×

NIC ASIA

रूसको केन्द्रीय बैंकद्वारा मुख्य ब्याज दरमा थप दुई प्रतिशत वृद्धि

काठमाडाैं | कात्तिक १०, २०८०

Prabhu Bank
NTC
Premier Steels

रूसको केन्द्रीय बैंकले रूसी अर्थतन्त्रमा मुद्रास्फिति बढ्दै गएको भन्दै शुक्रबार आफ्नो प्रमुख ब्याजदर १३ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ ।

Muktinath Bank

युक्रेनमा मस्कोले गरेको आक्रमणको आर्थिक असरसँग जुध्ने प्रयास गरिरहेको केन्द्रीय बैंकले केही महिनायता ब्याजदरमा गरेको यो चौथो वृद्धि हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“हालको मुद्रास्फीतिको दबाब बैंक अफ रसियाको अपेक्षाभन्दा उल्लेख्य रूपमा बढेको छ,” केन्द्रीय बैंकले ब्याजदर दर वृद्धिको घोषणा गर्दै जारी एक विज्ञप्तिमा भनेको छ ।


Advertisment
Nabil box
Kumari

लाखौं सैनिकहरूलाई सेवामा बोलाउँदा सरकारी सैन्य खर्चमा भएको वृद्धिले रूसी घरेलु अर्थव्यवस्थालाई अत्यधिक प्रभावित पार्ने सङ्केतहरू देखाएको छ ।

Vianet communication

केन्द्रीय बैंकले वार्षिक मुद्रास्फीति ६.६ प्रतिशतमा रहेको र यो लक्ष्य चार प्रतिशतभन्दा बढी रहेको जनाएको छ ।

उच्च ब्याज दरहरूले कर्जा दर महँगो बनाएको छ भने यसले उपभोक्ता र व्यवसायहरूलाई बचत गर्न, खर्च नगर्न प्रोत्साहित गरेर माग कम गर्ने योजना बनाइएको छ ।
बैंकले आगामी महिनाहरूमा पनि मूल्य वृद्धि भइरहने ‘पर्याप्त’ जोखिम देखिएको जनाएको छ ।

“केन्द्रीय बैंकले आक्रामक रूपमा यसको मुख्य दर बढाएको छ,” मस्कोस्थित अल्फा बैंकका विश्लेषकहरूले एक अनुसन्धान रिपोर्टमा भनेका छन्, “यो बजारले अपेक्षा गरेभन्दा कठिन कदम हो ।”

रूसी रुबल अमेरिकी डलरसँग ९३ को हाराहारीमा पुगेको थियो ।

विनिमय दरलाई राजनीतिज्ञ, व्यवसाय र रूसी जनसङ्ख्याले रूसको आर्थिक स्वास्थ्यको प्रमुख ब्यारोमिटरको रूपमा हेरिन्छ ।

मस्कोले युक्रेनमाथिको आक्रमण र पश्चिमा प्रतिबन्धका कारण आर्थिक पतन हुन सक्ने प्रारम्भिक भविष्यवाणीलाई लत्याए पनि यो आक्रमणले घरेलु अर्थतन्त्रमा अझै दबाब सिर्जना गरेको छ ।

सैन्य खर्चमा तीव्र वृद्धिले सरकारलाई घाटामा धकेलेको छ, जबकि न्यून रोजगारीले बढ्दो ज्याला र मूल्यहरूको चक्र सिर्जना गरेको छ ।

केन्द्रीय बैंकले शुक्रबार जारी गरेको वक्तव्यमा उच्च सरकारी खर्चलाई मुद्रास्फीतिलाई बढावा दिने प्रमुख कारकको रूपमा औंल्याएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x