×

NMB BANK
NIC ASIA

कांग्रेस बैठक

अस्तव्यस्त कांग्रेसको ‘लाइभ’ बैठक : गगन–विश्वप्रकाशलाई देउवाको चक्मा !

बैठक लाइभ गर्ने सभापतिको प्रस्तावले केन्द्रीय सदस्य नै झस्किएपछि ...

काठमाडाैं | साउन २, २०८०

NTC
Premier Steels

अपारदर्शी, विधिविहीन, मनोमानी र एकलौटी चल्दै आएको आरोप लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिलाई तरंगित गर्ने गरी केन्द्रीय समितिको बैठक लाइभ गराएका छन् । लगातार दोस्रो कार्यकाल पनि सभापति भएका देउवाको लय परम्परागत भएपछि उनले इतर पक्षबाट निरन्तर अनेक आरोप खेप्दै आएका छन् ।

Muktinath Bank

यसअघि पनि कहिलेकाहीँ हुने पार्टीका बैठकमा एउटा कुरा हुने तर बाहिर आएर नेताले अर्कै बोलिदिने गर्दा परिस्थिति बिग्रिएको भन्दै देउवा आजित भएको निकटस्थसँग बताउँथे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भित्र एउटा कुरा हुन्छ । सामान्य नोकझोक भए पनि परिस्थिति सम्हाल्नै नसक्ने गरी कुरा भएको हुँदैन तर बाहिर नेताले अर्कै बोलिदिन्छन् । यसले समस्या ल्याइरहेको छ । कहिलेकाहीँ त जिस्किएर सभापतिले बैठकको लाइभ नै गर्दिनुपर्छ कि भन्नुहुन्थ्यो,’ कांग्रेसका एक नेता भन्छन्, ‘तर अहिले सभापतिले आफ्नै प्रस्तावमा केन्द्रीय कार्यसमितिको बैठकमा बैठकका एजेण्डा प्रस्तुत गर्ने सहितका पहिलो बैठकलाई लाइभ नै गराइदिनुभयो । यसले सकारात्मक सन्देश दिएको छ ।’


Advertisment
Nabil box
Kumari

ती नेताका अनुसार देउवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफू अनुकूलका सूचना बाहिर चुहाएर भ्रमजाल सिर्जना गर्ने गरेकोबाट आजित भएको बताइन्छ । यसैले पनि उनलाई बैठकको लाइभ गरिदिने ‘आइडिया’ फुरेको बताइन्छ ।

Vianet communication

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल पनि सभापति देउवाकै प्रस्तावमा बैठकको लाइभ गरिएको बताउँछन् । केन्द्रीय समितिको बैठकअघि सोमवार बसेको कांग्रेस पदाधिकारीको बैठकमा नै देउवा आफैंले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए । पार्टी सधैं अपारदर्शी भयो भन्ने आरोप लगाउँदै आएका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि यसको विरोध गर्ने अवस्था भएन ।

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय सुनाउँदा मंगलवार कतिपय सदस्यहरू झस्किएको बताए । सभापतिको प्रस्तावअनुसार नै कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलवार पार्टीको आधिकारिक फेसबूक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको हो । 

‘हिजो पदाधिकारी बैठकमा पार्टी सभापतिज्यूले केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गर्नुभयो, त्यसबारे केहीबेर छलफल भयो । लाइभ गरे पनि नगरे पनि कांग्रेसका सबै निर्णय बाहिर गएका छन् भने कांग्रेसले लुकाउनुपर्ने के छ र भनेर नयाँ शुरूआत गर्‍यौं,’ विश्वकर्माले लोकान्तरसँग भने, ‘अहिलेसम्म पाएको फिडब्याक राम्रो भयो भन्ने नै छ ।’ 

केन्द्रीय समिति बैठक लाइभ गर्दा नेताहरूले मर्यादित कुरा बोल्ने र बैठकमा उपस्थिति पनि राम्रो हुने आफूहरूको विश्वास रहेको विश्वकर्माले बताए । 

‘कांगे्रसका कार्यकर्ता र शुभेच्छुकले घरमै बसेर कांग्रेसका निर्णय हेर्न पाउनुहुने भयो । यसले कांग्रेसलाई झन् पारदर्शी बनाउँछ,’ उनले थपे, ‘देशको सबैभन्दा पुरानो पार्टीले सबैभन्दा अगाडि केन्द्रीय समिति बैठक लाइभ गर्नु, अन्य दलका लागि पनि पाठ हुनसक्छ ।’

