×

NIC ASIA

मंसिर ७ बारे राप्रपामा २ धार

दुर्गा प्रसाईंको अभियानले नैतिक संकटमा राप्रपा– लिङ्देन मौन, लोहनी र मिश्रको समर्थन

काठमाडाैं | मंसिर ६, २०८०

Prabhu Bank
NTC
Premier Steels

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ’ अभियानका नाममा भोलि (मंसिर ७ गते) मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्न लागेको कार्यक्रमलाई लिएर राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रस्ट दुई धार देखिएको छ ।

Muktinath Bank

प्रसाईंले प्रत्यक्षरूपमा यसपटक राजतन्त्रसम्बन्धी मुद्दा अगाडि त सारेका छैनन्, तर वैदिक सनातन नेपालका नाममा हिन्दू राष्ट्र र व्यवस्था परिवर्तनको कुरा गरेर राजतन्त्रको एजेन्डालाई मलजल गरिरहेका छन् । अब राजाले मात्र निकास दिन सक्ने उनको अभिव्यक्ति छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूले बोकेका राजतन्त्र र हिन्दू राष्ट्रको नारालाई प्रसाईंले सतही रूपमा उठाएपछि राप्रपामा अप्ठ्यारोमा परेको छ । एजेन्डाको विरोध गर्न नमिलेपछि राप्रपा प्रसाईंको कार्यक्रमलाई नैतिक समर्थन गरेर जानुपर्ने अवस्थामा पुगेको सो पार्टीका नेताहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

आफूले उठाएको एजेन्डालाई अरू कसैले उठाउँदा विरोध गरेर जान हुँदैन भन्ने भएपछि राप्रपाले संस्थागत रूपमा यसको विरोध गरेको छैन ।

Vianet communication

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंसिर ७ र ९ गतेका दुवै कार्यक्रम राप्रपाले आयोजना नगरे पनि हिन्दू राष्ट्र र राजसंस्थाका लागि जसले आन्दोलन गरे पनि नैतिक समर्थन रहने बताए । 

‘७ र ९ मंसिरका दुवै कार्यक्रम राप्रपाको होइन । ९ गते झापामा राजाको सवारीलाई राप्रपाले सहयोग मात्रै गर्ने हो । भोलिको दुर्गा प्रसाईंको कार्यक्रम हो, राप्रपाको होइन,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘तर, उठाइएका विषय कतिपय सकारात्मक छन्, कतिपय उरन्ठेउला छन्, राप्रपाले घटनाक्रमलाई अत्यन्त नजिकबाट नियालेको छ । हिन्दू राष्ट्र र राजसंस्थाका लागि हुने प्रसाईंका मात्रै होइन, हरेक आन्दोलनमा राप्रपाको नैतिक समर्थन रहन्छ ।’

हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डाका लागि शुभकामना दिए पनि प्रसाईंका अन्य मागमा सहमत हुन नसकिने उनले बताए । 

‘उनका कतिपय एजेन्डा र अभिव्यक्ति हामीसँग मिल्छन्, कतिपय अभिव्यक्ति राष्ट्रहितविपरीत पनि छन् । नेपाललाई भारतमा लगेर मिसाइदिनुपर्छ, अर्कैलाई राजा बनाउनुपर्छ भन्नेमा हाम्रो विचार मिल्दैन । यस्ता विषयमा हामी पर्ख र हेरको अवस्थामा छौं,’ उनी भन्छन्, ‘समान एजेन्डामा समर्थन र असमानमा फरक मतका साथ अगाडि बढ्ने सोच हाम्रो छ ।’

प्रसाईंले पहिलो चरणमा गरेको आन्दोलनको स्वरूपलाई हेरेर थप धारणा बनाउँदै जाने उनी बताउँछन् ।

‘हामीले वर्षौंदेखि यो एजेन्डा बोक्दै आएका छौं । हाम्रो एजेन्डालाई कसैले बोक्छन्, अभियानको रूपमा उठाउँछन् भने त हामीले स्वागत नै गर्नुपर्छ,’ ती नेताले भने, ‘यसैले प्रसाईंको अभियानप्रति विरोध भए विज्ञप्ति निकालेर पार्टीले संस्थागत रूपमा केही भन्थ्यो । केही नभन्नु भनेको कार्यकर्ता यस्ता अभियानमा लाग्न स्वतन्त्र छन् भन्ने सन्देश हो ।’

