×

प्यालेस्टाइनलाई मान्यता दिने मुलुकहरूलाई इजरायलको चेतावनी– ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ला

काठमाडाैं | जेठ १०, २०८१

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ।

जेरुसेलम– इजराइलको विदेश मन्त्रालयले बिहीबार आयरल्यान्ड, नर्वे र स्पेनसँग इजराइलको सम्बन्धले ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने चेतावनी दिएको छ । ती मुलुकका सरकारले आगामी सातादेखि प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णय गरेपछि इजराइलको उक्त चेतावनी आएको हो । 

मन्त्रालयको वक्तव्यमा शीर्ष अधिकारी ज्याकब ब्लिटस्टाइनलाई उद्धृत गर्दै भनिएको छ, ‘ती मुलुकद्वारा लिइएको निर्णयपछि उनीहरूसँगको सम्बन्धमा थप गम्भीर परिणाम हुनेछ ।’ बुधबार गरेको ती सरकारको कदमका लागि उनीहरूलाई ‘हप्काउन’ तीन मुलुकका राजदूतहरूसँगको भेटमा ब्लिटस्टाइनले त्यस्तो चेतावनी दिएका हुन् । 


Advertisment

भेटमा इजराइली अधिकारीहरूले तीनैजना राजदूतलाई अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा पाँच महिला सैनिकको अपहरणको भिडियो देखाएका थिए । बुधबार मिडियामा जारी गरिएको तीन मिनेटको क्लिपमा दक्षिणी इजराइलमा नाहल ओज बेसबाट पक्राउ परेपछि महिलाहरूलाई जमिनमा बसेको, केहीको अनुहारमा रगत लागेको र उनीहरूको हात बाँधिएको देखाइएको थियो । 


Advertisment

अभियान समूह होस्टेज एन्ड मिसिङ फ्यामिलिज फोरमले क्लिपका साथ एक विज्ञप्तिमा उक्त फुटेज आक्रमणका क्रममा हमास लडाकूहरूले बडी क्यामेरामा खिचेको दुई घन्टाको भिडियोबाट लिइएको बताएको छ । 

बिहीबारको भेटमा ब्लिटस्टाइनले ‘प्यालेस्टिनी राज्यलाई मान्यता दिने ती सरकारको विकृत निर्णयका लागि राजदूतहरूलाई हप्काएको’ मन्त्रालयको वक्तव्यमा उल्लेख छ । उनले मान्यता दिने कमदले प्यालेस्टिनी लडाकूहरूले गाजामा अहिले पनि राखेका बन्धकहरूको रिहाइका लागि सम्झौतालाई अघि बढाउन थप कठिन हुने बताए । 

अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकले गाजा द्वन्द्वका क्रममा कथित युद्ध अपराधलाई लिएर इजराइलका प्रधानमन्त्री र रक्षामन्त्रीसहित हमासका नेताहरूका लागि पक्राउ पुर्जी माग गर्ने बताएको केही दिनपछि तीन वटै सरकारबाट समन्वित घोषणा आएको हो । 

प्यालेस्टाइनलाई मान्यता दिन समर्थन जुटाउनका लागि धेरै मुलुकको भ्रमण गरेका स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले उक्त कदमले मध्यपूर्व द्वन्द्वका लागि दुई–राज्य समाधानलाई  पुनर्जीवित गर्ने प्रयासलाई बलियो बनाउने बताए । 

इजराइलले आक्रोशपूर्ण प्रतिक्रिया दिँदै तीन वटै मुलुकबाट आफ्ना राजदूतहरूलाई तत्काल फिर्ता बोलाएको छ । इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार भने, ‘प्यालेस्टिनी राज्यलाई मान्यता दिने धेरै युरोपेली मुलुकको मनसाय आतङ्कको प्रतिफल हो ।’ उनले सार्वभौम प्यालेस्टिनी राज्य ‘आतङ्कवादी राज्य’ हुने बताए ।

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x