×

NMB BANK
NIC ASIA

‘फर्की फर्की’को वर्कसपमा अनमोल, चलचित्र जेठमा प्रदर्शन हुने

काठमाडाैं | असोज २९, २०८०

NTC
Premier Steels

अनमोल केसीको आउँदो चलचित्र ‘फर्की फर्की’को प्रदर्शन मिति घोषणा गरिएको छ । 

Muktinath Bank

वि.सं २०८१ सालको जेठ ११ गतेबाट चलचित्र प्रदर्शनमा ल्याउने तय भएको निर्माता रोहित अधिकारीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माता अधिकारीले वितरकसँग सल्लाह गरेर चलचित्रलाई जेठमा रिलिज गर्न लागेको बताए । यो चलचित्रको वर्कसप पनि सुरु भएको छ । वर्कसपमा चलचित्रका मुख्य अभिनेता अनमोल केसी, नव–कलाकारद्धय रवि काफ्ले र सम्बृद्धि अर्याल जोडिएका छन् । 


Advertisment
Nabil box
Kumari

चलचित्रकी मुख्य अभिनेत्री जसिता गुरुङले भने केही दिनमै वर्कसप सुरु गर्ने निर्माणपक्षले बताएको छ । 

Vianet communication

सुयोग गुरुङले निर्देशन गर्ने यो चलचित्रलाई लिएर अनमोल केसी निकै उत्साहित छन् । चलचित्रको कथा निकै नै राम्रो भएकाले आफू उत्साहित भएको अनमोल बताउँछन् । 

यो चलचित्रको छायांकन काठमाडौं, पोखरा, अन्नपूर्ण बेस क्याम्पमा गरिनेछ । साथमा, एउटा गीतको छायांकन इन्डोनेसियाको बालीमा गरिने निर्माणपक्षले बताएको छ । रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार हुन लागेको चलचित्रका सह–निर्मातामा मनोज वली र राम न्यौपाने हुन् । 

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ । चलचित्रको छायांकन मंसिरको १ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । ‘गाजलु र छ माया छपक्कै’ जस्ता सुपरहिट चलचित्र दिएका निर्माता अधिकारीले यसपटक दर्शकले प्रेमको कथामा बेग्लै स्वाद पाउने बताए । 

चलचित्रलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मले वितरण गर्नेछ । चलचित्रको अन्तराष्ट्रिय वितरकको रुपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x