×

NIC ASIA

‘ब्रेक शु’भित्र लुकाएर सुन तस्करी

सय किलो सुन बरामद प्रकरण : रेडी ट्रेडले तीन महिनामा ३४ पटक भित्र्याएको थियो 'स्पेयर पार्ट्स'

काठमाडाैं | साउन ४, २०८०

Prabhu Bank
NTC
Premier Steels

बुधवार साँझ राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरिसकेको झण्डै एक क्वीन्टल सुन बरामद गरेको थियो । राजस्व अनुसन्धान विभागले मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुन बरामद गरेको हो । सुनको यकिन तौल आउन बाँकी छ । राष्ट्र बैंकमा जोखिएपछि सुनको आधिकारिक परिमाण थाहा हुने छ ।

Muktinath Bank

मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’आयात गर्ने कम्पनी हो 'रेडी ट्रेड प्रालि' । रेडी ट्रेडले तीन महिनाको अवधिमा ३४ पटक सामान आयात गरेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिलिप भुजेल सञ्चालक रहेको कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ अप्रिल २४ तारिखबाट १८ (मंगलवार) जुलाईसम्म तीन महिनाको अवधिमा जम्मा ३४ पटक समान आयात गरेको पाइएको हो ।


Advertisment
Nabil box
Kumari

सिनामंगलस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गो गोदाम व्यवस्थापन गरिरहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडकी इन्चार्ज सुनिता सिंहले लोकान्तरलाई दिएको जानकारी अनुसार कम्पनीले 'कन्सोल शिपमेन्ट'को नाममा हालसम्म ३४ पटक सामान गोदाममा भण्डारणगरी भन्सार जाँच पास गराई लगेको हो ।

Vianet communication

सिंहका अनुसार कम्पनीले अप्रिल २४, अप्रिल ३०, मे २, मे ७, मे १०, मे १४, मे १८, मे २१, मे २४(२ पटक), मे २६, मे २८, मे ३१ (२ पटक) मा सामान आयात गरेको पाइएको छ ।

त्यसैगरी जुन ६ मा २ पटक, जुन ७ मा २ पटक, जुन १२ मा २ पटक, जुन १४, जुन १६, जुन १९, जुन २६, जुन २८ मा सामान गोदाममा राखेर भन्सार जाँच पास गराई लगेको हो ।

त्यसैगरी जुलाई ३, जुलाई ६, जुलाई ९ मा २ पटक, जुलाई १२, जुलाई १४ मा र जुलाई १८ मा २ पटक सामान ल्याएको पाइएको छ ।

'के के सामान ल्याएका थिए भन्ने कुरा सबै अहिले डिटेल हेर्न बाँकी नै छ,' गोदामकी इन्चार्ज सिंहले लोकान्तरसँग भनिन्,'खास गरी स्पेयर पार्ट्सहरू नै आयात गरेको देखिएको छ । कन्सोल शिपमेन्टको नाममा आयात गरेको हो ।' 

ब्रेक शुका नाममा सुन भित्र्याउने रेडी ट्रेड प्रालि आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा २०७९ चैत २१ गते मात्र दर्ता भएको पाइएको छ ।

तीन महिनाअघि प्यानमा मात्र दर्ता भएको उक्त कम्पनीको ठेगाना भने बूढानीलकण्ठ नगरपालिकाको पासिकोट रहेको आन्तरिक राजस्व कार्यालयको अभिलेखमा उल्लेख छ । कम्पनीको प्यान नम्बर ६१०४७७९७३ उल्लेख गरिएको छ ।

तस्करी गरी भित्र्याइएको करीब सय किलो (आधिकारिक तौल लिन बाँकी) सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदाममा पाँच दिनसम्म होल्ड गरेर राखिएको खुलेको छ । सबै सेटिङ मिलेपछि ६३ हजार रुपैयाँ भन्सार बुझाएर जाँचपास गराई लगिरहेको अवस्थामा बुधवार सुन बरामद गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x