×

NMB BANK
NIC ASIA

सिसडोलबासीको पीडा

कुनैबेला फोहोरलाई पञ्चेबाजाले स्वागत गरेका सिसडोलबासी फेरि किन बने आन्दोलित ? [भिडियो]

नुवाकोट | साउन २, २०८०

NTC
Premier Steels

वि.सं. २०६२ सालमा दुई वर्षका लागि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थित गर्ने भनेर सिसडोलमा ल्यान्डफिल्ड साइड निर्माण भएको थियो ।

Muktinath Bank

‘छोटो समयका लागि हो, विकास निर्माण हुन्छ, सडक पूर्वाधार पनि बन्छ, अस्पताल बन्छ, राहत र सहयोग हुन्छ’ भनेपछि स्थानीयले मख्खै भएर ल्यान्डफिल्ड साइड निर्माण गर्न कुनै अवरोध गरेनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिबेला पहिलोपटक फोहोरको गाडी बोकेर आउँदा स्थानीयले पञ्चेबाजा बजाएर स्वागत गरे । तर, अहिले त्यही स्वागत अहिले सिसडोल र बञ्चरेडाँडाका स्थानीयलाई अभिशाप बनेको छ ।


Advertisment
Nabil box
Kumari

‘हाम्रो स्कूल जाने उमेर थियो’ स्थानीय रामशरण घिमिरे भन्छन्, ‘फोहोरको गाडीलाई हामीले स्वागत गर्‍यौं, अहिले हामी स्वास पनि फेर्ने गाह्रो हुने अवस्था छ ।’

Vianet communication

दुई वर्षका लागि भनिएको ल्यान्डफिल्ड साइड १७ वर्षसम्म प्रयोग भयो । त्यतिन्जेल फेरि सिसडोलभन्दा २ दुई किलोमिटर तल बञ्चरेडाँडामा अर्को ठूलो ल्यान्डफिल्ड साइड निर्माण गर्ने सरकारले निर्णय गर्‍यो ।

१८ महिनाअघिदेखि काठमाडौं उपत्यकामा उत्पन्न हुने एक हजारदेखि १२ सय टनसम्म फोहोर यी बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ । 

४६२ रोपनीको सिसडोलको ल्यान्डफिल्ड साइडले थाम्न नसकेपछि बञ्चरेडाँडामा १७ सय ९२ रोपनीको अर्को ल्यान्डफिल्ड साइड थपियो ।

अघिल्लो साल मात्रै यो ल्यान्डफिल्ड साइड सञ्चालनमा आएको हो । यहीबाट शुरू भए बञ्चरेडाँडाका स्थानीयको दशाका दिनहरू । 

फोहोरको गाडीलाई स्वागत गर्न पुगेका उनै रामशरण घिमिरेले फोहोरकै कारण आफ्ना दाइ गुमाउन पुगे । ‘दाइ बितेको आज ४५ दिन पुग्यो । प्रदूषित हावाका कारण क्यान्सर भयो,’ उनले भने । 

उनले कि बस्ती सार्नु पर्‍यो, कि फोहोर सार्नुपर्‍यो भन्दै सरकारसँग आक्रोश पोखे । ‘फोहोर र मानिससँगै रहन सक्दैन, यसलाई जसरी पनि सार्नुपर्‍यो,' उनले भने । 

फोहोरकै कारण यहाँका स्थानीयले घरपालुवा जनावर पनि गुमाइरहेका छन् । यता स्थानीय नारायण घिमिरे पनि फोहोरका कारण हैरान छन् । दुर्गन्ध र झिँगा भन्केर उनले खेप्नुसम्मको हैरानी खेपेका छन् ।

‘स्वास्थ्य हावामा बस्न पाउने हाम्रो अधिकार हो, जसलाई सरकारले हनन् गरेको छ,’ उनी भन्छन्, ‘यो समस्या समाधान नभए अन्तर्राष्ट्रिय अदालतसम्म जान्छौं ।’ 

यता लकुकुमार घिमिरे काठमाडौं महानगरका मेयर बालेन शाहको चुनावअघि र पछि फेरिएको व्यवहारले छक्क पर्छन् ।

बालेनले चुनावअघि चुड्की बजाएर फोहोर व्यवस्थापन गर्ने बताए पनि अहिले वास्ता नगरेको गुनासो उनले गरे ।

‘उनले त्यहाँका जनतालाई सोच्दै गर्दा यहाँका जनताका लागि सोच्नुपर्दैन,’ उनी भन्छन्, ‘हामी यस्तो पीडामा बस्ने, सरकारलाई चाहिँ सफा चाहिने ।’ 

यही अप्ठ्यारोबीच ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाका स्थानीयले साउन १ गतेबाट फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडी रोकेका छन् । उनीहरूले नुवाकोट र धादिङको सीमामा पर्ने ढाँडेबेसी पुलबाट फोहोरका गाडी अघि बढ्न दिएका छैनन् । 

ककनी गाउँपालिका वडा नं ३ का अध्यक्ष घननाथ बजगाईं स्थानीय नेतृत्व नै सडकमा उत्रिएकाले यो समस्या दीर्घकालका लागि समाधान हुनेमा आशावादी छन् । उनले फोहोर बोक्ने ठूला ट्रकको १५ सय र साना ट्रकको १००० रुपैयाँ फोहोर बोक्ने गाडीका लागि मात्रै लक्षित नभई ढुंगा गिटी बोक्ने गाडीका लागि पनि भएको बताए । 

‘काठमाडौं महानगरले हाम्रो पीडा नसुनेपछि हामी बाध्य भएर बजेट मै फोहोरको पैसा उठाउन लागिएको हो’ उनले भने, ‘हाम्रो माग सम्बोधन नभएसम्म यहाँ फोहोर फ्याँक्न दिदैँनौं ।’ यद्यपि यो निर्णय भने तत्कालका लागि कार्यान्वयन नगर्ने उनले बताए  । ‘हामी पटक-पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि भेट्न गर्‍यौं तर समस्या समाधान गर्ने प्रयास भएन, हाम्रा अन्तिम विकल्प हामीले प्रयोग गरेका हौं,’ उनले भने । 

हेर्नुहोस्, भिडियो :

फोटो/भिडियो : प्रकाश बुढाथोकी / लोकान्तर

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x