×

NIC ASIA

घुस लिइरहेको अवस्थामा काठमाडौंकै एक सडक निर्माण उपभोक्ता समितिका २ पदाधिकारीसहित ४ जना पक्राउ

काठमाडाैं | पुस १२, २०८०

Prabhu Bank
NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित राजाडिल सडकखण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका २ पदाधिकारीसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

Muktinath Bank

समितिका पदाधिकारीहरू लक्ष्मण अधिकारी, प्रेमप्रसाद भण्डारीसमेत ४ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी एवं घुस÷रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य २ जनामा समितिकै सदस्य मोहनप्रसाद कुइँकेल र बालुवा डिपो सञ्चालक सुशान्त कुइँकेल छन् ।


Advertisment
Nabil box
Kumari

ठेक्कामा लगाएपश्चात सेवाग्राहीबाट बाटो स्तरउन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी दिने क्रममा उनीहरूले १ लाख रुपैयाँ घुस माग गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

Vianet communication

‘उपभोक्ता समितिका पदाधिकारीहरूसँग मिलेमतो गरी घुस-रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेकोले निजलाई बिगो १ लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन मागदाबी लिई बिहीवार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारमा प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति:- मिति २०८०।०९।१२ गते।

------------------------------------------

जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा. वडा नं.-३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु लक्ष्मण अधिकारी, मोहन प्रसाद कुईकेल र बालुवा डिपो संचालक सुसान्त कुईकेलले गोकर्णेश्वर न.पा.बाट मर्मत तथा निर्माणको काम लिई ठेक्कामा लगाए पश्चात सेवाग्राहीबाट बाटो स्तरउन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरु लक्ष्मण अधिकारी, मोहन प्रसाद कुईकेल र सुसान्त कुईकेललाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा उपभोक्ता समितिका पदाधिकारीहरु अध्यक्ष लक्ष्मण अधिकारी, सचिव प्रेम प्रसाद भण्डारी र सदस्य मोहन प्रसाद कुइकेलले गोकर्णेश्वर नगरपालिकासँग गरेको कवुलियत/सम्झौता विपरीत राजाडिल सडक खण्ड निर्माणको ठेक्का दिई निर्माण सम्पन्न गरी गोकर्णेश्वर नगरपालिकाबाट समेत भुक्तानी लिइसकेपश्चात सेवाग्राहीले गरेको कामको भुक्तानी गर्ने शर्तमा उपभोक्ता समितिका पदाधिकारीहरु लक्ष्मण अधिकारी, प्रेम प्रसाद भण्डारी र मोहन प्रसाद कुईकेलले उपभोक्ता समितिको नाममा विचौलियाको भूमिकामा काम गरी सेवाग्राहीबाट घुस रकम आरोपित सुसान्त कुईकेललाई लिन लगाई आफूहरुलाई गैरकानूनी लाभ लिने उद्देश्यले गोकर्णेश्वर नगरपालिकासँग गरेको सम्झौता विपरीत कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजहरु लक्ष्मण अधिकारी, प्रेम प्रसाद भण्डारी, मोहन प्रसाद कुईकेल र सुसान्त कुईकेललाई बिगो रु.१,००,०००।- (एक लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुनका साथै उक्त राजाडिल सडक खण्ड निर्माणको ठेक्का दिई निर्माण कार्यसमेत सम्पन्न पश्चात कामको रकम भुक्तानी गरिदिएवापत उपभोक्ता समितिका पदाधिकारीहरु लक्ष्मण अधिकारी, प्रेम प्रसाद भण्डारी, मोहन प्रसाद कुईकेलले निज सुसान्त कुईकेललाई सेवाग्राहीबाट रु.१,००,०००।- घुस/रिसवत लिन लगाई आफूहरुसमेतले लिने मञ्जुरी गरी आरोपितहरु लक्ष्मण अधिकारी, प्रेम प्रसाद भण्डारी, मोहन प्रसाद कुईकेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा निजहरु लक्ष्मण अधिकारी, प्रेम प्रसाद भण्डारी, मोहन प्रसाद कुईकेललाई बिगो रु.१,००,०००।- (एक लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन तथा आरोपित सुसान्त कुईकेलले सेवाग्राहीले गरेको कामको रकम भुक्तानी गर्न उपभोक्ता समितिका पदाधिकारीहरुसँग मिलेमतो गरी घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेकोले निजलाई बिगो रु.१,००,०००।- (एक लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

प्रवक्ता

नरहरि घिमिरे

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x