×

NIC ASIA

फेरिरहने प्रचण्डको बोली

प्रचण्ड अभिव्यक्तिको अन्तर्य: कार्यकर्तासँग 'ब्ल्याकमेलिङ', कांग्रेसलाई साइजमा राख्ने दाउ

काठमाडाैं | फागुन १, २०८०

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले कोशीमा अप्रत्यासित पराजय बेहोर्‍यो । कोशीको अप्रत्याशित परिणामले सत्ता गठबन्धनभित्रको खटपटमात्रै सतहमा आएन कांग्रेस–माओवादीको सहकार्यमाथि नै प्रश्न उठ्यो । माओवादी नेताहरूले कांग्रससँगको सहकार्यबारे पुर्नविचार गर्नुपर्ने धारणा सार्वजनिकरूपमै राखे । ​कोशीमा यसअघि पनि कांग्रेसबाटबारम्बार धोका पाएको माओवादी नेताहरूले बताउने गरेका छन् ।

Muktinath Bank

कांग्रेससँगको सहकार्यबारे माओवादी कार्यकर्ता र दोस्रो तहका केही नेताले आगो ओकलिरहेका बेला स्वयं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसमा घिउ थपिदिएका छन् । प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कांग्रेसबाट बारम्बार धोका पाएको भन्दै असन्तुष्टि जनाउने नेता–कार्यकर्ताको बोलीमा लोली मिलाएका छन् । सोमवार पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले गठबन्धनमा पुर्नविचार गर्नुपर्ने अवस्था आउन सक्नेसम्मको प्रतिक्रिया दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डको अभिव्यक्तिले छोटै समयका लागि भए पनि नेपाली राजनीतिमा एउटा तरंग ल्याइदिएको छ । तत्काल वैकल्पिक राजनीतिक गठबन्धनको जग बनिनसकेको भए पनि प्रचण्डको अभिव्यक्तिले वर्तमान गठबन्धनको जग भने हल्लिएको छ । यसअघि उनले ‘गठबन्धन पाँचै वर्ष टिक्छ’ भन्दै सुगा रटाइ गर्ने गरेका थिए । उनले एक्कासि यस्तो अभिव्यक्ति किन दिए ? यसको संकेत र सन्देश के हो ? सत्तामा पुगेपछि घाइते र बेपत्ता योद्धालाई बिर्सेको आरोप लागेपछि प्रचण्डले फागुन १ लाई जनयुद्ध दिवस मनाउन क्यालेण्डरमै सार्वजनिक बिदा दिएका थिए । तर, सर्वोच्च अदालतले खारेज गरिदियो । त्यसमा उनको असन्तुष्टि स्वाभाविक हुने नै भयो । 


Advertisment
Nabil box
Kumari
तत्काल अर्को गठबन्धन बन्न राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अनुकुल छैन । यो बेला कांग्रेसबाट धोका पाएको भन्दै गठबन्धनको विकल्प सोच्ने कुरा जनतालाई उल्लु बनाउनेबाहेक केही होइन । प्रचण्डको अभिव्यक्तिबाट तरंगित भएर प्रतिपक्षी दलले मुख मिठ्याइ हाल्न आवश्यक छैन ।

११ महिनायता कांग्रेससँगको गठबन्धनमा ‘कम्फरटेबल’ महसुस गरेका प्रचण्डले फागुन १ को पूर्वसन्ध्यामा मात्र कांग्रेसले धोका दिएको महसुस गरेका छन् । विधान सम्मेलनको पूर्वसन्ध्यामा कार्यकर्तामाझ हामी अझै क्रान्तिकारी नै छौं भनेर प्रमाणित गर्न प्रचण्डले कांग्रेसबाट धोका भएको अभिव्यक्ति दिएको हुनसक्ने विश्लेषण भइरहेको छ । यद्यपि यो अभिव्यक्तको अन्तर्यमा केही अरु कुरा पनि छन् । 

Vianet communication

प्रचण्ड अभिव्यक्तिमा लुकेका कुरा 
कांग्रेसबाट धोका भएको भन्ने अभिव्यक्तिको पहिलो सन्देश माओवादी कार्यकर्तासँग ‘इमोसनल ब्ल्याकमेलिङ’ हो । कर्मकाण्डी नै भए पनि विधान सम्मेलनमा उठ्न सक्ने सम्भावित प्रश्नको जवाफ स्वरूप प्रचण्डले त्यसो भनेको बुझ्न कठिन छैन । ‘लुकिङ लण्डन, टकिङ टोकियो’ नेपालका नेता त्यसमा पनि प्रचण्डको विगतदेखिको बानी नै हो । 

दोस्रो कुरा कांग्रेसलाई साइजमा राख्ने प्रचण्ड दाउ पनि हो । सरकारको नेतृत्व गरे पनि महत्वपूर्ण सवालमा कांग्रेसबाट हस्तक्षेप भइरहेको र स्वतन्त्र ढंगले काम गर्न नपाएको गुनासो प्रचण्डले गरिरहेका छन् । नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाण पक्राउ पर्दा होस् या बाँसबारी जग्गा प्रकरणमा अरूण चौधरी पक्राउ परेपछि विनोद चौधरीलाई उन्मुक्ति दिन होस् कांग्रेसले प्रचण्डमाथि दबाब सृजना गरिरहेको छ । 

