×

जब कांग्रेस सांसदले रोस्ट्रमबाटै भनेको उखान फिर्ता लिनुपर्ने अवस्था आयो...

काठमाडाैं | असार २, २०८१

नेकपा (माओवादी केन्द्र)की सांसदले नियमापत्ति गरेपछि नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले कुनै जात विशेषलाई होच्याउने उखान (म मरेपछि डुमै राजा) फिर्ता लिएका छन् । विनियोजन विधेयकमाथि प्रतिनिधि सभामा खर्च कटौती प्रस्ताव राख्ने क्रममा कांग्रेस सांसद घिमिरेले जात विशेषलाई अपमान गर्ने नेपाली उखान प्रयोग गरेका थिए । 

‘चालु खर्च यसरी बढेर जाँदा मुलुक ५ वर्षभन्दा बढी चल्दैन । अहिले वैदेशिक ऋण २४ खर्ब पुगेको छ, ६ खर्ब लिने प्रस्ताव गरिएको छ । त्यसपछि ३० खर्ब पुग्छ । त्यसको सावा, ब्याजलगायत वित्तीय व्यवस्थाका कारण  ५ वर्षभन्दा मुलुक कसरी चलाउन सक्छौं ?’ सांसद घिमिरेले भने, ‘म मरेपछि डुमै राजा भन्ने हिसाबले हामी अगाडि बढ्दै छौं । यो कुराले मुलुकलाई ध्वस्त हुने बाटोतर्फ अग्रसर गराउँदैछ ।’


Advertisment

त्यसलगत्तै माओवादीकी एक सांसदले नियमापत्ति गरिन् । उनले 'डुमै राजा' भन्ने शब्दले कुनै जात विशेषलाई अपमान गरेको भन्दै आपत्ति जनाइन् । 


Advertisment

त्यसलगत्तै सांसद घिमिरेले शब्द फिर्ता लिएका थिए । ‘मैले त्यो शब्द फिर्ता लिए, उखानको शिलशिलामा मैले त्यो बेलेको हुँ, फिर्ता लिए,’ सांसद घिमिरेले भने । 

संसद्मा कुनै जात जाति र भाषाभाषीलाई होच्याएर बोल्ने कुरालाई असंसदीय मानिन्छ ।

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x