×

सरसर्ती २४ घण्टा

इजरायलमा स्थानान्तरण भन्दा स्वदेश नै फर्किन चाहने नेपाली धेरै

काठमाडाैं | असोज २४, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्यालेस्टाइनी हमास समूहको आक्रमणबाट घाइते भएका ४ जना नेपालीको अवस्थामा सुधार भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । 

शनिबार भएको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको दूतावासले मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएको हो । 


Advertisment

यस्तै हराइरहरेको एक जना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा तीब्र पारिएको दूतावासले जनाएको छ।  हमासको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएका थिए ।
००००
इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा कार्यरत सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।  इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको दूतावासले जनाएको छ । 
यसैगरी उत्तरी सिमाना आसपासमा उद्दारको पर्खाइमा रहेका थप ७२ जना समेत कुल १२७ नेपाली विद्यार्थीहरुलाई सुरक्षित ठाउँमा सारिएको छ ।
००००
परराष्ट्रमन्त्री एनपी साउदले इजरायली समकक्षीसँग टेलिफोन संवाद गरेका छन् । मंगलबार आफ्ना समकक्षीसँग टेलिफोन संवाद गर्दै साउदले हालको कठिन समयमा नेपाल इजरायलको साथमा रहेको जनाएका छन् । 


Advertisment

सो क्रममा उनले निधन भएका नेपालीहरूको शव स्वदेश ल्याउन, नेपालीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरूलाई सहजीकरण गर्ने विषयमा इजरायली समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो क्रममा इजरायली परराष्ट्रमन्त्रीले यस विषयमा नेपाललाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
००००
मन्त्रालयले हालसम्म उद्धार हुन तथा नेपाल फर्कन चाहने ३२४ जना नेपाली नागरिकहरूले राजदूतावासको अनलाइन रजिस्ट्रेसन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् । विवरण दिने मध्ये २८८ जनाले नेपाल फर्कन र ३६ जनाले मात्रै स्थानान्तरण हुन चाहेको बताएको मन्त्रालयले जनाएको छ । यसआधारमा प्रभावित क्षेत्रबाट स्थानान्तरण भन्दा स्वदेश नै फर्किन चाहने नेपालीको संख्या अधिक देखिएको छ । 

शनिवारको आक्रमणमा निधन भएका १० जना नेपालीहरूको शव नेपाल ल्याउनका लागि इजरायल सरकारका विधि विज्ञान निकायसँग समन्वय भई सकेसम्म चाँडो ल्याउने गरी कार्य प्रक्रिया सुरु भइसकेको पनि मन्त्रालयले जनाएको छ ।
००००
मधेस प्रदेश सरकारले इजरायलमा प्यालेस्टाइनी हमास समूहले गरेको आक्रमणमा निधन भएका मधेस प्रदेशका आनन्द साहको परिवारलाई ५ लाख रुपैयाँ राहत दिने भएको छ । 
मधेस प्रदेशम मुख्यमन्त्री सरोज कुमार यादवले एक वक्तव्यमार्फत यसबारे जानकारी गराएका हुन् ।
००००
सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान  गरेको हो ।
००००
भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि झापाको हल्दिबारीमा खटिएका राष्ट्रिय भूमि आयोगमा कार्यरत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
००००
डेंगु भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेंगु सङ्क्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म)मा घटेको पाइएको हो ।
००००
संसद् मातहत गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेल मिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ ।
कानून, न्याय तथा मानव अधिकार समितिका सदस्य एवं उपसमितिका संयोजक रमेश लेखकले समितिका सभापति विमला सुवेदीसमक्ष उक्त प्रतिवेदन बुझाएका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ०६ अङ्कले घटेर १ हजार ८ सय ८९ दशमलव ५९ को विन्दुमा कायम भएको छ।
००००
बाँकेको नेपालगञ्जमा विगत एक सातादेखि जारी कफ्र्यु र निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार सूचना जारी गर्दै कफ्र्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जनाएको छ ।
००००
१९औं एसियाली खेलकुद (एसियाड)मा पदक विजेता नेपाली खेलाडी, प्रशिक्षक र अफिसियल टोली स्वदेश फर्किएका छन् । उनीहरूलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।
००००
परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।  
इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरूको अवस्थाका बारेमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन् ।

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x