×

NIC ASIA

सरसर्ती २४ घण्टा

गण्डकीमा ओली समूहलाई पृथ्वीसुब्बाको टक्कर, माओवादी सचिव खतरामुक्त

काठमाडाैं | असोज १८, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बुधबार बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको धारणा राखेका छन् ।   

नेपाल सरकारको लगानी तथा एमसीसीको अनुदान रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा  बुधबार राजधानीमा एमसिए–नेपालद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
००००
लुम्बिनी, बागमती, कर्णाली र कोशीपछि गण्डकीमा पनि केन्द्रीय अध्यक्ष केपी शर्मा ओली समूहलाई टक्कर दिन एमालेको अर्को समूह चुनावी मैदानमा उत्रिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष ओलीले सकेसम्म आफैंले भनेका उम्मेदवारलाई सर्वसम्मत बनाउने, नभए आफू निकटलाई जिताउने अडान लिएपछि गण्डकी एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पदाधिकारीमा उम्मेदवार अघि सारेका हुन् ।
बन्दसत्र सकिएपछि पनि सहमतिको नाममा दुई दिनको समय लम्बियो । अन्ततः अरू प्रदेशमा जस्तै गण्डकीमा पनि प्यानलगत प्रतिस्पर्धा पक्का भएको हो । 


Advertisment
Rupse Holidays
Nabil box

सहमति सम्भव नभएपछि अहिलेसम्म भएका चार प्रदेशको नेतृत्वमा ओली समूहबाट कोशी र बागमती तथा अर्को समूहबाट लुम्बिनी र कर्णालीमा नेतृत्व चुनिएको छ ।

Vianet communication

खासगरी गण्डकी एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी परम्परागत प्रतिस्पर्धी हुन् । यी दुवै सहमतिमा आउन तयार नभएपछि पदाधिकारीमा समूहगत प्रतिस्पर्धा पक्का भएको हो । 

सहमतिको प्रयास सफल नभएपछि आआफ्नो ढंगले अगाडि बढ्ने तयारी भएको उपमहासचिव गुरुङले बताए । अध्यक्ष पदका लागि नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । शर्मालाई गुरुङ र अधिकारीलाई खगराजको साथ छ । 
००००
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ । 
विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने छ ।
००००
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि, कालोबजारी, यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि तीनै जिल्लाका प्रहरी र मातहतका युनिटलाई सर्कुलर जारी गरेको छ । 

काठमाडौँ, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्था मजबुद बनाउन आवश्यक सुरक्षा योजना निर्माणमा जुटेको उपत्यका प्रहरीले तीनै जिल्ला र मातहतका युनिटलाई विशेष चनाखोका साथ प्रहरी सेवा प्रावाह गर्न सर्कुलर जारी गरेको कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।
००००
कोशी प्रदेशको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेस भएको छ । 
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले ती अध्यादेश प्रदेशसभामा पेश गरेका हुन् ।
००००
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खांनले सुपारी व्यवसायको समग्र अवस्थाबारे सरोकारवालासँग जानकारी लिने र अध्ययन गर्ने बताएका छन् । 

समितिको बुधबार बसेको बैठकमा सभापति खांनले सुपारी निर्यातमा समस्या देखिएको सम्बन्धमा समितिले आवश्यक अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइने बताए ।
००००
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बुधबार बसेको छ । बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी समीक्षा भएको जनाइएको छ । 

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सम्पन्न बैठकमा पछिल्ला केही दिनहरुमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने गरी भएका गतिविधिहरुबारे छलफल भएको छ ।
००००
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले सार्वजनिक यातायातलाई सहज बनाइने बताएका छन् । दशैं, तिहार र छठ पर्वको समयमा बढी आवतजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाउने उनले बताए । 

प्रतिनिधिसभा अन्तर्गतको यातायात पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री ज्वालाले सीमित स्रोतका बाबजुद पनि चाडबाडमा सार्वजनिक यातायात यात्रुमैत्री बनाउन सरकारले विशेष ध्यान दिने बताए ।
००००
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतमा १७२ अधिकृत स्तरका दरबन्दी स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रालय अन्तर्गत १७२ अधिकृतस्तरका दरबन्दी स्वीकृत भएको जानकारी दिएकी हुन् ।
००००
एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले देव खनालको नेतृत्वमा बुधवार १८ सदस्यीय टोली घोषणा गरेको हो ।
००००
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तासी दावा भन्ने ६६ वर्षीय आगर लामा रहेका छन् ।

नेपालमा सुन ल्याउन भूमिका खेलेको आरोपमा उनलाई स्वयम्भूबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
००००
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मंगलवार दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा यथावत् रहेको छ । तर, केही खुकुलो भने बनाइएके छ । 

जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी गरेको विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरूमध्ये २१ जना उपचारपछि घर फर्केका र एक जनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।
००००
आफ्ना श्रीमानको हत्या गर्ने योगराज ढकाल (रिगल)ले राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएपछि अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । 

कैद माफीको निर्णयविरुद्ध आफैंले दायर गरेको रिटमा तारेख धान्न सर्वोच्च पुगेकी भारती सर्वोच्च परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले वीर अस्पताल र्पुयाएका छन् ।
००००
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजधानीका मुख्य सडकको खाल्डाखुल्डी दशैंअगावै पुरिसक्ने बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बुधवार बोल्दै मन्त्री आफ्नो मन्त्रालयअन्तर्गत पर्ने सडकको खाल्डाखुल्डी दशैंअगाडि नै पुर्ने बताएका हुन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा नेपाली कांग्रेसको बोल्ने हविगत नै नभएको बताएका छन् । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा ओलीले सत्तारुढ दल कांग्रेसलाई ‘बिचरा’को संज्ञा दिँदै यस्तो बताएका हुन् । 
००००
पक्षघातका भएका माओवादी केन्द्रका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएका छन् ।  आचार्यको वीर अस्पतालमा उपचार भइरहेको छ ।

उनमा  मुटुसम्बन्धी पुरानो समस्या भएकाले न्युरो र मुटुसम्बन्धी एकसाथ उपचार भइरहेको कार्यकारी निर्देशक सन्तोष पौडेलले जानकारी दिए ।
अछाम पुगेका उनमा स्वास्थ्य समस्या भएपछि बुधबार नेपालगन्ज हुँदै काठमाडौँ ल्याइएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x