×

NMB BANK
NIC ASIA

सहकारी ठगी प्रकरण

सहकारी ठगीको भयावह चित्र: प्रहरीमा उजुरीको सम्हाल्नै नसकिने चाङ, बिगो झण्डै ८५ अर्ब

काठमाडाैं | माघ २८, २०८०

NTC
Premier Steels

नेपालमा पछिल्लो समय सहकारी ठगी गरेर फरार हुने सञ्चालकहरूको संख्या दिनदिनै बढिरहेको छ । देशभरमा सहकारी विभागदेखि नेपाल प्रहरीसम्म उजुरीको चाङ छ । 

Muktinath Bank

प्रहरीको तथ्यांकलाई हेर्ने हो भने ६८ वटा ठूला सहकारीविरुद्ध ठगीका उजुरी छन् । एक वर्षमा देशभरमा ८४ अर्ब ९० करोड ५५ लाख २ हजार ५१७ रुपैयाँ ठगी गरेर सञ्चालकहरू फरार भएको देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीको तथ्यांकअनुसार कोशीमा तुलसी बहुमुखी सहकारीले १६ करोड ९३ लाख ५३ हजार ३८० रुपैयाँ, ककनी गौरीवन कृषि सहकारीले ३९ लाख ३७ हजार २०८ रुपैयाँ, कोशी बचत तथा ऋण सहकारीले ४७ करोड रुपैयाँ र नवआदर्श बचत तथा ऋण सहकारीले २० करोड ७४ लाख ३ हजार ६०८ रुपैयाँ ठगी गरेका छन् । 


Advertisment
Nabil box
Kumari

मधेश प्रदेशमा कान्तिपुर बहुउद्देश्यीय सहकारी पथरगाडा सप्तरीले ५७ लाख ४६ हजार ८१० रुपैयाँ, ग्लोबल बहुमुखी सहकारीले २ करोड ११ लाख २१ हजार ८९४ रुपैयाँ, राजश्री सहकारीको रौतहटस्थित एजेन्टले १३ लाख ३९ हजार ४ सय रुपैयाँ, ग्लोबल बहुद्देश्यीय सहकारीले २९ लाख ३ हजार ४ सय रुपैयाँ, अम्बेडकर बचत तथा ऋण सहकारी संस्था र महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले ४ करोड ८२ लाख १३ हजार ६३ रुपैयाँ, यादगार बचत तथा ऋण सहकारीले ३ करोड ३४ लाख ७४ हजार १५४ रुपैयाँ र सानो पाइला बचत तथा ऋण सहकारीले ३ करोड ३४ लाख ७४ हजार रुपैयाँ ठगी गरेको भनेर उजुरी परेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । 

Vianet communication

त्यसैगरी,  बागमती प्रदेशमा सहारा बहुउद्देश्यीय सहकारीले १ करोड ५२ लाख १२ हजार ६२७, गोधुली बचत तथा ऋण सहकारीले २ करोड १० लाख २७ हजार ६२९ रुपैयाँ, चन्द्रदर्शन बचत तथा ऋण सहकारीले ३ करोड ४६ लाख ५५ हजार ४१४ रुपैयाँ, सनराइज बचत तथा ऋण सहकारीले ५४ करोड ८ लाख ८७ हजार ४२१ रुपैयाँ, सामुदायिक लघुवित्त वित्तीय संस्थाले ७२ लाख ७० हजार ३३५ रुपैयाँ, गरुड बचत तथा ऋण सहकारीले १४ करोड ९२ लाख २३ हजार ५९८ रुपैयाँ, यूएम बचत तथा ऋण सहकारीले १ करोड ४९ लाख १२ हजार १२२ रुपैयाँ र उप्रेरणा महिला कृषि सहकारीले २४ लाख ३ हजार ६७३ रुपैयाँ ठगी गरेको प्रहरीको तथ्यांकले देखाएको छ । 

गण्डकी प्रदेशमा सूर्यदर्शन बचत सहकारीले १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ९८८ रुपैयाँ, बलिदानी बचत तथा ऋण सहकारीले १० करोड ६९ लाख ३५ हजार ८४५ रुपैयाँ, मित्र मिलन बचत तथा ऋण सहकारीले ३१ करोड ७८ लाख २२ हजार ८११ रुपैयाँ, भानुमती साना किसान कृषि सहकारीले २ करोड ३४ लाख ३१ हजार ५०५ रुपैयाँ, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीले २९ करोड ९८ लाख ५० हजार ८१० रुपैयाँ, श्री ग्रामीण विकास कृषि सहकारीले १ करोड १ लाख ५० हजार २६६ रुपैयाँ, माता पाथिभरा बहुउद्देश्यीयले ठगी गरेको रकम खुल्न बाँकी छ र कालिका बचत तथा ऋण सहकारीले १० करोड ८ लाख १३ हजार ४०३ रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा छ ।

