×

NIC ASIA

कांग्रेसमा धर्मको बहस– महासमितिमा एजेन्डा बन्ला हिन्दू राष्ट्र ?

काठमाडाैं | कात्तिक २६, २०८०

Prabhu Bank
NTC
Premier Steels

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१ कात्तिकमा सिंहदरबारमा १२ बुँदे समझदारी पक्षधर दलहरूको बैठक बोलाएका थिए ।

Muktinath Bank

बैठकमा परिवर्तनका मुद्दाहरू मुख्यगरी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठाउने प्रवृत्ति बढेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिवर्तनको मुद्दामा एक साथ लडेका नेतालाई एउटै मञ्चमा उभ्याएर एउटा सन्देश दिने प्रधानमन्त्रीको प्रयास थियो । बैठकमा सहभागी एमाले सचेतक महेश बर्तौलाका अनुसार शान्ति, संविधान, संघीयता, गणतन्त्रजस्ता मुद्दामा जनतालाई भड्काउने कपोलकल्पित प्रचार भइरहेकोप्रति कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सहितले चिन्ता व्यक्त गरेका थिए ।


Advertisment
Nabil box
Kumari

सामाजिक सञ्जाल दुरुपयोग गरी व्यवस्थाप्रति नकारात्मक टिप्पणी गर्ने/गराउने प्रवृत्ति विकसित भएको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका थिए । प्रमुख प्रतिपक्षी एमालेले भने सरकारको अकर्मण्यताका कारण प्रश्न उठाउनेलाई ठाउँ मिलेको टिप्पणी गरेको थियो । 

Vianet communication

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले परिवर्तनका मुद्दाप्रति सामाजिक सञ्जालमा वितृष्णा फैलिएको बताएका थिए । ‘परिवर्तनका मुद्दाप्रति सामाजिक सञ्जालमा गलत टिप्पणी छ । यो रोक्नुपर्ने भएको छ । व्यवस्था, मुद्दा र नेताप्रति गाली गर्ने, हेट स्पीच दिने, दूषित बनाउने काम भयो, यसलाई रोक्नुपर्छ,’ देउवाले बैठकमा भनेका थिए, ‘दुरुपयोग भयो, हेट स्पीच भयो, यसलाई नियन्त्रण गरौं ।’

यी विषयसँगै देउवाले धर्मको विषयमा छोटो प्रसंग निकालेका थिए । कांग्रेसमा हिन्दू राष्ट्रको पक्षमा निर्णय गर्नुपर्ने दबाब एकथरीले दिइरहेका बेला देउवाले कुनै भूमिका बाँध्ने र अर्थ्याउने काम नगरी ‘भारतमा निरपेक्षता छ, तर हाम्रोमा जस्तो भइरहेको छैन’ भनेको एक नेता बताउँछन् । 

देउवाले धर्मनिरपेक्षताको विरोध गरे कि समर्थन गरे भन्ने भेउ बैठकमै सहभागी नेताले समेत पाएनन् । 

‘उहाँले भारतमा पनि धर्मनिरपेक्षता छ, यहाँजस्तो विरोध भएको छैन भन्न खोज्नुभए जस्तो बुझिन्थ्यो तर थप के भन्नुभयो सँगै बस्नुभएका प्रधानमन्त्रीले पनि बुझ्नुभयो जस्तो लागेन,’ बैठकमा सहभागी एक नेताले भने । हिन्दू राष्ट्रका पक्षमा पार्टीभित्रै आवाज उठ्दा दबाब महसुस गरेका देउवाले यस्तो प्रसंग निकालेपछि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कांग्रेसमा हिन्दू राष्ट्रको जबरजस्त माग

अघिल्लोपटकको महासमिति जस्तै अब बस्ने महासमिति बैठकमा पनि शंकर भण्डारीसहितका नेताले हिन्दू राष्ट्रको विषयमा फेरि हस्ताक्षरसहितको दबाब बढाउने तयारी गरेका छन् । 

यसअघि धेरै सार्वजनिक मञ्चबाट बीपीपुत्र डा. शशांक कोइरालाले हिन्दू राष्ट्रको पक्षमा आवाज उठाएका छन् । यो अभियानमा पहिले खुमबहादुर खड्का अभियन्ता थिए । तर, उनीपछि यो विषयलाई उठाउने ठूलो अभियन्ता कोही छैनन् । अहिले शंकर भण्डारी, भीम पराजुलीसहितका नेताले यस किसिमको आवाज उठाइरहेका छन् ।

गत ७ असोजमा बसेको केन्द्रीय समिति बैठकमा भण्डारीले चेतावनी दिँदै महासमिति बैठकले हिन्दू राष्ट्रको विषयमा निर्णय गर्नुपर्ने भनेर दबाब बढाएका थिए । 

