×

सरसर्ती २४ घण्टा

सातै प्रदेशका आन्तरिक मामिलामन्त्रीको डेलिगेसन, प्रहरी समायोजन प्रक्रिया टुंग्याउने आश्वासन

काठमाडाैं | मंसिर १३, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्दै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड  यूएई जान लागेका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय सरकारले प्रहरी समायोजन प्रक्रियालाई अविलम्ब टुङ्ग्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीसँगको सामूहिक भेटमा उनले आन्तरिकरुपमा प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको जानकारी दिएको भेटमा सहभागी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
००००
यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले संयुक्त भेटघाट गरेका छन् ।


Advertisment

मंगलवार गृह मन्त्रालयमा भएको भेटवार्तामा प्रदेशमा प्रहरी समायोजन प्रक्रियालाई छिटो टुङ्गो लगाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
००००
बागमती प्रदेश सरकारले तीन वटा निकायको सङ्गठन संरचना तथा व्यवस्थापन स्वीकृत गरेको छ । 


Advertisment

बागमती प्रदेशको मन्त्रिपरिषद् बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गतको दुई, प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयको सङ्गठन संरचना तथा व्यवस्थापन स्वीकृत गरेको हो ।
००००
अब कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले पनि स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने भएका छन् ।  

मंगलवार बसेको त्रिवि नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुइँटेलले विज्ञप्तिमामार्फत जनाएका छन् ।
००००
नेपाल आयु सेवा निगमले आर्थिक वर्ष २०७९÷८० मा उडान र यात्रु सङ्ख्या बढेको जनाएको छ । वार्षिक प्रतिवेदन २०७९÷८० अनुसार निगमको अन्तर्राष्ट्रिय उडान सङ्ख्या ३ हजार ७६८ भएको र त्यसबाट ६ लाख २९ हजार १४७ सङ्ख्यामा यात्रु ओसारिएको छ । 

जसअनुसार निगमको बजार हिस्सा १६.५६ प्रतिशत रहेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।  सोही अवधिको औसत सिट फ्याक्टर ८१ प्रतिशत रहेको उनको भनाइ छ ।  जुन तथ्याङ्कले निगमले बजार हिस्सा र व्यवसायमा बढोत्तरी एवं सुधार हुँदै गएको तथ्य पुष्टि हुने उनले बताए ।
००००
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले उपाध्यक्ष  बद्री न्यौपानेलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ ।  पार्टीको मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले न्यौपानेलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर भएकाले निर्दोष सावित नहुँदासम्मका लागि पार्टीको सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।  
००००
काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
महानगरले मंगलवार एक विज्ञप्ति जारी गर्दै प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको हो ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता बालकृष्ण खाँणले न्याय पाउने बताएका छन् । कांग्रेस रूपन्देहीको जिल्ला सम्मेलनको मंगलवार खाणको गृहक्षेत्र बुटवलमा उद्घाटन गर्दै सभापति देउवाले सर्वोच्चमा विचाराधीन मुद्दामा धेरै बोल्न उचित नहुने बताउँदै उनले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए ।
००००
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार शर्मा समूहले पुनः निर्वाचनको माग गरेको छ ।
एनआरएनए आरके समूहले काठमाडौंमा पत्रकार सम्मेलन गरेर अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको हो ।
००००
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । उनीहरूबीच मंगलवार दिउँसो भेटवार्ता भएको हो ।
००००
नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले तीनवटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेका छन् । 

म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ संघ नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल ((ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ)लाई मंगलवार  नियुक्त गरेका हुन् ।
००००
कोशी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा नेकपा एमाले र राप्रपाले विरोध जनाएको छ ।  मंगलबार प्रदेशसभा बैठकमा नेकपा एमाले र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन् ।
००००
दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जना पक्राउ परेका छन् । थापासहित १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x