२७ जेठ २०८३, बुधबार

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

चैत १६, २०८०
काठमाडौं
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले शुक्रवार गुरुङको निलम्बन फुकुवा गरेको हो । सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले गुरुङको निलम्बन फुकुवा भएको जानकारी दिए । 

आफूलाई निलम्बन गर्ने संसद् सचिवालयको निर्णयविरुद्ध गुरुङ गत फागुन २१ गते सर्वोच्च गएका थिए ।

२०७९ मंसिरको चुनावमा गुरुङ मनाङबाट निर्वाचित भएका थिए । उनी २०७९ पुस १२ गतेदेखि निलम्बनमा परेका थिए ।

भ्रष्टाचार मुद्दामा गुरुङलाई विशेष अदालतले २०७९ फागुन १६ मा दोषी ठहर गरेको थियो ।

समाज कल्याण परिषद्‌को भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा अनियमितता गरेको भन्दै गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्