‘हिन्दू राष्ट्रको विषयमा हामीले पहिले लेखेर दिएको कुरा सभापतिले थन्क्याउनुभएको छ । म महामन्त्रीसँग आग्रह गर्छु, हामी पनि निर्वाचित सदस्य हौं,’ भण्डारीले भनेका थिए, ‘हिन्दू राष्ट्र नेपाल देशभरका साथीहरूको माग हो । आगामी महासमितिमा हिन्दू राष्ट्रको एजेन्डा नल्याए अप्ठ्यारो पर्छ । महामन्त्रीहरूलाई मेरो विशेष आग्रह छ ।’

‘सभापतिले हिन्दू धर्मकै पक्षमा माहोल बनाउन चाहनुभएको भए यसअघि नै सभापति हुँदा र प्रधानमन्त्री हुँदा यो विषयलाई पार्टीको आधिकारिक तहमा ल्याउनुहुन्थ्यो,’ विश्वकर्मा भन्छन्, ‘धर्मको विषयमा हाम्रो सभापति बीपी कोइरालाकै लाइनमा हुनुहुन्छ । महासमितिमा धर्मसम्बन्धी कुनै एजेन्डा आउँदैनन्, छलफल पनि हुँदैन ।’

देउवाको अघिल्लो कार्यकालमा भण्डारीले महासमिति बैठकमा हिन्दू राज्यको पक्षमा हस्ताक्षर बुझाएका थिए, तर बैठकले कुनै निर्णय गरेन । अब पुसको दोस्रो साता हुने महासमिति बैठकमा फेरि हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउने तयारी उनीहरूले गरेका छन् । 

कांग्रेस नेता शंकर भण्डारी मिलेर बसेको समाज भड्काउने प्रवृत्ति बढेकाले हिन्दू राष्ट्रको विषयलाई अभियानकै रूपमा उठाउनुपरेको बताउँछन् । 

‘हामी एक अर्काबीच सद्भाव देखाउने र मिलेर बस्ने गर्दै आएका छौं । एक अर्कालाई सम्मान र सह–अस्तित्व हाम्रो पहिचान हो,’ भण्डारीले लोकान्तरसँग भने, ‘तर, धर्मविरुद्ध गतिविधि गर्ने, खुलेआम गाई काट्ने काम भएको छ । सद्भाव बिथोल्ने काम भएको छ । सम्मान गर्ने भन्दा द्वन्द्वको कुरा गर्ने, धर्मलाई नष्ट गर्ने कुरा भइरहेको छ । यसैले अप्ठ्यारोमा मिलेर अगाडि बढ्नुपर्छ । पहिचानलाई धर्मले जोड्छ भनेर हामी यो अभियानमा लागेका हौं ।’

राष्ट्रिय एकता देखाउने र सबै मिलेर देश बनाउने बेलामा समाजलाई भड्काउन खोजेपछि आफूहरू सक्रिय हुनुपरेको उनी बताउँछन् । यसैले फेरि पनि महासमिति बैठकमा हस्ताक्षर अभियान गरेरै फेरि पनि हिन्दू राष्ट्रको अभियानलाई अगाडि बढाउने उनी बताउँछन् । 

के महासमितिमा आउला हिन्दू राष्ट्रको एजेन्डा ? 

मुख्यगरी महासमितिको मुख्य डकुमेन्ट यसपटक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लेख्दैछन् । कांग्रेसमा भावी नेतृत्वको दाबेदार रहेका नेताले यसपटक यो विवादमा पर्न सक्ने एजेन्डालाई प्रतिवेदनमा उठाउने सम्भावना कम देखिन्छ । 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा कांग्रेसमा केही नेता र व्यक्तिले हिन्दू राष्ट्रको कुरा उठाए पनि पार्टीले औपचारिक रूपमा महासमितिमा यो विषयलाई नउठाउने बताउँछन् । 

‘कांग्रेस संविधान, पार्टीका विधान र स्थापित सैद्धान्तिक अवधारणाभन्दा बाहिर जाँदैन, किनकि कांग्रेसले ७ सालदेखि संविधानसभा, धार्मिक स्वतन्त्रता भन्दै आएको छ । बीपी धर्मको बारेमा सधैं तटस्थ बस्नुभयो,’ विश्वकर्मा भन्छन्, ‘यसैले सदस्यले आफ्ना कुरा राख्न पाउँछन् । तर, सिंगो पार्टी त्यततातिर जाँदैन । हामी ठूलो जमर्कोपछि गणतन्त्रमा गएका थियौं । यसैले हिन्दू राष्ट्रको एजेन्डामा पुग्न सानो जमर्कोले पुग्दैन । पार्टी सभापतिको सोच र चिन्तन पनि यतातिर छैन ।’

