×

सरसर्ती २४ घण्टा

एमालेलाई अवरोध गर्ने पहिचानवादीको प्रयासदेखि नासुको १ करोड ठगीसम्म

काठमाडाैं | मंसिर २७, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रामा अवरोध गर्नेलाई प्रहरीले केही दिन नछाड्ने भएको छ । प्रहरीले मंगलवार नै १४ जनालाई पक्राउ गरेको थियो । तीमध्ये दुई जनालाई भने प्रहरीले छाडेको छ । उदयपुर भोजपुर र ओखलढुङ्गाबाट उनीहरूलाई पक्राउ गरिएको थियो । 
००००
यसैबीच नेकपा एमालेले जारी संकल्प यात्रामा अवरोध नर्पुयाउन आग्रह गरेको छ । घुर्मी हुँदै कोशी प्रदेश प्रवेश गर्न लागेको एमालेको अभियानमा विभिन्न समूहले अवरोध र्पुयाउने चेतावनी दिएपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले त्यस्ता गतिविध नगर्न आग्रह गरेका हुन् ।
००००
एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मंगलवार कोशी प्रदेश प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाट शुरू १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान मंगलवार कोशी प्रदेश प्रवेश गरेको हो । 
कोशी प्रदेशको पश्चिमी सीमा उदयपुरको कटारी नगरपालिका वडा नं १४ को घुर्मी बजारमा बागमती प्रदेश एमालेले यात्राको जिम्मा कोशी प्रदेश एमालेलाई लगाएको एमाले कोशी प्रदेशका सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठले बताए । कोशी प्रदेश नामकरणको विवादमा पहिचानवादीहरुले एमालेको विरोध गर्दै आएको छ भने अवरोधको नीति लिएको छ । 
००००
फूटपाथ व्यापारीको पक्षमा धर्ना बस्न आएका अभियन्ता ईःलाई ललितपुरका स्थानीयले अवरोध पुर्याएका छन् ।
उभिएरै धर्ना बस्न पुल्चोक आएका उनलाई स्थानीयले मंगलवार दिउँसो अवरोध पुर्याएका हुन् ।


Advertisment

हालै ललितपुर महानगरपालिकाले लगनखेलदेखि मंगलबजारसम्म फूटपाथ व्यापार गर्न रोक लगाएको छ । 
ईः त्यसैको विरोधमा धर्ना बस्न लागेका थिए । स्थानीयको अवरोधपछि उनलाई प्रहरीले पुल्चोकीस्थित प्रहरी बिटमा लगेर सुरक्षा दिएको थियो ।
००००
वीरगञ्ज महानगरपालिकामा मेयर  र उपमेयरको असमझदारीले मंगलवार उग्ररुप लिएको छ ।
दुई पक्षको विवादका कारण समर्थकबीच हात हालाहालको स्थिति आएको हो ।


Advertisment

कार्यालय सार्ने–नसार्ने विषयमा जनता समाजवादी पार्टीबाट मेयर बनेका राजेशमान सिंह र नेपाली कांग्रेसका उपमेयर इम्तियाज आलमबीच विवाद थियो । त्यही विवादले मंगलवार हात हालाहालको स्थिति पैदा गरेको त्यहाँका एक कर्मचारीले बताए ।  
००००
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार टेलिफोन संवाद गरेका छन् ।  
एमालेको संकल्प यात्रा अन्तरगत मंगलबार खोटाङको दिक्तेल पुगेका ओलीले प्रचण्डलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका हुन् । 
००००
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार रहेको बताएका छन् । 

सिन्धुपाल्चोकको चौतारा–८ स्थित इर्खु माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव तथा २४औँ अभिभावक भेलालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘१२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने तयारीमा सरकार रहेको छ ।

आर्थिक अभावमा  कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुने अवस्था नआओस् भनेर कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार छ । त्यसको घोषणा चाँडै हुनेछ ।’
००००
नक्कली प्रमाणपत्र प्रकरणमा राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन् । स्नातकको नक्कली प्रमाणपत्र बनाएर दुरुपयोग गरेको आरोपमा उनलाई नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
००००
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको तीन सदस्यीय अनुचित लेनदेन सम्बन्धी  जाँचबुझ आयोगले सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । 
आयोगले मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।
००००
पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै करिब १ करोड रुपैयाँ ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ गर्नेमा भोजपुर हतुवागढी गाउँपालिका ५ की २६ वर्षीय रितु राई र बर्दिया पाताभार गाउँपालिका–१ का २१ वर्षीय निरेश चौधरी रहेका छन् ।

उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोले सोमवार पक्राउ गरेको प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनीहरूले विद्युतीय चुरोटमार्फत सुन तस्करी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका नासु रेवन्त खड्काको मुद्दा मिलाइदिने भन्दै ठगी गरेका सीआईबीले जनाएको छ ।
००००
सरकारले संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत जारी गर्ने तयारी गरेको छ ।
प्रतिनिधि सभामा विधेयक दर्ता गर्दा पक्षरविपक्षमा बहस भएर पारित हुन लामो समय लाग्ने भएकाले सरकारले तत्काललाई अध्यादेशमार्फत उक्त ऐन ल्याउने तयारी गरेको हो ।
००००
शेयर बजार परिसूचक नेप्सेमा मंगलवार दोहोरो अंकको वृद्धि भएको छ ।
आइतवार धेरै बढेर सर्किट नै लागेको बजार सोमवार घटेकोमा मंगलवार फेरि उकालो लागेको हो ।
३६.८६ अंकले वृद्धि हुँदा बजार १९८५.८६ अंकमा पुगेको छ ।
००००
एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले फराकिलो हार व्यहोरेको छ ।
यूएईमा भएको खेलमा नेपाल भारतीय युवा टोलीसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको हो ।
००००
१७ औं संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ ।
भृकुटीमण्डपस्थित फुटसल कोर्टमा मंगलवार भएको खेलमा प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x