यसअघि पूर्वराजालाई समेत मञ्चमा राखेर झापामा गरेको कार्यक्रममा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई गाली गरेका थिए । लिङ्देनले पनि प्रसाईंले राजा ल्याउँछन् भन्नेमा आफू विश्वस्त नभएको बताएका थिए । तर, एजेन्डा उठाएपछि ती कुरा बिर्सिँदै समर्थन जनाउनुपर्ने बाध्यतामा पार्टी पुगेको राप्रपाका अर्का एक नेताले बताए ।

अध्यक्ष लिङ्देन ज्ञानेन्द्रको ९ मंसिरको कार्यक्रममा व्यस्त भएकाले प्रसाईंको कार्यक्रमबारे मौन छन्, तर वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीदेखि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसम्मले प्रसाईंलाई समर्थन र सहयोग गरेर जानुपर्ने मत राखिरहेका छन् ।

‘यस्तो समयमा पनि एउटा राजसंस्थावादीले अर्को राजसंस्थावादीलाई गाली गरिरहेको देख्छु/सुन्छु, त्योभन्दा ठूलो विडम्बना के हुनसक्छ ? हेर्नुहोस्, कसैको कारणले कसैको कार्यक्रम बिग्रिँदैन । हामी हाम्रो उद्देश्यमा पुग्न सबैको कार्यक्रम सफल हुनुपर्छ,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पञ्चायत ढाल्न, गणतन्त्र ल्याउन/जोगाउन ‘कट्टर दुष्मन’हरू सहकार्य गर्न सक्ने, राजसंस्थावदीहरूले नसक्ने ? अनि झन् त्यसमा पनि गाली गरेर बस्ने? यस्तै पाराले लक्ष्यमा पुगिन्छ ?’ 

मंसिर ७ मा हुने काठमाडौंको र मंसिर ९ मा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हुने झापाको कार्यक्रमलाई भव्य बनाउनुपर्ने उनको तर्क छ । यी प्रदर्शनले संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको पक्ष माहोल बन्ने दाबी उनले गरेका छन् । झापापछि राप्रपाले देशैभर कार्यक्रम आयोजना गर्दैछ । 

त्यस्तै, राप्रपाकै संस्थापकमध्येका नेता डा. प्रकाशचन्द्र लोहनीले पनि राप्रपाले अगाडि सारेका एजेन्डा अनुकूल हुने गरी जोसुकैले गर्ने कार्यक्रम, अभियान र प्रदर्शनमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्ने धारणा राखेका छन् ।

‘राप्रपा एकता महाधिवेशनबाट पारित मार्गनिर्देशन र एजेन्डा अनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जनअभियान, प्रदर्शन, संघर्षमा राप्रपाका कार्यकर्ताहरूको सहानुभूति र समर्थन हुनु स्वाभाविक हुन आउँछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अतः मंसिर ७, २०८० मा हुने भनिएको जनप्रदर्शन र जनसंघर्षमा राप्रपाको नैतिक सहयोग र समर्थन रहनुपर्छ र, यसमा कुनै कमजोरी देखाउनुहुँदैन भन्ने मेरो स्पष्ट धारणा छ । यही अनुरोध राप्रपाका सबै साथीहरू तथा आमजनसमुदायमा राख्न चाहन्छु ।’

आफूहरूको एजेन्डालाई प्रसाईंले स्थापित गर्ने भएपछि कार्यकर्ता यस्तो अभियानमा सहभागी हुँदा पार्टीलाई कुनै आपत्ति नहुने राप्रपाका अर्का एक नेताले बताए ।

‘हामीले वर्षौंदेखि यो एजेन्डा बोक्दै आएका छौं । हाम्रो एजेन्डालाई कसैले बोक्छन्, अभियानको रूपमा उठाउँछन् भने त हामीले स्वागत नै गर्नुपर्छ,’ ती नेताले भने, ‘यसैले प्रसाईंको अभियानप्रति विरोध भए विज्ञप्ति निकालेर पार्टीले संस्थागत रूपमा केही भन्थ्यो । केही नभन्नु भनेको कार्यकर्ता यस्ता अभियानमा लाग्न स्वतन्त्र छन् भन्ने सन्देश हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् ।  देउवाले एमालेसँ...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x