उनले थपे, ‘एक धर्मले अर्कोलाई हेप्यो भने धर्मको विषयमा डिबेट हुन सक्छ । तर, धर्मको नाममा कसैलाई हेफिएको छैन । सद्भाव र सहिष्णुता छ । यसैले तत्काल यो विषय उठाउनु भनेको अराजकता फैलाउनु हो । एक धर्म भनेको एक पार्टीको शासनजस्तो हो, बहु धर्म नमान्ने भए बहुदल किन मान्ने ? एकजातीय, एक धार्मिक राज्यसत्ताले त झन् द्वन्द्व मात्रै निम्त्याउँछ ।’ 

८० प्रतिशत छुच्चो र अराजक भए अरू संगठित हुने र दबाब दिने परिस्थितिमा पुग्ने उनी बताउँछन् । कम बोल्ने सभापतिको शैलीलाई लिएर धेरैले अनेक आशंका गरे पनि सभापति धर्म निरपेक्षताकै पक्षमा रहेको विश्वकर्मा बताउँछन् । 

‘सभापतिले हिन्दू धर्मकै पक्षमा माहोल बनाउन चाहनुभएको भए यसअघि नै सभापति हुँदा र प्रधानमन्त्री हुँदा यो विषयलाई पार्टीको आधिकारिक तहमा ल्याउनुहुन्थ्यो,’ विश्वकर्मा भन्छन्, ‘धर्मको विषयमा हाम्रो सभापति बीपी कोइरालाकै लाइनमा हुनुहुन्छ । महासमितिमा धर्मसम्बन्धी कुनै एजेन्डा आउँदैनन्, छलफल पनि हुँदैन ।’

यतिमात्रै होइन साँच्चै हिन्दू धर्मको विषयभन्दा पनि स्टन्टको रूपमा यसलाई उठाइएपछि यसमा पार्टीभित्र मत नबन्ने केन्द्रीय सदस्य श्याम घिमिरे बताउँछन् । 

‘देशको आवश्यकता आर्थिक उन्नति, सुशासन र रोजगारी हुन् । धर्मको लडाईं गर्दा निम्तिने द्वन्द्वमात्रै हो, त्यसैले संविधानले व्यवस्था गरेको धर्मनिरपेक्षतालाई निरन्तरता दिएर आ–आफ्ना धर्म मानेर जानुपर्छ,’ घिमिरे भन्छन्, ‘शशांक कोइरालाले बाआमाको क्रिया गर्नुभएन । उहाँहरूको परिवार धार्मिक पनि होइन । यसैले उहाँका लागि यो आवश्यकताभन्दा बढी स्टन्ट हो । साँच्चै हिन्दू धर्म माग्ने नै भए सधैं पूजापाठ गर्ने र मासु नखाने कृष्ण सिटौला र रमेश लेखकले माग्नुपर्थ्यो, तर उहाँहरू त्यतातिर लाग्नुभएको छैन ।’

हिजो हिन्दू राजालाई लखेट्नेले आज हिन्दू राष्ट्र चाहियो भन्न नसुहाउने घिमिरे बताउँछन् । 

महासमितिले धर्मको एजेन्डा ल्याएर विवाद ल्याउनेभन्दा आर्थिक नीति, राष्ट्रियता, परराष्ट्र नीति कसरी बलियो र प्रभावकारी बनाउन सकिन्छ भनेर लाग्नुपर्ने उनी बताउँछन् । नेपालमा सबैलाई आ–आफ्नो धर्म मान्ने स्वतन्त्रता रहेको भन्दै उनले हिन्दू राष्ट्र घोषणा गरिए त्यसले झन् द्वन्द्व बढाउने बताए । 

‘हामीमा हिजो पनि धार्मिक रूपमा सहिष्णुता थियो । नेपाल धर्म निरपेक्षतामा गए पनि सबैले स्वतन्त्रतापूर्वक आ–आफ्नो धर्म मान्न पाएका छन् । हामीमा आपसी सद्भाव पनि राम्रो छ । पूजापाठ गर्ने, संस्कार र परम्परालाई कसैले धावा बोलेको छैन’, घिमिरे भन्छन्, ‘यसैले फेरि द्वन्द्व र अन्योल सिर्जना गर्ने गरी बेक्कारको कुरा ल्याएर अस्थिरता सिर्जना गर्नु हुँदैन । फेरि हिन्दू राष्ट्र बनाए अरू झन् भड्किन्छन्, संगठित हुन्छन् र यसको असर हिन्दू धर्मावलम्बी ८१ बाट घटेर ६० प्रतिशतमा आउँदैनन् भन्न सकिँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x