×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

महरा प्रहरी हिरासतमा, दीपक मनाङे सत्तामा

काठमाडाैं | चैत ६, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । 

Muktinath Bank

तर, उनी स्वास्थ्य ठीक नभएको भन्दै नर्भिक अस्पतालमा बसेका छन् ।  महरा जोडिएको सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले गर्दै आएको छ । महरा सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेपछि काठमाडौँ ल्याएर अनुसन्धान अघि बढाइएको छ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिको उचाइमा पुगेपनि फौजदारी अभियोगमा मुछिएसँगै महराको राजनीतिक भविष्य डामाडोल बनेको छ । यसैबीच गुण्डागर्दी पृष्ठभूमिका गण्डकीका प्रदेशसभा सदस्य दीपक मनाङे सत्तामा पुगेका छन् । महरा पक्राउ परेर प्रहरी हिरासतमा पुगेकै दिन उनले गण्डकीको मन्त्रीको रुपमा शपथ खाएका हुन् । 
गण्डकीमा सरकार ढलाउन र बनाउन भूमिका खेलेका मनाङे यसपटक अल्पमतमा रहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका  हुन् । उनी चौथो पटक मन्त्री बनेका हुन् । 


Advertisment
Nabil box
Kumari

गण्डकीलाई मध्यावधिमा जान नदिन सरकारलाई साथ दिएको उनको तर्क छ । 
००००
बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । यस्तै २४ जना घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार  ९ जनाको मृत्यु भएको र घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।  
००००
आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट १० जनाको नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सोमबार बसेको बैठकले निर्वाचनमा उम्मेदवारका लागि आकाङ्क्षी देखिएकाको नाम सिफारिस गरेको हो ।
००००
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ ।

Vianet communication

इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका दललाई निर्वाचन चिन्ह प्रदान गरेको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ को विन्दुमा कायम भएको छ ।

सोमबार तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता शेयर ५३ हजार दुई सय ५६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ बराबरको कारोबार भएको छ ।
००००
सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित  एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा झापा बुद्ध शान्ति गाउँपालिका–३ का दीपक खड्का रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनी दुर्गा प्रसाईंका बडीगार्ड हुन् । 
००००
नेकपा माओवादी केन्द्रले उपमहासचिव मातृकाप्रसाद यादवलाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।
माओवादी केन्द्रले सोमवार अन्तर पार्टी  निर्देशन (अपानि) जारी गर्दै यादवलाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिएको जानकारी गराएको हो ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा मुछिएका सांसदमाथि कारबाहीबारे बोल्न सत्तापक्षका सांसदलाई आग्रह गरेका छन् ।
आफू सत्तापक्षमा रहँदा भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन, सुन तस्करी छानबिनका लागि अयोग बनाउन र अख्तियारमा बयान दिएका मन्त्रीलाई घर पठाउन संसद्मा बोलेको उनले स्मरण गरे ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा महामन्त्री थापाले सहकारी ठगीमा मुछिएकालाई कारबाही गर्नुपर्छ भन्ने हिम्मत गर्न सत्तापक्षका सांसदलाई आग्रह गरेका हुन् ।
००००
नेपाल समाजवादी पार्टी (नेसपा) को महिन्द्र राय पक्षले आकस्मिक बैठक बोलाएको छ।  सोमबार बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँगको एकता पक्षधरलाई कारबाही र पदमुक्त गर्ने निर्णय गरेसँगै यादव पक्षले पनि मंगलबार केन्द्रीय समितिको अर्को बैठक बोलाएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x