२६ जेठ २०८३, मंगलबार

रुस र चीनबीचको आपसी विश्वास अभूतपूर्व स्तरमा

मंसिर २, २०८०
काठमाडौं
रुस र चीनबीचको आपसी विश्वास अभूतपूर्व स्तरमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीन आपसी विश्वासको अभूतपूर्व स्तरमा पुगेको बताएका छन्।  

नवौँ सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चको पूर्ण सत्रमा पुटिनले रूस र चीनबीचको सम्बन्ध अतुलनीय स्तरमा पुगेको बताउँदै द्विपक्षीय सम्बन्ध रचनात्मक रहेको र यसले विश्वव्यापी स्थिरतामा योगदान पु¥याएको बताए । 

राष्ट्रपति पुटिनले रूस र चीनबीचको सांस्कृतिक आदानप्रदान र पारस्परिक सम्बन्धबिना रूस र चीनबीच समन्वयको व्यापक रणनीतिक साझेदारी निर्माण गर्न असम्भव हुने पनि उनले बताए। 

चिनियाँ राष्ट्रपति सी चिनफिङले सांस्कृतिक, शैक्षिक र खेलकुदलाई सधैं ठूलो महत्व दिँदै आएका छन् । 

पुटिनले रूसी र चिनियाँ जनता एकअर्काको संस्कृतिप्रति गहिरो चासो राख्ने गरेको पनि बताए ।

“मलाई विश्वास छ रूस–चीन संस्कृति वर्ष २०२४÷०२५पूर्ण सफल हुनेछ,” राष्ट्रपति पुटिनले भने ।

शनिबारसम्म चल्ने सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय सांस्कृतिक सम्महेलनमा चीन, इटाली, संयुक्त अधिराज्य, टर्की र अन्य देशका प्रतिनिधिहरू सांस्कृतिक आदानप्रदान, शिक्षा र सम्पदा संरक्षणमा सहयोगबारे छलफल गर्न रूसमा भेला भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्