×

NIC ASIA

तटबन्ध निर्माणमा अनियमितता : हरिपुरका तत्कालीन उपप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं | चैत ५, २०८०

Prabhu Bank
NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुकादेवी काफ्ले, निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।​

Muktinath Bank

उनीहरूसँगै नगरपालिकाका इन्जिनियर रंजित साह र सव-इन्जिनियर सञ्जीव चौधरी, सदस्य वेदकुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमर, वडा नम्बर १ का तत्कालीन वडा अध्यक्ष कुमार लामा, उपभोक्ता समितिका पदाधिकारीहरू शम्शेरबहादुर बस्नेत, इन्द्रबहादुर घिसिङ्ग र निर्मलाकुमारी देवीविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।​​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

​लखनदेही खोलामा तटबन्ध निर्माणको कार्य नै नगरी आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

आर्थिक वर्ष २०७५/०७६ मा लखनदेही खोला नियन्त्रण तथा स्पर निर्माणमा उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भई नदी नियन्त्रण कार्य गर्दा अनियमितता भएको आयोगको दाबी छ ।

Vianet communication

४८१२.५० वर्ग मिटरको ग्याबिन बक्सको प्रयोग गर्ने लागत अनुमान तोकिएकोमा ३४९५.१५ वर्ग मिटरको परिमाणमा निर्माण गरिएको अभियोग पत्रमा उल्लेख छ ।

त्यसै गरी लागत अनुमानमा ८,४०० घन मिटरको माटो पुर्ने काम तोकिएकोमा सो भन्दा बढी गरी १४,७०० घनमिटरको परिमाणमा भएको पाइएको आयोगको दाबी छ ।

ढुङ्गा (ग्याबिन जाली)को कामको परिमाण कम गरी माटो पुर्ने कामको परिमाण बढाउँदा तटबन्ध कमसल हुन पुगेको आयोगले जनाएको छ ।

साथै निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गरेको/गराएको र त्यस्तो निर्माण कार्यलाई गुणस्तर युक्त, शर्त तथा मापदण्डबमोजिम भएको हो भनी प्राविधिक मूल्याङ्कनसहितको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेत प्रमाणित एवं स्वीकृत गरी उपभोक्ता समितिलाई ८५ लाख १८ हजार ६३१ रुपैयाँ भुक्तानी दिई सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोगपत्रमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x