कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
काठमाडाैं | बैशाख २३, २०८१
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
डाइभर्सिटी भिसा २०२५ को नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी गराएको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।
एमाले रसुवाको जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री खान नपाएर नेपालले र्हयाक–र्हयाक गरिरहेको टिप्पणी गरेका हुन् ।
‘हामी अहिले एउटा अभियानमा छौं, एकजना मान्छे प्रधानमन्त्री हुन दमको बिरामीले जस्तो र्हयाक–र्हयाक गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन्,’ नेता नेपालप्रति लक्षित गर्दै उनले भने ।
००००
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा र आवश्यकता अझै छ भन्ने देखिएको बताएका छन् ।
पार्टीको कीर्तिपुर नगर कमिटीको शनिबार सम्पन्न छैटौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुराना पार्टी काम लाग्दैनन् भन्ने भ्रम हटेको बताए । ‘देशको नेतृत्व बलिदानको जगमा उभिएका स्थापित दलहरूले नै गर्न सक्छन् भन्ने सन्देश उपचुनावले दिएको छ,’ उनले भने ।
००००
नेपाली काग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो बनाउन सबै एक ढिक्का हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस बाँके क्षेत्र नं १ द्वारा शनिबार कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी सृदृढीकरणका लागि एकजुट हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
००००
नेकपा एमालेले स्थानीय तहमा आफ्नो पार्टीबाट गण्डकी प्रदेशबाट निर्वाचित जनप्रतिनिधिलाई तीनदिने प्रशिक्षण शुरू गरेको छ ।
शनिबारदेखि प्रशिक्षण कार्यक्रममा शुभारम्भ गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य थममाया थापाले एमाले नेतृत्वमा रहेका पालिकामा सुशासन र विकासलाई नमूनाका रूपमा अगाडि बढाउने उद्देश्यले प्रशिक्षण दिन थालिएको बताइन् ।
उनले एमालेले पारदर्शिता, जवाफदेहिता र सुशासनमा जोड दिँदैआएकाले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले त्यसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
००००
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिस्ट–सोसलिस्ट–लेबर पार्टीलगायत गरी करिब छ सय पार्टी निकट दल र सङ्गठनलाई जानकारी गराएको छ ।
पार्टी विदेश विभागको शनिबार बसेको नवौँ बैठकमा बङ्गलादेश, इरान, कजाकस्तान रुस, फ्रान्स, रोमानिया, अस्ट्रेलिया आदि गरी २२ देशबाट प्रारम्भिक प्रतिक्रिया प्राप्त भइसकेको विवरण दिइयो ।
००००
भारतमा जारी लोकसभा निर्वाचनका कारण जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको छ ।
भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुन लागकाले रेलसेवा आइतबारदेखि तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा शनिबार जारी सूचनामा जनाइएको छ
००००
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् ।
मधेश प्रदेशको सर्लाहीमा शनिबार पार्टीले गरेको कार्यक्रममा पुगेर उनले पछिल्लो समय मधेशी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने प्रतिबद्धता जनाए ।
००००
टी–ट्वान्टी शृङ्खलाको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार वेस्ट इन्डिज ‘ए’ले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा र्गयो ।
खेलको अठारौं ओभरमा कुशल मल्लले ५ बलमै २२ रन हानेपछि नेपाललाई विजयी बन्न सहज भएको हो । सो ओभरमा मल्लले ४ चौका र १ छक्का प्रहार गरे । उनले १८ बलमा ३ चौका र ३ छक्काको मद्दतमा अविजित ३७ रन बनाए ।
००००
सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री दीर्घ सोडारीले विश्वास मत लिने प्रयोजनका लागि शनिबार आह्वान गरिएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको हो ।
अर्को बैठक कहिले बस्ने भन्नेसमेत यकिन भएको छैन । यसअघि शुक्रबारका लागि तय भएको बैठक शनिबारका लागि सारिएको थियो । शुक्रबार नै मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमालेलगायत दलहरू सहमत नहुँदा अन्तिममा बैठक स्थगित गरिएको थियो ।
प्रदेश सरकार गठनका बेला केन्द्रीय सत्ता गठबन्धनमा शुरू भएको अविश्वास मुख्यमन्त्रीले विश्वासको मत लिने बेला झन् गहिरिएको छ ।
मुख्यमन्त्रीलाई समर्थन गरेका दलले नै विश्वासको मत दिने–नदिनेबारे औपचारिक निर्णय गरेका छैनन् । नेकपा एकीकृत समाजवादीका नेता सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री छन् ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...