शिवशिखर बुहउद्देश्यीय सहकारीले ५४ करोड ५० लाख रुपैयाँ र शिवशिखर बहुउद्देश्यीय सहकारी र कल्पवृक्ष सहकारीले ८ करोड ४७ लाख ६७ हजार ३७७ रुपैयाँ लुम्बिनी प्रदेशमा ठगी गरेको तथ्यांक रहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले बताए । 

उनका अनुसार कर्णाली प्रदेशमा सानाकिसाना कृषि सहकारीले १७ लाख २९ हजार ८२९ रुपैयाँ ठगी गरेको छ । सुदूरपश्चिम प्रदेशमा शिवशिखर बहुउद्देश्यीय सहकारीले ३२ करोड ३३ लाख ९७ हजार ६४५ रुपैयाँ, श्रीराम समतामूलक कृषि सहकारीले १५ लाख ५१ हजार ६०९ रुपैयाँ, शिवशिखर डडेल्धुरा शाखाले ३० करोड ९७ लाख ६९ हजार ९१८ रुपैयाँ र शिवशिखरले नै अर्को ६७ करोड ८४ लाख १ हजार ५४६ रुपैयाँ ठगी गरेको डीआईजी ढकालले बताए । 

सबैभन्दा धेरै उजुरी काठमाडौंमा

प्रहरीको तथ्यांकमा सबैभन्दा धेरै उजुरी काठमाडौं उपत्यकामा परेका छन् ।

‘काठमाडौं उपत्यका प्रहरी कार्यालय र सीआईबीमा गरेर सबैभन्दा धेरै उजुरी यहीँ देखिएको छ,’ डीआईजी भीमप्रसाद ढकालले लोकान्तरसँग भने । 

उनका अनुसार सीआईबीले अहिले ८ वटा केस हेरिरहेको छ । त्यसमा आर्जन बचत तथा ऋण सहकारीको ११ करोड ५५ लाख ४३ हजार ४०६ रुपैयाँ, रियल गोरखा बचत तथा ऋण सहकारीको ८ करोड ६९ लाख ९४ हजार ६२५ रुपैयाँ, साई स्वागत बचत सहकारीको २ करोड २२ लाख १३ हजार ७३४ रुपैयाँ, देउराली बचत तथा ऋण सहकारीको ६५ करोड ७७ लाख ६ हजार ८५३ रुपैयाँ, नेशनल डेभलमपेन्ट कोअपरेटिभको ३३ करोड २२ लाख ५८ हजार २८३ रुपैयाँ, साउथ वेस्टर्न सहकारीको २ करोड ५२ लाख ९३ हजार रुपैयाँ र सुमेरु बचत सहकारी र एभरेस्ट सहकरीको बिगो खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, उपत्यकाकै जनजीविका सहकारीले २ करोड ३१ लाख ७० हजार ५७२ रुपैयाँ, जनसम्पर्क सहकारीले ३७ लाख ७६ हजार ८५८ रुपैयाँ, ओशिका बुहउद्देश्यीय सहकारीले १ करोड ९० लाख ६८३ रुपैयाँ, नागरिक विकास ऋण सहकारीले ८ करोड २७ लाख २७ हजार १२१ रुपैयाँ, बज्रयान बहुउद्देश्यीय सहरकारीले ८ करोड २८ लाख ७२ हजार ७८१ रुपैयाँ, मोमोस सहकारीले १ करोड ३४ लाख ५० हजार ६८२ रुपैयाँ र प्रज्ञान सहकारीले १० करोड २ लाख ३४ हजार ७२९ रुपैयाँ ठगी गरेको र सञ्चालकहरू फरार रहेको प्रहरीले जनाएको छ ।

उपलब्धि बहुउद्देश्यीय सहकारीले १९ करोड ५२ लाख २८ हजार ६९२ रुपैयाँ, डेरी भेटिम्स बचत सहकारीले ६० लाख ५० हजार रुपैयाँ, नमस्ते सहकारीले २ करोड ४८ लाख ९२ हजार २७६ रुपैयाँ, अम्बे सहकारीले ९६ लाख रुपैयाँ, सुमो सहकारीले २ करोड ६५ लाख रुपैयाँ, कान्ति भैरव सहकारीले २५ करोड २६ लाख ६२ हजार ९३२ रुपैयाँ, शुभशिशिर सहकारीले ७२ लाख ३२ हजार ३५० रुपैयाँ, नाता बचत सहकारीले ३३ लाख ५३ हजार ९९४ रुपैयाँ, मारुती सहकारीले २४ लाख रुपैयाँ, सिगल सहकारीले १ करोड १५ लाख ४९ हजार ४९४ रुपैयाँ, जगत जननी सहकारीले ११ करोड ९१ लाख १५ हजार ४५१ रुपैयाँ र विश्वास बहुउद्देश्यीय सहकारीले ३१ लाख ७१ हजार ५३५ रुपैयाँ ठगी गरेका छन् ।

