×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

लाइसेन्स छाप्न प्रदेशलाई दिने तयारी, बालेनविरुद्ध एकसाथ दुई आन्दोलन

काठमाडाैं | माघ ११, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’ पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले बुधवार यही माघ २२ गतेदेखि संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
सरकारले संसद्को अधिवेशन बोलाउन मंगलवार सिफारिश गरेको थियो ।
००००
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पछिल्लो निर्णय विवादमा तानिएको छ । बालेनको निर्णयको विरोधमा एकसाथ दुई स्थानमा आन्दोलन भएका छन् ।

Muktinath Bank

 बुधबार मेयर बालेनको निर्णयविरुद्ध काठमाडौँको प्रमुख व्यापारिक केन्द्र मानिने न्युरोड र काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको कमलादीमा आन्दोलन भएका हुन् ।  
दुवैतिर आन्दोलन गर्नेहरु भने व्यापारी नै हुन् । न्युरोडका व्यापारीले सो क्षेत्रमा पार्किङ हटाएको विरोधमा र कमलादीमा फुटपाथमा व्यापार गर्न नदिएको विरोधमा मेयर बालेनविरुद्ध आन्दोलन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौँ महानगरपालिकाले सरोकारवालाहरूसँग परामर्श नगरी पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले बुधबार पनि विरोध प्रदर्शन गरेका छन् । धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङहरुमा निषेध गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।   माग पुरा नभएसम्म आन्दोलन जारी रहने दुबै पक्षको भनाइ छ । 
००००
राष्ट्रिय सभा सदस्य निर्वाचन बिहीबार हुँदैछ । निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको आयोगले जनाएको छ । प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा  बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ ।


Advertisment
Nabil box
Kumari

निर्वाचनमा प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिन्ह रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।
००००
धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

Vianet communication

छतबाट हाम फालेको अवस्थामा भेटिएका अग्रवाललाई तत्कालै नवजीवन अस्पतालमा लगिएको त्यही उनको मृत्युको घोषणा भएको कैलालीका प्रहरी नायब उपरीक्षक कुलदेव चन्दले लोकान्तरलाई जानकारी दिए ।
००००
आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यसम्पादनलाई सिंहदरबार केन्द्रित गरेका छन् । गत पुस १० गते सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारको कार्यशैली परिवर्तन गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार नै आफ्ना कामकारबाहीलाई परिणाममुखी र सिंहदरबार केन्द्रित गर्दै आएका हुन्। 
प्रधानमन्त्री प्रचण्डका निजी सचिव अर्जुन भण्डारीले शनिबार र बिदाको दिनबाहेक प्रधानमन्त्रीले सधैँजसो सिंहदरबारबाटै काम गर्दै आएको जानकारी दिए ।
००००
दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप प्रतियोगितामा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ ।
बुधवार राति सकिएको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।
००००
नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान भर्ने न्यारोवडी र वाइडवडी विमान किन्नका लागि कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण स्वाप (एउटा वित्तीय संस्थाबाट लिएको ऋण अर्को बैंकमा निश्चित शर्तहरु पालना गरेर सार्ने) गर्ने भएको छ । यसका लागि निगमले मंगलवार अन्तर्राष्ट्रिय आशयपत्र (ईओआई) आह्वान गरेको छ ।  
००००
जाजरकोट भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म रू २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ बराबर सङ्कलन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोमवारसम्ममा विभिन्न सङ्घसंस्था तथा व्यक्तिका तर्फबाट सो बराबरको सहयोग रकम जुटेको हो ।
००००
सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को चुनाव विवाद छानबिन गर्न समिति गठन गरेको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । एनआरएनएको चुनाव विवादको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा समिति गठन गरिएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको एक वर्ष पुगेको अवसरमा मात्र हैन, पटक–पटक मन्त्री हेरफेरको कुरा गरिसकेका छन् । १० पुसमा तेस्रो कार्यकालको एक वर्ष पूरा गरेपछि प्रचण्डले कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्रीलाई हटाउने प्रस्ट संकेत गरेका थिए ।
००००
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलद्वयलाई बानेश्वर र बबरमहलबाट नियन्त्रणमा लिएर हिरासतमा राखेको आयोग उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।
००००
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् ।
पार्टीको केन्द्रीय स्कूल विभागद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x