कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडाैं | बैशाख २, २०८१
आफूले गरेको आक्रमणको बदला इजरायलले लिन खोज्ने हो भने थप क्षतिको सामना गर्नुपर्ने चेतावनी इरानले दिएको छ ।
शनिवार राति इरानले इजरायलमाथि ३ सय भन्दा बढी ड्रोन र मिसाइलले आक्रमण गरेको थियो । इरानले यो आक्रमण गत अप्रिल १ तारिखका दिन सिरियाको दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणको बदला भनेको छ ।
इरानका राष्ट्रपति इब्राहिम रायसीले आइतवार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'इजरायल वा यसका समर्थकहरूले लापरबाही व्यवहार देखाउँछन् भने उनीहरूले निर्णायक र धेरै कडा प्रतिक्रिया पाउनेछन् ।'
उनले संयुक्त राज्य अमेरिकालाई यो मामिलाबाट टाढै रहन चेतावनीसमेत दिएका छन् ।
यसअघि इरानका सैन्य प्रमुख मेजर-जनरल मोहम्मद बगेरीले यस्तै चेतावनी दिएका थिए । उनले भनेका थिए, 'इरानविरुद्ध इजरायलले बदला लियो भने हामी निकै ठूलो र भयानक प्रतिक्रिया दिनेछौं ।'
उनले इरानले दमास्कस घटनाको बदला लिइसकेकाले थप युद्ध नचाहेको प्रष्ट पारेका छन् ।
इरानको सरकारी टेलिभिजनमा बोल्दै उनले भनेका थिए, 'इजरायलमा आक्रमण गरेर हामीले हाम्रो सबै लक्ष्यहरू हासिल गरिसकेका छौं, हाम्रो अपरेशन समाप्त भएको छ र हामीले यसलाई जारी राख्न चाहँदैनौं ।'
यसअघि उनले अमेरिकालाई चेतावनी दिँदै अमेरिकाले इजरायलको जवाफी कारबाहीलाई समर्थन गरेमा अमेरिकालाई नै निशाना बनाउने चेतावनी दिएका थिए ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...