मन्त्रिमण्डलमा हेरफेर गरेर कार्यक्षमता देखाउन नसकेका मन्त्री फेर्ने आफ्नो चाहनामा कांग्रेस सभापति शेरबहादुर देउवा बाधक बनिरहेका छन् । कांग्रेसबाट धोका भएको भनेर प्रचण्डले देउवामाथि दबाब सृजना गर्न खोजिरहेका छन् ।

कोशीमा गुमाएको राष्ट्रियसभा सदस्यको एक सिटको सट्टा राष्ट्रिय सभा अध्यक्ष आफ्नो पक्षमा पार्ने मौकाको तुरुपको रूपमा पनि प्रचण्डको अभिव्यक्तिलाई लिन सकिन्छ । कृष्ण सिटौलालाई  राष्ट्रिय सभा अध्यक्षको आश्वासन दिए पनि केही महिनापछि संवैधानिक परिषद्मा माओवादीको उपस्थिति शून्य हुन नदिन प्रचण्ड अध्यक्ष गुमाउने पक्षमा छैनन् । गतवर्ष फागुमा भएको भद्र सहमतिअनुसार अबको १० महिनापछि प्रचण्डले प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्नेछ । त्यसपछि संवैधानिक परिषद्मा माओवादी शून्य हुने खतरा छ, जबकी राष्ट्रिय स्वतन्त्र पार्टीको समेत प्रतिनिधित्व सुनिश्चित छ । 

कांग्रेसको प्रधानमन्त्री, एमालेको सभामुख र रास्वपाको उपसभामुख रहने संवैधानिक परिषद्मा आफ्नो प्रतिनिधित्व सुनिश्चित गराउन राष्ट्रिय सभा अध्यक्ष गुमाउनु माओवादीका लागि धर्मसंकट बन्दैछ । राष्ट्रिय सभाको पहिलो दलको हैसियतमा उसले त्यो दाबी गरिरहेको छ । 

प्रचण्डबाट सहज सत्ता हस्तान्तरण हुने अपेक्षा गरेका देउवाले आफ्नो अनुकुलताका लागि राष्टिय सभाध्यक्षमा जिद्दी गरिराख्ने देखिँदैन । प्रचण्डलाई बिच्काउँदा के हाल हुन्छ भन्ने कुरा देउवाले २०७९ पुस १० गते ब्यहोरी सकेका छन् । 

कांग्रेसले धोका दिएकोले गठबन्धनमा पुर्नविचार गर्नुपर्छ भनिरँहदा प्रचण्डले एउटा महत्वपूर्ण शर्त राखेका छन्, शान्ति प्रक्रिया । शान्ति प्रक्रियाको मुद्दामा प्रचण्ड एमालेभन्दा कांग्रेससँगनजिक छन् । संसद्को चालु अधिवेशनमा संक्रमणकालीन न्यायसम्बन्धी कानून टुंगाउने प्रचण्डको योजना छ, जसमा कांग्रेसले साथ दिइरहेको छ । 

प्रचण्डले घुर्की लगाएजस्तो गठबन्धनको विकल्प खोज्ने हैसियत र ल्याकतमा उनीसँग छैन । तत्काल अर्को गठबन्धन बन्न राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अनुकुल छैन । यो बेला कांग्रेसबाट धोका पाएको भन्दै गठबन्धनको विकल्प सोच्ने कुरा जनतालाई उल्लु बनाउनेबाहेक केही होइन । प्रचण्डको अभिव्यक्तिबाट तरंगित भएर प्रतिपक्षी दलले मुख मिठ्याइ हाल्न आवश्यक छैन । 

प्रचण्डले कहिलेकाही भावनामा आएर बोलिदिन्छन् र पछि भन्छन्, ‘भावनामा आएर बोलिहालें, नबोलेको भए हुन्थ्यो ।’ गठबन्धनमा पुर्नविचार गर्नुपर्ने प्रचण्ड धारण जुनसुकै बेला फेरिन सक्छ । एउटै विषयमा छेपाराले रङ फेरेजस्तै बोली फेरिरहने नेताहरूको प्रवृत्ति नौलो होइन। त्यसमा पनि बिहानदेखि बेलुकासम्म एउटै विषयमा दुई/तीनथरि धारणा राख्न सक्ने प्रचण्ड बोलीको विश्लेषण अनुभवी राजनीतिक विश्लेषकलाई पनि गर्न गाह्रो हुन्छ । विधान सम्मेलनमा आएका नेता-कार्यकर्ता थानकोटबाट ओरालो लागेपछि प्रचण्डले फेरि भन्न सक्छन्– गठबन्धन पाँचै वर्ष टिक्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x