×

पोखरामा सहकारीपीडितको नारा– ‘जीबी राई कहाँ छ ? रविलाई थाहा छ’

कास्की | जेठ १३, २०८१

कास्कीको लेखनाथका आनन्द अधिकारीले पोखरामा भेटेरिनरी व्यवसाय सञ्चालन गरेदेखि नै सूर्यदर्शन सहकारीमा बचत गर्न थालेका थिए ।

२०७२ सालमा व्यवसाय शुरू भएदेखि उनले सहकारीमा बचत गरेर ८० लाख पुर्‍याएका थिए । आफूले बचत गरेको रकम अपचलन गरेर सहकारी सञ्चालक भागेपछि आनन्दसँग केही छैन । 


Advertisment

‘व्यवसायको सबै पैसा त्यहाँ गयो, अन्त कतै छैन,’ आइतबार पोखरामा सहकारीपीडितको प्रदर्शनमा भेटिएका उनले लोकान्तरलाई गुनासो पोखे । 


Advertisment

अर्की सहकारी पीडित हुन्, विमला नेपाली । टुँडिखेल पोखरामा सानो जुत्ता पसल चलाएर जीविकोपार्जन गरेकी विमलाको मासिक आम्दानी १५ देखि २० हजार हुन्थ्यो ।

श्रीमानसँगै पसल चलाएकी उनले छोराछोरीको पढाई खर्च धानेर दुईचार रुपैयाँ जम्मा गरेकी थिइन् । दुःख गरेर कमाएको साढे ३ लाख रुपैयाँ डुब्दा उनी मर्कामा छिन् । 

‘दुःख गरेर कमाएको पैसा त्यहाँ राखेको हो । थोरैथोरै गर्दैै कमाएर जम्मा गरेको हो । फिर्ता पाइएन भने के गर्ने, छोराछोरीलाई अस्पताल लैजाने, दबाई पानी गर्ने पैसा पनि छैन,’ उनले भनिन् । 

null

आइतबार पोखरामा सातवटा सहकारी संस्थाका बचतकर्ताले न्यायको माग गर्दै पोखरा पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् ।

सूर्यदर्शन, इमेज, मित्रमिलन, प्राइम, बलिदानी, शिवशिखर, विन्ध्यवासिनी गरी सात सहकारीका बचतकर्ताले बचत फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूको विरोध कार्यक्रमलाई सात राजनीतिक दलले समर्थन गरेको थिए । 

घरजग्गा बेचेर मित्रमिलन सहकारीमा ७५ लाख जम्मा गरेका सूर्यप्रसाद पोखरेलले सरकारले समिति बनाएर बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण बनाउनुपर्ने माग गरे ।

‘प्रतिवादीहरू भागेका छन् । छोपेर ल्याउनुपर्‍यो अदालतले पनि छुटाएको छ । सरकारले न्यायिक छानबिन समिति बनाएर बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण बनाइदेओस्,’ उनले भने । 

पीडित बचतकर्ताहरूले ‘जीबी राई कहाँ छ ? रविलाई थाहा छ’, भन्ने नारा लगाएका थिए । 

‘राजनीतिक चलखेल नगरिकन सहकारीको बचत रकम फिर्ता ल्याउनतर्फ ध्यान जाओस् । सिरोरियामाथि छानबिन हुन्छ भने गृहमन्त्रीज्यूको विषयमा छानबिन समिति किन बन्दैन,’ सहकारी बचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले बताए । 

थप तस्वीरहरू :

null

null

null

null

null

null

null


 

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x