×

NMB BANK
NIC ASIA

राज्य शक्तिको चरम दुरुपयोग

राज्य कोषमा राज्यमन्त्रीको 'ब्रह्मलुट': आमाको जग्गामा आफ्नै संस्थाको भवन, करोडौं बजेट 'स्वाहा'

विराटनगर | चैत २२, २०८०

NTC
राज्यमन्त्री इन्दिरा थापा र केयर वुमेन नेपालको भवन ।
Premier Steels

कोशी प्रदेशकी आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले आफ्नै आफन्तका नाममा रहेको निजी जग्गामा सामाजिक संस्थाको भवन बनाएकी छन् । राज्यमन्त्री थापाले आफ्नै आमाको नाममा रहेको निजी जग्गामा धनकुटाको पाख्रिबास नगरपालिका–८ मुगामा रहेको केयर वुमेन नेपालको भवन बनाएकी हुन् । उनले प्रदेश सरकारको करिब दुई करोड बजेटबाट निजी जग्गामा भवन बनाएकी हुन् । संस्थाकी  अध्यक्षसमेत थापा आफैं हुन् । 

Muktinath Bank

उनकै जोडबलमा प्रदेश सरकारले पटक पटक करोडौं रकम दिएको समेत देखिएको छ । प्रदेश सरकारबाट २०७६ सालमा केयर वुमेन नेपालका नाममा १ करोड १० लाख बजेट विनियोजन भएको थियो । २०७७ सालमा थापाले पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पुनः केयर वुमन नेपालको भवन निर्माण गर्न ५० लाख रुपैयाँ बजेट लगेको पाइएको छ । त्यति मात्रै होइन सोही योजनामा प्रदेश सरकारले गत आर्थिक वर्षमा १० लाख र चालु आर्थिक वर्षमा पनि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी सहयोगबाट संघसंस्थाका भवन बनाउन बजेट विनियोजन हुने गरेको भए पनि जग्गा संस्थाकै नाममा हुनुपर्ने कानूनी व्यवस्था छ । तर, थापाको निजी जग्गामा सरकारले करिब २ करोड बजेट विनियोजन गरेर भवन बनाएको हो ।


Advertisment
Nabil box
Kumari

राज्यमन्त्री थापाकी आमा दुर्गादेवी थापाको नाममा रहेको जग्गामा अहिले दुइटा भवन निर्माण भइसकेका छन् । त्यसमा केही ऐलानी जग्गा पनि रहेको स्थानीयले बताएका छन् । जग्गामा भवन निर्माणको लागि नक्सा पास पनि नगरेको स्थानीयको दाबी छ । 

Vianet communication

निजी जग्गामा भवन बनाउन २०७७ सालमा थापाले प्रदेश सरकारमा तीन वटा शीर्षकमा बजेट प्रस्ताव गरेको भए पनि कर्मचारीहरूले अन्तिम अवस्थामा कटाएका थिए । त्यसबेला मन्त्रालयमा रहेका एक कर्मचारीले भने, ‘एउटै संस्थामा घुमाइफिराई तीन शीर्षकमा बजेट राखिएको रहेछ, त्यो पनि पछि हामीले थाहा पायौं । दुई वटा शीर्षकको बजेट नै हटायौं, एउटा भने राजनीतिक दबाबको कारण हटाउन सकिएन ।’

सरकारको बजेटले निजी जग्गामा भवन बनाएको राज्यमन्त्री थापाले पनि स्वीकार गरेकी छन् । जग्गा संस्थाका नाममा पास गर्ने तयारी रहेको उनले दाबी गरिन् । संस्थालाई जग्गा पास गर्ने सहमति भएर वकिलमार्फत् मंजुरीनामा समेत गरिसकेको उनको दाबी छ । ‘हामीले वकिलमार्फत् मन्जुरीनामा गराएका छौ,’ उनले भनिन्, ‘आमाको नाममा रहेको जग्गाबाट एक रोपनी संस्थालाई दिने सहमति हाम्रो परिवारमा भइसकेको छ ।’ उनकी आमाको भने निधन भइसकेको छ । ‘वैशाख २३ गते अमेरिकामा रहेका दाइ आएपछि केयर वुमेनको नाममा जग्गा पास हुन्छ,’ उनले भनिन्, ‘यो ठूलो विषय होइन । राम्रो काम गर्न खोज्दा मलाई सधैँ अवरोध हुन्छ ।’ 

