×

NMB BANK
NIC ASIA

ज्येष्ठ नागरिकको घरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिँदै महानगर

विराटनगर | फागुन २१, २०८०

NTC
Premier Steels

विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिने काम आजदेखि शुरू गरेको छ ।

Muktinath Bank

महानगरले १९ वटा वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन शुरू गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्तरुपमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण हस्तान्तरण गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

नगरका प्रत्येक वडामा दुई नर्सिङ कर्मचारीलाई ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा परामर्शका लागि खटाइएको छ । 

Vianet communication

उक्त कार्यक्रममा ज्येष्ठ नागरिकको उच्च रक्तचाप, मधुमेह, अक्सिजनको तहको जाँच, नेबुलाइजेसन सेवा, सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, ड्रेसिङ, औषधि वितरणसहित स्वास्थ्य परामर्श सेवासमेत प्रदान गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

सम्बन्धित वडाका महिला स्वयंसेविका परिचालन गरिनेछ ।

हरेक तीन महिनामा कम्तीमा एकपटक ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण उपचार सेवा उपलब्ध गराइनेछ ।

घरमा जाँदा बिरामीलाई अस्पताल प्रेषण गर्नुपरेमा महानगरको एम्बुलेन्समार्फत निःशुल्क सेवा दिनुका साथै सम्बन्धित अस्पतालमा समन्वयकारी भूमिका निर्वाह गर्नेछ । 

प्रमुख कोइरालाले आम विराटनगरवासीको घरमै गएर सेवा दिने प्रतिबद्धता अनुरूप निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको जनाउँदै स्वास्थ्यकर्मीलाई अनुशासित र जिम्मेवारपूर्वक ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा लाग्न निर्देशन दिए ।

उपप्रमुख कार्कीले यस कार्यक्रममा ८० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक समेटिने गरी काम गर्न आग्रह गरिन् ।

महानगर क्षेत्रभित्र दुई हजार तीन सय २४ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका मध्ये सबैभन्दा बढी वडा नम्बर ३ मा तीन ९० र सबैभन्दा कम वडा नम्बर १८ मा २४ जना रहेको महानगरको तथ्याङ्कमा उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x