियो । विद्यार्थी र किसानबाट सरकारले प्राप्त गरेको ऐतिहासिक स्यावासीलाई जोगाइ राख्नु जरुरी देखिन्छ ।   

साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मल अभाव हुन नदिन निरन्तर राख्नुभएको चासो, अर्थ मन्त्रालयको सहयोग, कृषिमन्त्री, कृषि मन्त्रालयका सचिव र सहसचिवको ताकेता र समन्वयले गर्दा यसपटक रासायनिक मलको समस्या हटेको हो ।’ रासायनिक मल आयातका लागि स्वीकृति पाएका निकायमध्येको कर्पाेरेसन पनि एक हो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कर्पाेरेसनलाई पहिलोपटक रासायनिक मल आयातको लागि स्वीकृति प्रदान गर्न सहयोग र समन्वय गरेका थिए ।

तत्कालीन समयमा कर्पाेरेसनले पहिलोपटक ८५ हजार मेट्रिक टन मल समयअगावै ल्याई आफ्ना डिपोमार्फत वितरण गरेको थियो । यसबाट कर्पाेरेसनले आफ्नो चुस्त व्यवस्थापनको क्षमता पुष्टि गरेको थियो । 

कर्पाेरेसनको व्यवस्थापन अत्यन्त चुस्त र पारदर्शी भएकाले त्यसपछि हरेक वर्ष सरकारले उसलाई मल आयातका लागि कोटा निर्धारण गरी स्वीकृत दिँदै आएको छ । ‘हामीलाई सरकारले सहजीकरण गरिदिएमा सरकारले भनेका समयमा भने जति मल ल्याउन सक्छौं, यसका लागि हाम्रो व्यवस्थापन समक्ष छ,’ उनले भने, ‘हामीले ल्याएका मलको सही प्रयोग कसरी गर्ने भन्ने बारेमा किसानलाई जानकारी पनि दिने गर्दछौं । यसबाट किसान औधि खुशी छन् ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x