×

NMB BANK
NIC ASIA

बनेको तीन महिनामै सडक भत्किएपछि...

काठमाडाैं | असोज ९, २०८०

NTC
प्रतीकात्मक तस्वीर ।
Premier Steels

टक्सार–बनेको तीन महिनामै कालोपत्रे भएको सडक भत्किएपछि सो बिषयमा सरोकारवाला निकायले चासो देखाएका छन् । 
लाखौँ बजेट खर्चेर बनेको सडक तीन महिनामै भत्किए पछि स्थानीयवासी आक्रोसित भएका भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमका वडासदस्य निरकुमार फुँयालले बताए । उनले भने, ‘सडक तोकिएको मापदण्डअनुसार ठकेदार कम्पनीले बनाएको छैन, सरोकारवाला निकायहरूलाई यस विषयमा जानकारी गराइएको छ । गुणस्तरीय सडक नबनेको बिषयमा निर्माण कम्पनीले पनि चासो देखाएको छैन ।’ 

Muktinath Bank

स्थानीयवासीको पहलमा सरोकारवाला निकायका प्रतिनिधिहरुलाई बोलाएर सडक अनुगमन समेत गराइएको थियो । 
बनेको छोटो अवधिमै सडक भत्किएपछि जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राई, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, उद्योग बाणिज्य सङ्घका जिल्ला अध्यक्ष कर्ण मोक्तानसहितका  जनप्रतिनिधि सडक अनुगमनमा सहभागी थिए । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडकखण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर विल्डर्स जेभीले निर्माण गरेको हो । सडक निर्माणका काम गुणस्तरीय नभएको अजाव स्थानीयवासीले पटक पटक उठाउँदै आए पनि कुनै सुनुवाइ हुन नसकेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक अनुगमन गर्दा तोकिएको मापदण्डअनुसार सडक बनेको नदेखिएको जिल्ला समन्वय समितिका प्रमुख राईले बताउनुभयो । “हामीले सडक अनुगमन गर्यों तर निर्माण कम्पनीबाट लापरवाही भएको पाइएको छ, बनेको तीन महिनामा भत्किने कस्तो सडक हो ।’ सडकका कारण आवतजातवतमा समेत समस्या हुने देखिएको छ । 


Advertisment
Nabil box
Kumari

गुनासो आएपछि अनुगमन गरिएको बताउँदै प्रजिअ घिमिरेले मापदण्डअनुसार निर्माण कार्य नभएको पाइएको बताए । बनेको तीन महिनामा नै सडक भत्किएर खाल्डाखुल्डी परेको छ । उनले भने, ‘सडकका बिषयमा मैले सम्वन्धित कार्यालयमा जानकारी गराइसकेको छु, अन्य निकायमा समेत यस विषयमा कुरा हुनेछ ।’ 

Vianet communication

सडकमा विच्छ्याइएको सवबेसमा गुणस्तरहीन सामग्री प्रयोग गरिएका कारण यो समस्या देखिएको स्थानीयवासीको भनाइ थियो । समस्या समाधानका विषयमा समेत निर्माण कम्पनीबाट कुनै चासो नदेखाउदा आफूहरु झन आक्रोसित भएको उनीहरूले बताए। अनुगमनमा पुग्नु भएका उद्योग बाणिज्य सङ्घका अध्यक्ष मोक्तानले सडक निर्माणमा राज्य पैसाको चरम दुरुपयोग भएको बताए ।

गलत काम गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा थानीयवासीको माग थियो । ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यन्वयन इकाइअन्तर्गत भ्याटसहित करिव रु साढे दस करोडको लागतमा निर्माण भएको बताइएको छ । –रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x