×

चिकित्सक कुटेको आरोपमा रास्वपाका क्षेत्रीय सभापतिसहित दुई जना पक्राउ

विराटनगर | जेठ १०, २०८१

मोरङको उर्लाबारी नगरपालिका—३ स्थित मुगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि कुटपिट गरेको आरोपमा  प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति सहित २ जनालाई पक्राउ गरेको छ ।

मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति  सुमन श्रेष्ठ र मङ्गलवारे युवा क्लबका अध्यक्ष पिपलराज गिरीलाई प्रहरीले पक्राउ गरेको हो । 
चिकित्सक कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा तीन जना विरुद्ध उजुरी दर्ता परेको छ । घटनामा संलग्न अर्क एक युवा भने फरार रहेको प्रहरीले जनाएको छ ।
 श्रेष्ठ र गिरीलाई  झापाको भद्रपुर ४ बाट बिहीबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । उनीहरूलाई शुक्रवार जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारमा मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने प्रहरीको तयारी छ ।
उनीहरूले अस्पतालमा कार्यरत मेडिकल डा. ब्रोमिस बुढाथोकीलाई कुटपिट गरेको आरोप छ । ३ जेठमा दिउँसो खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि सुमन श्रेष्ठ, पिपलराज गिरिको समूहले  आक्रमण गरेको बताइएको छ ।


Advertisment

 उनीहरूले डा. बुढाथोकीमाथि पुरानो रिसिइबिलाई लिएर आक्रमण गरेको जाहेरीमा उल्लेख छ ।  त्यसैगरी, ७ जेठमा आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डा. अनिल यादवलाई आक्रमण गरेको आरोप रहेको छ । 
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले चिकित्सक कुटपिट गर्नेलाई पक्राउ गरिनुपर्ने र शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै निरन्तर रूपमा आन्दोलनमा गरिरहेका छन् ।


Advertisment

बुधवार अस्पतालको ओपिडी सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए । चिकित्सक कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेकोले अब चिकित्सकहरूले आन्दोलन फिर्ता गर्ने तयारी गरेका छन् ।

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x