×

NMB BANK
NIC ASIA

एभरेस्ट अस्पतालको अन्तरक्रियामा विज्ञहरूको सुझाव– विपद् व्यवस्थापनमा स्वास्थ्य क्षेत्रका जनशक्ति सधैं तयारी अवस्थामा रहनुपर्छ

काठमाडाैं | मंसिर २९, २०८०

NTC
Premier Steels
Marvel

सम्भावित प्राकृतिक तथा मानवीय विपद् व्यवस्थापनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्ति सधैं तयारी अवस्थामा रहनुपर्ने विज्ञहरूले औँल्याएका छन् । एभरेस्ट अस्पतालमा आयोजित सिभिल हब स्याटेलाइट मिटिङमा विज्ञहरूले शुक्रवार यस्तो धारणा राखेका हुन् । 

Muktinath Bank

छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवंम् स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईका प्रमुख डा प्रकाश बुढाथोकीले विपद्सँग जुध्न इच्छाशक्ति र तयारी दुबै आवश्यक पर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जाजरकोट भूकम्पमा स्वास्थ्यकर्मी तथा अन्य निकायले उद्धार र व्यवस्थापनमा देखाएको सक्रियताको प्रशंसा गर्दै उनले जतिबेला पनि खट्नसक्ने इच्छाशक्ति हुनुपर्ने बताए । स्वास्थ्यसंस्थाबीचको सहकार्य पनि उत्तिकै महत्वपूर्ण हुने उनले औँल्याए । 


Advertisment
Nabil box
Kumari

सिभिल हब स्याटेलाइटका संयोजक प्राडा दिनेशकुमार लम्सालले विपद् व्यवस्थापनमा खाद्यान्न, इन्धन, यातायात सुरक्षा, प्रभावकारी सञ्चारलगायतको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण रहने बताए । 

Vianet communication
Laxmi Bank

एभरेस्ट अस्पतालका वरिष्ठ जनरल सर्जन डा नरेश गिरीले छलफल र कार्ययोजना बनाउनेभन्दा पनि कार्यान्वयन पक्षमा जोड दिइनुपर्ने बताए । विगतमा भएका त्रुटिहरूबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो । नेपालमा विपद् आइरहने भएकाले स्वास्थ्यकर्मी तथा अन्य सबै निकाय सधैं तयारी अवस्थामा बस्नुपर्ने आवश्यकता पनि उनले औँल्याए । 

एभरेस्ट अस्पतालका प्रमुख प्रशासकिय अधिकृत दीपकचन्द्र बरालले विपद्को पूर्वतयारीमा अस्पताल प्रशासनसचेत रहेको जानकारी दिए । 

‘विपद् कुनै पनि समय आउनसक्ने भएकाले हामीले इन्धन, औषधि, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीहरूको स्टक राखेका छौं । कम्तीमा १ हप्तासम्म विपद्को व्यवस्थापन गर्न सकिनेगरी पूर्वतयारी गरेका छौं,’ उनले भने ।

छलफलमा सिभिल हबमा आबद्ध काठमाडौं र भक्तपुरका २४ अस्पतालका प्रतिनिधिहरू सहभागी थिए । एभरेस्ट अस्पतालका सहायक प्रशासन प्रमुख रुपेन लामाले सहजीकरण गरेको कार्यक्रममा अस्पतालका मेडिकल अफिसर डा. प्रकाश महतले सम्भावित विपद् र त्यसको व्यस्थापनबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सम्भावित विपद्का लागि अस्पतालहरूलाई तयार राख्ने र कुनै विपद् निम्तिएमा अस्पतालहरूबीच सहकार्य गरेर व्यवस्थापन गर्ने लक्ष्यसहित सिभिल हब गठन भएको हो । यसमा एभरेस्ट अस्पताल, सिभिल अस्पताल, फ्रन्टलाइन अस्पताल, भरोसा अस्पताललगायत काठमाडौं र भक्तपुरका २४ अस्पताल आबद्ध छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x