२२ असार २०८३, सोमबार

न्यायाधीश नियुक्तिप्रति मधेशी मोर्चाको आपत्ति

कात्तिक २०, २०७४
न्यायाधीश नियुक्तिप्रति मधेशी मोर्चाको आपत्ति
काठमाडौं, २९ पुस–उच्च अदालतको न्यायाधीश नियुक्तिप्रति मधेशी मोर्चाले आपत्ति जनाएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलसँग भएको छलफलमा मोर्चाले न्यायाधीश नियुक्ति समावेशी नभएको भन्दै विरोध जनाएको हो ।

बैठकमा सहभागी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायाधीश नियुक्ति समावेशी सिद्धान्त विपरीत एकपक्षीय ढङ्गले गरिएकामा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, मातृका यादव, पम्फा भुषाल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, अशोक राईलगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्