×

सरसर्ती २४ घण्टा

बालेनसँग जंगिए वडाध्यक्ष, गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध मुद्दा

काठमाडाैं | जेठ १९, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
काठमाडौँ महानगरपालिका मेयर बालेन शाहविरुद्ध एक वडाध्यक्ष खनिएका छन् । महानगरको ३२ औँ नगरकार्यपालिकाको बैठकमा वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन बालेनविरुद्ध खनिएका हुन् । 

महानगर प्रहरी बल वडा कार्यालयमा आएर एकाएक फाइलहरू बोरामा हालेर लगेको उनको आक्रोश थियो । यस्तै न्युरोडमा फुटपाथ बनाइएको विषयमा पनि आपत्ति जनाए ।  


Advertisment

वडा नम्बर २२ का उनले एकाएक २४ नम्बरको कुरा गरेपछि बालेनले पनि ‘तपाईंको वडामा पत्रिका पढेर थाहा पाउनु भयो कि २४ नम्बर वडामा ?’ भनेर प्रश्न गरे । त्यसपछि भनाभन चलेको थियो । तर, बालेनले नियमसंगत काम गरेको अडान लिएपछि वडाध्यक्षको केही चलेन । 
वडाध्यक्षले अनावश्यक विवाद झिकेको भनेर उनको सामाजिक सञ्जालमा आलोचना भएको छ । 
००००
देशभरका अस्पतालमा बिरामीले शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नु परेको गुनासो बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले यसको समाधानका लागि एउटा विशेष समिति गठन गरेका छन् । 


Advertisment

मन्त्री यादवले मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समस्याको अध्ययन गर्दै समाधान र सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न तीन सदस्यीय समिति गठन गरेका हुन्  । समितिमा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्यसचिव रहेका छन् ।
००००
नेपाल आयल निगमले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । भारतबाटै मूल्य घटेर आएसँगै  निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। 

घटेको मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ ।  
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सब–इन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई काठमाडौं महानगरपालिका वडा नं ३१ अन्तर्गत कार्यालयमा सेवाग्राहीबाट १७ हजार रुपैयाँ लिइसकेको अवस्थामा शुक्रबार पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
००००
सरकारले तीन जना सचिवको सरुवा गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरू मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, हरिप्रसाद मैनालीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रक पदमा सरुवा गरेको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री प्रचण्डले आफ्नो चितवन जाने व्यस्त तालिकाका बाबजुद शुक्रबार अपरान्ह ओली र नेपालसँग भेट गरेका हुन् ।
भेटवार्तापछि एमाले अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूसँग सल्लाह गरेरै विपक्षी गठबन्धनको बैठकमा गएको बताएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले नेपालले बूढानीलकण्ठमा जानु अघि आफूसँग सल्लाह लिएको बताएको एक नेताले जानकारी दिए ।
००००
ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएर भौतिक यातना दिने गृहमन्त्री रवि लामिछानेको मौखिक निर्देशनविरुद्ध पीडित चालकहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

ट्राफिक प्रहरीले शारीरिक दण्ड दिएका पीडित चालकहरू कृष्ण विक, आकाशकुमार भट्ट, रवीन्द्र पौडेल, प्रमेस पौडेल, उज्ज्वल माली, इमामुल हक, राजु परियारसहितले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् । रिटमा गृह मन्त्रालय, काठमाडौं उपत्यका प्रहरी ट्राफिक महाशाखा, प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको हो ।
००००
नेपाली बजारमा मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेको छ ।

लगातार उकालो लागेको सुनको मूल्यमा शुक्रबारको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहीबार प्रतितोला १ लाख ४० हजार ५ सयमा कारोबार भएकोमा शुक्रबारका लागि १ लाख ४२ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
००००
कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सीबी लामा भन्ने चन्दबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारी ठगी मुद्दामा लामासहितको समूहले ८ अर्ब बढी ठगी गरेको आरोप छ । तर लामा एक्लैले निक्षेपकर्ताको एक अर्बभन्दा बढी रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ ।

सरकारले गत फागुन २७ गते लामासहित कान्तिपुर सहकारीका ११ सञ्चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । मुद्दा दर्ता गर्नु अघि नै लामालगायतका समूह फरार थिए ।
 

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x