यसैले मंगलवार लाइभ गरिएको बैठकमा महामन्त्री थापा स्वयंले नै पार्टीको १ वर्षे सांगठनिक कार्ययोजना, ३ चरणको राष्ट्रिय अभियानको खाका सहितका एजेण्डा प्रस्तुत गरे । विधानले व्यवस्था गरे पनि २ महिनामा कांग्रेसको बैठक बस्ने गरेको छैन । बल्ल ११ महिनामा बैठक बस्यो तर थापाले मंसिरपछि २ महिनाको अन्तरमा प्रत्येक महिनाको पहिलो हप्ता अनिवार्य केन्द्रीय समितिको बैठक बस्नुपर्ने खाका नै प्रस्तुत गरेका छन् ।

पार्टी संरचनामा दर्जनौं भद्रगोल व्यहोरिरहेको कांग्रेसले परम्पराबाट माथि उठ्दै कार्यकर्ता, नागरिक र सर्वसाधारणको पनि पहुँचमा पुग्ने गरी बैठक गरेपछि चर्चा निकै चलेको छ ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल आफूमाथि अपारदर्शी र विधिविहीनताको आरोप लाग्दै आएपछि सभापतिले सन्देश दिनैको लागि बैठकको लाइभ गराएको हुन सक्ने बताए । ‘एउटा जिम्मेवार प्रजातान्त्रिक पार्टीले पारदर्शी हुनुपर्छ भन्ने सोच राखेर यसरी बैठकलाई प्रत्यक्ष प्रसारण गर्नु राम्रै हो । औपचारिक एजेण्डाका रूपमा महामन्त्रीले ल्याएका राम्रा प्रस्ताव नागरिकले थाहा पाए,’ दाहालले लोकान्तरसँग भने, ‘पार्टीका खास सदस्यका लागि जरुरी हुने विषयसम्म ठीकै हो तर बैठकभित्र हुने आलोचना र विवादका विषयलाई पनि छताछुल्ल बाहिर ल्याउने विषय राम्रो होइन ।’

एजेण्डा प्रस्तुत भएपछि छलफलका क्रममा कुण्ठा र असहमतिका कुरामा पनि लाइभ गरेर छताछुल्ल पार्नु चाहिँ राम्रो नभएको उनी बताउँछन्् ।

राम्रा कुुराको महत्त्व नहुने, मिडियासँग राम्रो सम्बन्ध भएका नेताले आफ्नो–आफ्नो पक्षका विषयलाई बाहिर ल्याउने अवस्थाबाट कांग्रेसका नेता आजित हुँदै आएका छन् । बैठक प्रत्यक्ष नहुँदा पनि विषय बाहिर आउने तर फिल्टर हुने क्रमलाई प्रत्यक्ष प्रसारणले तोड्ने कांग्रेस नेता गुरु घिमिरे बताउँछन् । 

‘बैठकको प्रत्यक्ष प्रसारण नगर्दा पनि विषय बाहिर आउँथे । कतिपय भित्र बोलिएका कुरा बाहिर नआउने तर बढाइँचढाइँ गरिएका विषय मात्रै बाहिर आए । राम्रा कुराको महत्त्व नहुने, अग्रेसिभ कुरा मात्रै बाहिर ल्याउने अभ्यास थियो । सचिवालयलाई पनि कसको कुरा बाहिर ल्याउँदा ठीक हुन्छ त्यही गर्ने अभ्यास थियो,’ घिमिरे भन्छन्, ‘बैठक पारदर्शी गरेपछि बैठकमा को जिम्मेवार भएर बोल्यो वा बोलेन थाहा हुन्छ । संस्थाको हितमा बोल्नेबारे कार्यकर्ताले थाहा पाउँछन् । राम्रो बोल्नेको मूल्यांकन कार्यकर्ता र जनताले गर्न पाउँछन्, यो व्यवस्थाले नयाँ शिराबाट नेताको मूल्यांकन गर्छ ।’

तर बैठक प्रत्यक्ष भयो भन्नेमा सन्तुष्टि मान्ने मात्रै भन्दा पनि प्रक्रियागत विषयमा पार्टीका गतिविधि परिणाममुखी र रचनात्मक कति भए भन्ने कोणबाट मूल्यांकन हुने घिमिरे बताउँछन् ।

‘बैठक प्रत्यक्ष प्रसारण मात्रै गरियो, राम्रो भयो र राम्रो सन्देश गयो भनेर मात्र खुशी भएर हुँदैन,’ घिमिरे भन्छन्, ‘पार्टीका गतिविधि कति परिणाममुखी भए र बैठक कति रचनात्मक हुन्छ भन्ने प्रमुख विषय हो । परम्परा धान्ने मात्रै काम भयो भने केही काम छैन । परिणाम निस्कियो भने मात्रै नतिजा आएको मान्न सकिन्छ । पारदर्शिताले परिणाम भयो भने तर्कपूर्ण र जायज हुन्छ ।’

