×

NMB BANK
NIC ASIA

स्वास्थ्यमन्त्री बस्नेतले गरे स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन

काठमाडाैं | साउन २६, २०८०

NTC
Premier Steels

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौंमा नवनिर्मित स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन गरेका छन् ।

Muktinath Bank

स्वास्थ्य सेवा विभागको समन्वयमा नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण भएको केन्द्रले नेपाल एपीएफ अस्पतालको फोहोेर संकलन गरी निर्मलीकरण गर्ने तथा पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फोहोर छुट्याई व्यवस्थापन गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले नेपाल एपीएफ अस्पतालले कोभिड महामारीको समयमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनहरूमा समेत स्वास्थ्य सेवाका क्षेत्रमा अझ उत्कृष्ट सेवा प्रवाह गर्न सफल हुने विश्वास व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

उनले नेपाल एपीएफ अस्पतालले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको स्थापना गरी उत्कृष्ट कार्य प्रणालीको शुरूवात गरेको उल्लेख गर्दै अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नभएमा संक्रामक रोगहरू फैलन सक्ने जोखिम बढी हुने हुँदा सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायले संवेदनशील भई स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताए ।

Vianet communication

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ अस्पतालले वातावरणीय प्रदुषण कम गर्नेतर्फ सचेत र सजग भई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताए ।

उनले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापनामा विशेष सहयोग पुर्‍याउने नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जर्मन विकास सहयोग लगायत विभिन्न संघसंस्थाहरूप्रति हार्दिक आभार प्रकट गरे ।

कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागका पदाधिकारीहरू, चन्द्रागिरी नगरपालिकाका प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x