×

NMB BANK
NIC ASIA

खाडी मुलुकमा ९० प्रतिशत खाना र पेय पदार्थमा कागती र बाबरी प्रयोग गरिन्छ । किनकि, यी दुवै गर्मीका लागि अति उपयोगी फल र जडी मानिन्छ । संयुक्त अरब इमिरेट्सको दुबई, कतार र साउदी अरेबियाका स्थानीयहरूले बनाएको खानामा कागती नभै हुँदैन । चियामा पनि अरबीहरूले बाबरी हालेर नियमित खाने गरेको पाइन्छ । गर्मी मौसममा कागती र बाबरीको घनिस्ट सम्बन्ध रहन्छ । विभिन्न होटल तथा बार पनि आजल बाबरी र कागतबिना अधुरो रहन्छन् । 

Muktinath Bank

बाबरी र कागती मिसाएर कम्तीमा १० थरीका पेय पदार्थहरू बनाइन्छ । विज्ञहरूका अनुसार गर्मीमा रेडीमेड कोल्ड ड्रिन्क्स् खानुभन्दा कागती–बाबरी मिसाएको पानी थेरै नै नै स्वस्थ्यकर हुन्छ । बाह्रैमहिना पाइने कागती स्वाद र स्वाथ्य दुबैका हिसाबले उत्तम मानिन्छ । भिटामिन ‘सी’ पर्याप्त पाइने कागतीलाई संसारमै प्रिय फलको रुपमा लिइन्छ । बाबरी पनि मस्तिष्कका लागि हितकारी जडी हो । गर्मी मौसममा स्किन ड्राइ हुने गर्छ । यस्तोमा नियमित रुपमा कागती खाएका स्किन मुलायम हुन जान्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बल्र्ड सुगर म्यानेजमेन्ट गर्न र शरीरको वजन घटाउन पनि कागती लाभदायी मानिन्छ । अल्सर र क्यान्सरजस्ता रोगका लागि पनि कागती फलदायी हुन्छ । आँखाको सुरक्षा, अल्सर र पाइल्स हुनेहरूका लागि पनि कागती नियमित प्रयोग गर्नु राम्रो मानिन्छ । कागतीजस्तै पुदिना पनि छालाको सुरक्षा र वजन घटाउन अतिउपयोगी जडी मानिएको छ । 


Advertisment
Nabil box
Kumari

दाँतको समस्या हुनेलाई पनि नियमित बाबरी खानाले लाभदायी हुन्छ । स्मरण शक्ति कम हुनेले पनि नियमित बाबरी प्रयोग गर्दा फाइदा पुग्छ । यसमा कार्बोहाइड्रेड, प्रोटिन, जिन्कलगायत २१ तत्व पाइन्छ । १०० ग्राम बाबरीबाट लगभग ७० किलो क्यालोरी प्राप्त हुन्छ । ब्लड सर्कुलेसन राम्रो गर्न र सुत्केरी महिलाको ब्रेस्टको निप्पलको दुखाइ कम गर्न पनि पुदिनाको प्रयोग उत्तम मानिएको छ ।

Vianet communication

कागती पुदिना मिसाएर के–के बन्छ परिकार ?         
नेपालमा कागती र बाबरी अन्य देशको तुलनामा धेरै सस्तो पाइन्छ । यसको उपयोगिता नबुझेर प्रयोग कर्ता कम छन् । यसैकारणले होला सस्तोमा मिल्ने गरेको । तर संसारभरका प्रायः सबै देशमा यी दुबै महंगो गरी किन्नुपर्ने हुन्छ । कागती र बाबरीको पेय युवाहरूको लोकप्रिय ड्रिन्कमा पर्छ । ब्युटी सलोनहरूमा पनि कागती र बाबरी पर्याप्त प्रयोग गरेको पाइन्छ ।

भुइँकटरको जुस, कागती, बाबरी र बरफ मिसाएर गर्मीका लागि उत्तम ड्रिन्क्स तयार गरिन्छ र यो लोकप्रिय पनि छ । कागती र बाबरीको पेयले ठण्डामात्र गर्ने होइन, कयौँ औषधीय फाइदा पनि पुर्याएको हुन्छ । गर्मीमा मजिटो ड्रिन्क्स पनि सबैको प्रिय ड्रिन्क्स हो । जुन कागती, बाबरी सुगर सिरप, बरफ र वाइन हालेर तयार गरिन्छ । साउथ साइड ड्रिन्क्स पनि कागती, बाबरी, हनी, बरफ र चिया हालेर तयार गरिन्छ ।