६ महिनाभित्र पूर्णता पाउनुपर्ने पार्टीको केन्द्रीय समिति, विभाग, भ्रातृ संस्थाले अझै पूर्णता पाएका छैनन् । नागरिकसँग जोडिने कार्यक्रम समेत कांग्रेसले प्रभावकारी रूपमा दिन सकेको छैन । सत्ता राजनीतिको जोडघटाउमा पुनः केन्द्रदेखि प्रदेशसम्मकै सत्ता हात पारे पनि सरकारमा गएको बोध गराउने गरी काम गर्न नसकेको जस्ता आरोप कांग्रेससामु तेर्सिएका छन् । बैठक प्रत्यक्ष गराएका देउवाले बैठकबाटै यी विषयमा पनि चित्तबुझ्दो गरी कार्यक्रम ल्याउन सक्दा भने देउवा आलोचनाबाट मुक्त हुनेछन् । 

केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नुले सकारात्मक सन्देश गएको टिप्पणी गरे । ‘कतिपय अवस्थामा पार्टी भद्रगोल भयो, अपारदर्शी भयो भनेर विरोध हुँदै आएको छ,’ सिवाकोटी भन्छन्, ‘तर ११ महिनामा बल्ल केन्द्रीय समिति बैठक डाक्दा सभापतिले बैठक प्रत्यक्ष प्रसारण गरेर सकारात्मक सन्देश दिनुभएको छ ।’ 

एउटा बैठक प्रत्यक्ष गर्दा मात्रै पार्टी पारदर्शी, विधि र पद्धतिमा चलेको मान्न नसकिने भन्दै उनले प्रवृत्ति सुधार गर्न आवश्यक रहेको बताए । ‘यतिखेर पार्टी विधि, विधान र पद्धतिमा हिँड्नुपर्छ भनेर घनिभूत बहस भइरहेको छ । बैठक प्रत्यक्ष गर्ने विषयले सन्देश राम्रो गएको छ,’ सिवाकोटी भन्छन्, ‘अब पार्टीका संरचनालाई पूर्णता दिने, विभाग गठन गर्ने, प्रस्तावित एजेन्डाको प्रभावकारी कार्यान्वयन हुने हो भने बल्ल सभापतिले साँच्चै सकारात्मक सन्देश दिनुभयो भन्ने मान्न सकिन्छ ।’

यसअघि कुनै पनि पार्टीले औपचारिक घोषणा गरेरै यसरी केन्द्रीय समितिको बैठक गरिएको पाइएको छैन । बैठकको शुरूआतमा अध्यक्ष वा सभापतिले बोल्दा प्रत्यक्ष देखाउने गरिए पनि पूर्ण बैठक यसरी लाइभ गर्ने गरिएको थिएन । कांग्रेसले गरेको नयाँ अभ्यासको सामाजिक सञ्जालमा पनि प्रशंसा भएको छ । 

पत्रकार तारानाथ दाहालले कांग्रेस बैठक लाइभ हुनु ऐतिहासिक घटना भएको उल्लेख गरेका छन् । ‘नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक फेसबूकबाट लाइभ हुनु एक ऐतिहासिक घटना हो । अब कांग्रेसको नीतिगत तहले कसरी कम गर्छ वा यसले गर्दैन भन्ने कुरा आम मानिसले सहजै थाह पाउने भए,’ उनले भनेका छन्, ‘यो यति सहजै होला भनेर कल्पना गरिएको थिएन तर भयो । कांग्रेस केन्द्रीय समितिका बैठक खुला हुनुपर्छ भनेर विचार दिने तत्कालीन मुख्य सचिव शोभाकर पराजुलीलाई सम्झिरहेको छु । खुला बैठकको पक्षधरका नाताले म खुशी छु ।’

पहिलो दिनको बैठकमा सभापतिको संक्षिप्त भनाइ, महामन्त्रीबाट एजेण्डा प्रस्तुत, राजनीतिक घटनाक्रमका आरोह–अवरोहबारे, अनुशासन समितिको प्रतिवेदन प्रस्तुत भएको थियो । यी सबैबारे संस्थापन पक्षकै उपसभापति पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, रमेश लेखक र अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले बोलेका थिए तर अब एजेण्डामाथिको छलफलका क्रममा पनि बैठक प्रत्यक्ष हुँदा नेताले कसरी बोल्छन् भन्ने विषयलाई पनि व्यग्रताको साथ धेरैले पर्खिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x