×

सरसर्ती २४ घण्टा

जहाज फर्किएपछि क्यानको कारबाही, गण्डकीमा पीएस गुरुङलाई सफलता

काठमाडाैं | असोज १९, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका शर्मा निर्वाचित भएका हुन् । 
अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्ष निर्वाचित भएका हुन् । शर्मालाई केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन थियो । नतिजाले पीएस गुरुङलाई गण्डकीमा सफलता मिलेको छ ।
००००
सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यसअघि सीआईबीले गरेको अनुसन्धानमा छिर्ने संकेत गरेको छ ।
आयोगले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डिल्लीराज आचार्यले यस्तो बताएका हुन् ।  साथै आयोगले आगामी कात्तिक १६ गतेको समयसीमा निर्धारण गरी सञ्चारका विभिन्न माध्यमलाई सार्वजनिक सूचना प्रशासन गर्ने निर्णय गरेको छ ।
००००
नेपाल एयरलाइन्सको जहाज बिच बाटोबाटै फर्किएपछि नागरिक उड्ययन प्राधिरण (क्यान)ले सम्बन्धित अधिकारीलाई कारबाही गरेको छ । 
एयरलाइन्सको ड्युटी मेन्टेनेन्स मेनेजर र कन्टिन्युटिङ एयरअथोरिटी (सीए) मेनेजरलाई  क्यानले काममा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
यसअघि काठमाडौंबाट साउदी अरेबियाको दमामका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बिच बाटोबाटै फर्किएको थियो । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए ४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ ९पहिलो संशोधन २०७९० लाई पुनः संशोधनको प्रक्रिया अगाडि बढाएको छ । 
सरकार र नेपाल चिकित्सक सङ्घबीच भएको सहमति अनुसार ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
००००
जुम्लामा दुर्घटनामा परी विगत ६ दिनदेखि गम्भीर बिरामी भएका एक व्यक्तिको उद्धार गरिएको छ । ती बिरामीलाई बिहीबार नेपाल वायुसेवा निगमको जहाजबाट उद्धार गरिएको हो ।
बिरामीलाई तत्काल थप उपचारको लागि नेपालगन्ज लैजानु पर्ने भएपनि खराब मौसमको कारण विगत केही दिनदेखि उडान नभएको अवस्थालाई मध्यनजर गरी  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशेष निर्देशनमा निगमको जहाजबाट बिरामीको उद्धार गरिएको हो ।
००००
नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको छ । नयाँ व्यवस्थाअनुसार कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ । 
यस्तै धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको बैंकले जनाएको छ ।
००००
धार्मिक सद्भावमा खलल र्पुयाउन खोजेको आरोपमा पक्राउ परेका धर्मगुरु श्रीनिवास रिहा भएका छन् । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता भएकोमा जरिवाना तिरेर रिहा भएका हुन् ।
००००
चीनमा जारी १९औं एसियाली खेलकुदमा टी–२० क्रिकेटतर्फ विश्व कीर्तिमान बनाएका दीपेन्द्रसिंह ऐरी नेपाल प्रहरीमा एक तह बढुवा भएका छन् ।
नेपाल पुलिस क्लब क्रिकेट टोलीका कप्तान समेत रहेका दीपेन्द्र बिहीवार प्रहरी सहायक हवल्दारमा बढुवा भएका हुन् । 
००००
भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रवार बझाङ जाने भएका छन् । 
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शुक्रवार बिहान १० बजे केही मन्त्रीसहित उनी भूकम्प प्रभावित क्षेत्रको अवलोकन भ्रमणमा जान लागेका हुन् ।
००००
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् । 
बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
००००
राष्ट्रपतिले कैद सजाय मिनाहा गरेका योगराज ढकाल ‘रिगल’लाई पुनः कैद हुनुपर्ने मागसहित परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले विहीवार राष्ट्रपतिको निर्णयको सक्कल मिसिल असोज २४ गतेभित्र झिकाउन आदेश गरेको हो ।
००००
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग बारा–२ मा पराजित भएका शिवचन्द्र कुशवाहा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
गत वैशाख १० गते भएको उपनिर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बनेका कुशवाहा एमालेमा प्रवेश गरेका हुन् ।
००००
नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका विषयमा वार्ताको औचित्य सकिएको निर्णय गरेको छ ।
असोज १५ देखि १७ गतेसम्म बसेको नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो ।


Advertisment

Advertisment
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x