×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय बजारमा एक वर्षमा छ चलचित्र भए पुग्छ

काठमाडाैं | भदौ १९, २०८०

NTC
Premier Steels

केही समययता नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई अन्तर्राष्ट्रिय बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । 

Muktinath Bank

नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले उत्साह साथ हेर्न थालेपछि नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बलियो हुनुका साथै मुनाफा दिन थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय प्रविधिको विकास भएसँगै नेपालमा प्रदर्शन भएकै दिन उक्त चलचित्रले विदेशमा समेत प्रदर्शनको अवसर पाउन थालेका छन् । यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्नुका साथै दर्शकसमेत बढाइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बढिरहेको छ ।


Advertisment
Nabil box
Kumari

कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी चलचित्र जसरी नै चलचित्र भवनमै दर्शकले हेर्न पाउँछन् । दर्शकले व्यक्तिगत रूपमा चलचित्र भवन भाडामा लिएर प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएर बजार बलियो भइरहेको अमेरिकास्थित नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनी नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदीले जानकारी दिए । 

Vianet communication

“चलचित्र भवन भाडामा लिएर प्रदर्शन गर्दा पर्ने शुल्क झन्डै सामान्यको तुलनामा दोब्बर हुन्छ । यसको सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ”, उनले भने, “बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट भने हुँदैन ।” ‘प्रेम गीत ३’, ‘महापुरुष’, ‘जारी’ लगायत चलचित्र नियमितरूपमै प्रदर्शन भएपछि अन्यलाई पनि हौसला मिलेको प्रदर्शक सुवेदीले बताए ।  

अन्तर्राष्ट्रिय बजारमा छक्का पञ्जा, कबड्डी, जात्रालगायत समूहले निर्माण गर्ने चलचित्रको माग अन्यको तुलनामा बढी छ । यी चलचित्रको आगामी शृङ्खला निर्माणपूर्व नै बिक्री भइसकेको छ । ‘जात्रा’ को नयाँ शृङ्खला ‘महाजात्रा’ कथा लेखनमै रहँदा अष्ट्रेलियाको एमएसएम इभेन्ट्सले खरिद गरेको छ । उक्त कम्पनीका सञ्चालक छत्र थापाले दर्शकको मागलाई विचार गरेर चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको बताए । 

“यहाँ दर्शकले खोजिरहेको चलचित्र प्रदर्शनमा सहज हुन्छ । त्यसैले चलचित्रलाई कलाकार र निर्माण समूहकै आधारमा खरिद गर्ने गरेका छौँ”, वितरक थापाले भने, “अघिल्लो शृङ्खलाले गरेको व्यापारले हामीलाई अधिकार खरिद गर्न सहज हुन्छ । ती चलचित्रले यहाँको बजार बलियो बनाइरहेका छन् ।”

अन्तर्राष्ट्रिय बजार बलियो हुँदै गर्दा नेपालमा प्रतिष्ठित समूहले निर्माण गर्ने चलचित्रको प्रदर्शन मिति नजिक हुँदा असर पार्ने वितरक उनले बताए । “यहाँ एउटा चलचित्रको राम्रोसँग प्रदर्शन हुन दुई महिनाको समय चाहिन्छ । त्यो हिसाबमा एक वर्षमा छ चलचित्र भए राम्रो हुन्छ । त्यस्तो हुन नसके बजारलाई असर गर्न सक्छ”, वितरक थापाले भने, “हामीले नयाँ बजार खोज्नु जरुरी छ । अहिले भइरहेको बजार अवस्थामा चलचित्र प्रदर्शन भइरहेका छन् ।” 

‘दिमाग खराब’, ‘हात्तीछाप’, ‘घर ज्वाइँ’, ‘महाजात्रा’ जस्ता चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार उनले खरिद गरेका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x