त्यति मात्र होइन, मेघा पावर सहकारीले १ करोड २६ लाख ४६ हजार ९९४ रुपैयाँ, श्रमजीवि सहकारीले २९ लाख १८ हजार ७९० रुपैयाँ, राष्ट्र प्रेम सहकारीले १ करोड ४२ लाख ३६ हजार २४६ रुपैयाँ, दिव्य शान्ति सहकारीले ३ करोड ३५ लाख ७७ हजार ७८३ रुपैयाँ, कृषि विकास बहुउद्देश्यीय सहकारी, ललितपुर कुमारीपाटीले ५४ करोड रुपैयाँ, कल्याण उपकार सेभिङ कोअपरेटिभले १७ करोड ९३ लाख रुपैयाँ र शुभ समृद्धि सहकारी मानभवनले १८ करोड ७६ लाख रुपैयाँ ठगी गरेको प्रहरी केन्द्रीय कार्यालयको तथ्याङ्कले देखाउँछ । 

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी ढकालका अनुसार यो तथ्यांक ठगी भएको भनेर प्रहरीमा उजुरी परेकाको मात्र हो । यसमा सहकारी विभागले र विभिन्न निकायले अनुसन्धानका लागि सहयोग मागेको विषय पनि जोडिएको छ  । ‘ठगिएको भनेर हामीकहाँ आएका उजुरी र विभिन्न सरोकारवाला निकायले पठाएका पत्रका आधारमा अनुसन्धान भइरहेको तथ्यांक प्रहरीसँग हुन्छ,’ डीआईजी ढकालले लोकान्तरसँग भने । 

प्रहरीले अहिले सहकारी ठगी गरेर फरार भएका सञ्चालकहरूलाई इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेर पनि पक्राउ गरिरहेको छ । पछिल्लो समय सहकारी ठगीका आरोपी ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राई फरार भएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ ।

सूर्यदर्शन सहकारी प्रकरणमा जीबीसहित १९ जना सञ्चालकविरुद्ध मुद्दा परिसकेको छ । जीबी राई समूहले पोखरामा मात्रै पौने १९ हजार बचतकर्ताबाट १ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेर हिनामिना गरेको निष्कर्षसहित अनुसन्धान अगाडि बढेको थियो ।

प्रहरीले अहिलेसम्म सूर्यदर्शन बचत सहकारीका उपाध्यक्ष कैलाश कुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समितिका सदस्य भवीश्वर अर्याल, पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङलाई पक्राउ गरेको छ । जीबी राईको समूहले देशका पोखरा, बुटवल, वीरगञ्ज, चितवन, नेपालगञ्ज र काठमाडौंबाट ७ अर्बभन्दा धेरै पैसा हिनामिना गरेर ठगी गरेको आरोप छ । यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पनि पूरक जाहेरी परेको छ । त्यसको अनुसन्धान प्रहरीले गरिरहेको छ ।

प्रहरीले बागलुङको इमेज सहकारीका सञ्चालक तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई इन्टरपोलमार्फत विश्वभर खोजिरहेको छ । मेयर नेपालीमाथि १ हजार ५४३ जनाको १ अर्ब ३१ करोड २८ लाख ४९ हजार ४३८ रूपैयाँ ठगी गरेको आरोप छ ।

प्रहरीले सञ्चालक समितिका सदस्य चित्रबहादुर भण्डारी, सहकारीको मुख्य कार्यालय बागलुङका लेखा प्रमुख लालमणि रोका र प्रबन्ध निर्देशक शक्ति किसानलाई जेठ ३२ गते पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

आइतबार (२०८० माघ २१ गते) सम्पत्ति शुद्धीकरणको मुद्दामा पूर्व सांसद इच्छाराज तामाङलाई ३ वर्ष कैद तथा १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना तोकिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको सहकारी ठगीको मुद्दा भने विचाराधीन छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई आइतबार सजाय सुनाएको हो ।

तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पनि १ वर्ष ६ महिना कैद तथा १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ जरिवाना गरिएको छ । 

यस्तै, केशवलाल श्रेष्ठलाई १ वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ जरिवाना गरिएको छ । इच्छाराज तामाङ, सिर्जना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला समेत भएको छ । 

एक वर्षमा मात्रै ६९ अर्बभन्दा धेरैको आर्थिक अपराध भएको प्रहरीको तथ्यांकले देखाउँछ । पछिल्लो आवमा ६९ अर्ब १५ करोड ८८ लाख २२ हजार ९४३ रुपैयाँ बराबरको आर्थिक अपराध भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

आव २०७८/०७९ मा १४ अर्ब २१ करोड ७५ लाख ७२ हजार १७९ रुपैयाँ बराबरको आर्थिक अपराध भएको भन्दै उजुरी परेको थियो । पछिल्लो वर्ष तुलनात्मकरूपमा ५५ अर्ब रुपैयाँ बढीको आर्थिक अपराध भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x