×

NIC ASIA

कोशीमा मुख्यमन्त्री नियुक्तिको सकस

प्रदेश प्रमुखले शनिवारसम्मको समय माग गरेपछि ४७ सांसदले भने - रातभर धर्ना बस्छौं

विराटनगर | असोज २६, २०८०

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

​प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि शनिवारसम्मको समय माग गरेपछि बहुमत सांसदले रातभर धर्ना बस्ने तयारी गरेका छन् ।

Muktinath Bank

नेपाली कांग्रेसका सांसद केदार कार्कीको नाममा बहुमत जुटाएका एमाले र कांग्रेसको डा. शेखर कोइराला समूहका सांसदले धर्नामा बस्ने तयारी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री नियुक्तिका लागि ४७ सांसदले बिहीवार निवेदन दिएका थिए । मुख्यमन्त्रीमा दावी पेश गर्ने समय शुक्रवार ५ बजेसम्म थियो । ५ बजेको समयमा ४७ जना सांसद परिचय पत्र बोकेर प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । 


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखले शनिवारसम्मको समय माग गरेको एक सांसदले जानकारी दिए । ‘प्रदेश प्रमुखले भोलिसम्मको समय माग गर्नुभएको छ, चलखेल नहोस् भनेर हामी प्रदेश प्रमुखको कार्यालयमा धर्ना बस्ने तयारीमा छौं’ ती सांसदले लोकान्तरसँग भने । 

Vianet communication

शेखर कोइराला पक्षले एमालेसँग मिलेर मुख्यमन्त्रीमा दावी गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । कोइराला अनुपस्थित भएपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ .

कांग्रेसले केन्द्रबाट कुनै निर्णय नगरेका कारण प्रदेश प्रमुखले भोलिसम्म समय माग गरेका हुन् । गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दावेदारी पेश गरेका इन्द्र आङ्बोलाई फिर्ता बोलाउने बारे समेत कांग्रेस र माओवादीबीच छलफल चलिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x