त्यस्तै कुकम्बर कुलर, लेमोनेड, फ्रेस मिन्ट टी, डेजर्ट कुलर, मिन्ट लेमोन स्मुथी, रिप्फेसिङ लेमोन मिन्ट, सोडा, गिन्जर मिन्ट, लेमोनेट, चक्लेट लाइम, मिन्ट मजिटो, मिन्ट सिट्रस, वाटर मिलन र  कुलरलगायतका लोकप्रिय पेय पनि कागती र बाबरीबिना बनाउन सकिन्न ।

कागती र पुदिनाको संयोजनबिना धेरै पदार्थ अधुरा
कागतीे जेसङ्ग पनि मिल्छ । बिहानदेखि बेलुकासम्मको भोजनमा कागतीको प्रयोग हुन्छ । खानाको परिकारमा कागती जति प्रयोग हुन्छ, त्यसको कयौँ गुणा पेय पदार्थमा प्रयोग हुन्छ । पेय पदार्थमा कागतीको साथी पुदिना हो । चाहे अल्कोहल होस् या ननअल्कोहल अधिकांश पेय पदार्थमा कागती र पुदिनाको संयोजन हुन्छ ।

कागती र पुदिनाको एक स्फुर्तिदायी र स्वादिष्ट संयोजन हुन्छ । कागतीको अम्लियपन र पुदिनाको चिसोले स्फुर्तिदायी स्वादसँग राम्रोसँग जोड्न मद्दत गर्छ । कागती र पुदिनाको चियाले तपाईंको शरीरलाई केही मिनेटमै रि–हाइड्रेट गर्न सक्छ । किनकि यसले थकान, तनाब आदिका कारण हाम्रो शरीरले निरन्तर हराउने तरल पदार्थलाई प्रतिस्थापन गर्न मद्दत गर्दछ ।

कागती र पुदिनाको मिश्रणले हाम्रो शरीरमा एक किसिमको ताजगीपन पैदा गर्छ र थकान मेटाउन मद्दत पुर्याउछ । हरेक घरको भान्सा होस् या रेस्टुरेन्टको भन्सा र बारमा पुदिना र कागतीबिना अधुरो रहन्छ । नेपालमा रेस्टुरेन्टहरूको ब्यापक आगमनसँगै पुदिना र कागतीको निकै खपत हुन थालेको हो । कुनै जमानामा गाई–भैँसीले नखाने पुदिनाको अहिले चर्को भाउ छ । 

पुदिनाबिना धेरै परिकार र पेय पदार्थ अधुरा रहन्छन् । कागती त झन् एक अभिन्न अङ्गजस्तै भइसकेको छ । गर्मी महिनामा त झन् यी दुबैको दोब्बर माग हुन्छ । कागती र पुदिनाको गाउँ–घरभन्दा पनि शहर बजारमा ठूलो माग छ र खपत पनि कयौँ गुणा बढी हुन्छ ।  

भारतीयहरू पनि कागती र पुदिनाका पारखी हुन्छन् । उनीहरू सदियौँदेखि चटपटे खाना रुचाउने हुनाले अधिकांश परिकारमा पुदिना र कागतीको प्रयोग गर्छन् । बिर्यानीमा होस् या काबाब टिक्का सबैमा उनीहरूलाई कागती र पुदिनाको मिश्रण मन पर्छ । 

पेय पदार्थमा होस् या चटपटे बनाउँदा होस् पानीपुरी बनाउदा होस् या समोसाचाट सबैमा उनीहरूलाई कागती र पुदिना एक अभिन्न अङ्गको रुपमा चाहिन्छ–चाहिन्छ ।  भारतीहरूको रास्ट्रिय अचार नै पुदिनाको हो । जुन दही, कागती, पुदिना, हरियो खुर्सानी, धनिया, कालो नुन आदि हालेर तयार गरिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x