×

सरसर्ती २४ घण्टा

गगनको प्रस्तावमा देउवा सहमत, मधेस ‘राजनीतिक कू’ को प्रयास विफल

काठमाडाैं | फागुन ८, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
अन्ततः नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा महामन्त्री गगन थापाको प्रस्तावमा सहमत भएका छन् । अर्को चुनावमा कांग्रेसको चुनाव चिह्नमा मात्रै भोट हाल्न दिनुपर्नेलगायत थापाको प्रस्तावमा सभापति देउवा सहमत भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । 

महासमिति बैठक उद्घाटनपछि मध्यरातसम्मै देउवाको बूढानीलकण्ठस्थित निवासमा ६–७ घण्टा लामो छलफलपछि गगनको प्रस्तावमा देउवा सहमत भएका हुन् । 


Advertisment

बैठक चल्दै गर्दा बालुवाटार पुगेर फर्किएपछि पनि देउवाले गठबन्धनको विषय नलेख्न आग्रह गरेका थिए । तर, थापा तयार भएनन् । 
थापाले  केन्द्रीय समिति फेस गर्छु भनेपछि देउवा गलेको ती नेताले बताए । ‘महामन्त्री आफ्नो अडानबाट पछि हट्नु भएन । भोटिङमा लाने कुरा आयो । बैठकमा सहभागी नेताहरूले भोटिङ गर्दा राम्रो सन्देश नजाने भनेपछि सभापतिज्यूले ल ठीक छ प्रस्ताव छाप्न पठाए हुन्छ भन्नुभयो, उनले भने ।
००००
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको महाधिवेशनबाट गरेको सङ्कल्पअनुसार महासमिति बैठकलाई ‘नीति अधिवेशन’का रुपमा गर्न लागिएको बताएका छन् । 


Advertisment

उनले बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धी प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्तावको बारेमा प्रस्ताव पेश गर्ने जानकारी दिए ।

सोमवारदेखि ललितपुरको गोदावरीमा शुरू भएको महासमिति बैठकबारे जानकारी दिँदै उपसभापति गुरुङले उपसभापति खड्का तथा महामन्त्रीद्वय थापा र शर्माले राखेको प्रस्तावलाई चार समूहमा छलफल गरिने बताए ।

यस्तै देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने या नगर्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका थिए । 
अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको उनको भनाइ थियो । 
००००
संघीय सरकार समेत हल्लिने गरी मधेश प्रदेशमा हुन लागेको राजनीतिक कू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा थाहा पाएपछि विफल बनेको छ ।

जसपाका सरोजकुमार यादवको सरकार ढालेर नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मुख्यमन्त्री बनाउने तयारीसहित अगाडि बढेको प्रयास अन्तिम समयमा विफल बनेको हो ।

नयाँ सरकार बनाउने तयारीसहित एमाले, माओवादी, जनमत, लोसपा, अन्य साना दल र स्वतन्त्र समेत गरी ५७ सांसदको हस्ताक्षर जुटाइएको थियो । त्यसमध्ये ५४ सांसदलाई भारत र्पुयाएर एक साथ राखिएको थियो ।

सांसदहरूलाई भारतको बिहारस्थित सुर्सन्डमा रहेको दामोदर एकेडेमीमा राखिएको विश्वस्त स्रोतले दाबी र्गयो । उक्त स्थान महोत्तरी सदरमुकाम जलेश्वरबाट ७ किलोमिटर टाढा पर्छ ।
०००० 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्नुपर्ने बताएका छन् । देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरुरी रहेको उनको भनाइ छ । 

समाजवादी मोर्चासम्बद्ध समाजवादी मञ्चले सोमवार आयोजना गरेको शैक्षिक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
००००
ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा सोमबारदेखि शुरू गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा शुरू भएको उक्त शाखाले जनाएको छ ।

परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाकी निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् ।
००००
सर्वोच्च अदालतको ‘वेबसाइट’मा प्रधान न्यायालय (२००८–२०१३) को फैसला हेर्न सकिने भएको छ । नेपाल कानुन पत्रिका प्रकाशनको दिवस पारेर सोमबार सर्वोच्च अदालतले तत्कालीन प्रधान न्यायालयबाट भएका फैसला वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
००००
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझदेखि अनिश्चिकालीन निषेधाज्ञा जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गर्दैसाँझ ५ बजेदेखि अर्को सूचना जारी नहुन्जलेसम्म वीरगञ्ज क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
००००

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए । उनका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौं राष्ट्रिय सहकारी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
००००
प्रजातन्त्र दिवसमा राष्ट्रपति रामचन्द्र पौडेल सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू,सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x