केयर वुमनले महिला केन्द्रित सामाजिक कार्य गर्दै आएको थापाले दाबी गरिन् । केयर वुमनले महिलासम्बन्धी रोगको उपचार गर्ने गरेको छ । 

केयर वुमनको नाममा सरकारी लगानीमा पाख्रिबास नगरपालिकाभित्रै दुई वटा भवन बनिरहेका छन् । पाख्रिबास–८ मुगामा आमाको नाममा रहेको आफ्नै जग्गामा भवन बनाएकी थापाले पाख्रिबास–४ मा संस्थाकै नाममा अर्को भवन निर्माण गरिरहेकी छन् । सो भवनको लागि अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट बिनियोजन गरेकोमा चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । 

पाख्रिबास–४ मा बन्दै गरेको भवनको जग्गा भने संस्थाकै नाममा रहेको राज्यमन्त्री थापाले बताइन् । त्यहाँ अस्पताल बनाउन लागेको उनको भनाइ छ । सो भवन निर्माणको लागि प्रदेश सरकारले सहरी विकास कार्यालय धनकुटामार्फत् काम भइरहेको छ । त्यो बजेटबाट टेण्डर आह्वान भइसकेको कार्यालयका प्रमुख शुरेशप्रसाद साहले जानकारी दिए । 

पाख्रिबास–४ मा रहेको संस्थाको बन्दै गरेको जग्गामा भवन बनाउन संघीय सरकारले पनि बजेट विनियोजन गरेको छ । संघीय सहरी विकास आयोजना कार्यालय धनकुटामार्फत् चालू आर्थिक वर्षमा भवनको लागि ८० लाख रुपैयाँ विनियोजन भएको थियो । कार्यालयका इन्जिनियर अभिषेकराज शाहीले आवासको भवन निर्माणको लागि टेन्डर आह्वान भई सम्झौताको चरणमा रहेको बताए । प्रदेशले भने अस्पतालको भवन बनाइरहेको छ । 

पाख्रिबास–८ मा राज्यमन्त्री थापाको निजी जग्गामा बन्दै गरेको भवनमा चालू वर्षमा पर्यटन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विकास आयोजनाले विनियोजन गरेको बजेट पनि कार्यान्वयन प्रक्रियामा लगेको छ । केयर वुमन शान्ति पार्क तथा पर्यटन पूर्वाधार निर्माणको नाममा चालू वर्षमा छुट्टिएको २५ लाख रुपैयाँ बजेटबाट काम अगाडि बढाउन आयोजनाले लागत स्टिमेट तयार गरिसकेको छ । काम अगाडि बढाउन सम्झौताको अन्तिम चरणमा रहेको आयोजना स्रोतले जनाएको छ ।

आयोजनाले गत वर्ष पनि सोही शीर्षकमा १० लाख रुपैयाँ बजेट खर्च गरेको थियो । निजी जग्गामा सरकारी बजेट पटक–पटक लगानी गरेको विषयमा पर्यटन विकास आयोजनाका प्रमुख कुलदीप यादवले भने स्पष्ट जवाफ दिएनन् । ‘त्यसो नहुनुपर्ने हो, निजी जग्गामा सरकारी बजेट लगाउन त मिल्दैन,’ उनले भने, ‘म बाहिर छु कार्यालयमा पुगेर कागजात हेरेपछि मात्र अरु थप कुरा गरौंला ।’

निजी जग्गामा सरकारी बजेट विनियोजन र कार्यान्वयनबारे २०७६ सालमा सहरी विकास तथा भवन कार्यालय धनकुटाका प्रमुख रहेका मिलन आचार्यले पनि स्पष्ट जवाफ दिन सकेनन् । ‘पुर्जा भएजस्तो लागेको थियो, अहिले म सरुवा भएर अन्यत्रै गइसकें,’ उनले भने, ‘ कार्यालयमै बुझ्नुपर्छ ।’

धनकुटास्थित सहरी विकास कार्यालयका प्रमुख रहेका सुरेशप्रसाद साहले चालू वर्षमा पाख्रिबास–४ मा बन्दै गरेको भवनको पुर्जा रहेको बताए ।  पाख्रिबास–८ मा पहिले बनेको भवनबारे भने जानकारी नभएको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x