×

सुन तस्करीको जालो

६० किलोले डोहोर्‍याएको ३१ क्विन्टल सुन प्रकरणः सीआईबीले बुझायो प्रतिवेदन, साढे २ खर्ब बिगो !

काठमाडाैं | असार १७, २०८१

तस्वीरमा माथिबाट क्रमश: गाइकवाड, भोइटे र वजवल्कर

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो ६१७ ग्राम सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको छ । 

अनुसन्धानका क्रममा तस्करका गिरोहले पाँचवटा कम्पनीहरू क्रमशः भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, हावडा इलेक्ट्रिक सप्लायर्स प्रालि, छुङ्गक इलेक्ट्रिक सप्लायर्स प्रालि, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि र रेडी ट्रेड प्रालिबाट ३१९४.६६८ किलो अवैध सुन चोरीपैठारी गरेको तथ्य खुलेको छ, जसको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ हुन आउँछ । गिरोहले सुन तस्करीका लागि इलेक्ट्रिक डिभाइस र ब्रेक शुको प्रयोग गरेका थिए । 


Advertisment

सुन तस्करी र यसका गिरोहको पर्दाफास गर्न सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवालीले भने, ‘६० किलो सुन तस्करीबारे थप अनुसन्धान गर्दा तीनटन बढी सुन तस्करी भएको खुल्यो, जसमा नेपाली, भारतीय र चिनियाँ गिरोहको संलग्नता देखियो ।’ 


Advertisment

null

सीआईबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धान अवधिभर तिवारीले सिधै एआईजी ज्ञवालीबाहेक अन्य प्रहरी अधिकारीसँग सम्पर्क गरेका थिएनन् । 

पत्रकार सम्मेलनमा तिवारीले अनुसन्धानमा खुलेका पाटाको विस्तृत जानकारी गराए । शुरूमा नाम खुलेका तीनजना भारतीय नागरिकहरू क्रमशः सिद्धार्थ भन्ने अशोक गायकवाड, धिरज दिनेश भोइटे र प्रशान्त गणेश बजबलकरलाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरूकै बयानका क्रममा प्रहरीले थप १७ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले पक्राउ गरेकामध्ये १४ जना नेपाली, चारजना भारतीय र दुईजना चिनियाँ नागरिक छन् । 

मुख्य गिरोहको यस्तो छ भूमिका

यिनीहरूको मोबाइल फरेन्सिक जाँच गर्दा गायकवाडको मोबाइलमा गालेका सुनलाई आकार दिएर अंक लेखेको फेलापर्‍यो । त्यस्तै आकारको सुनका टुक्रा चनियाँ नागरिक साम भन्ने ज्होङ जिङचुअन र एलेक्स भन्ने याओ पुचङले सुन बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।

त्यतिमात्रै होइन, गायकवाडको मोबाइलमा इलेक्ट्रिक तराजुमा सुन जोखिरहेको तस्वीर समेत प्रहरीले फेलापार्‍यो ।

null

भारत महाराष्ट्र स्थायी घर भएर काठमाडौंको न्यूरोडमा सुन रिफाइनरी पसल सञ्चालन गरी बस्ने गायकवाडकोे मुख्य भूमिका अवैध सुन खरिद गर्ने, गाल्ने/पगाल्ने र बिक्री गर्ने रहेको जानकारी डीएसपी तिवारीले दिए ।

प्रहरीले उनीबाट एक करोड २३ लाख रुपैयाँ, डिजिटल तराजु, अवैध सुन र लक्की ज्वेलर्सको नाममा रहेको बिल प्याड बरामद गरेको थियो ।

पक्राउ परेकामध्येका अर्का भारतको महाराष्ट्र घर भई न्यूरोडमै रिफाइनरी पसल सञ्चालन गर्ने धिरज भन्ने दिनेश भोइटे हुन् । उनले गायकवाडकै समूहमा काम गर्दै आएका थिए । अवैध सुन खरिद गरी पगालेर बिक्री गर्ने काम भोइटेको थियो । 

भारत महाराष्ट्रकै  प्रशांत गणेश बजबलकरलाई सीआईबीले गत वैशाख २१ मा पक्राउ गर्‍यो । ललितपुरको पाटनमा टन्च हाउस सञ्चालन गरी बस्ने बजबलकरले अवैध सुन खरिद गरेर पगाली बिक्री गर्थे । प्रहरीले टन्च हाउसमा छापा मापरेर १० लाख ६४ हजार ८९० रुपैयाँ, टन्च मशिन र सुन पगाल्ने भाँडाहरू बरामद गरेको थियो । 

null

गायकवाडलाई सुन बेच्ने गिरोहका नाइकेमध्ये अर्का हुन्, चिनियाँ नागरिक राजु भोटे र कुंगा टासी भन्ने झेंगा जाछी । उनीहरू पनि प्रहरी नियन्त्रणमा छन् । उनीहरूले अवैध सुन खरिद बिक्री मात्रै नभएर क्रिप्टो र यूएसडी कारोबार गर्थे । वंशजकै आधारमा काठमाडौंबाट जारी भएको नेपाली नागरिकता र लाइसेन्स समेत प्रहरीले जाछीबाट बरामद गरेको छ । 

वीरगञ्जका सुरेन्द्रमान श्रेष्ठलाई सीबआईबीले पक्राउ गरेपछि थप रहस्य खुल्यो । काठमाडौंको मैतीदेवीमा डेरा गरी बस्ने श्रेष्ठ सुन खरिद बिक्रीमा संलग्न व्यक्ति हुन् । पक्राउ परेका शिवकुमार सर्राफको सहयोगी समेत रहेका उनले बैजनाथ गोयललाई अवैध सुन बेचेको प्रहरीसँगको बयानमा खुलाएका छन् । 

भारत गुजरातका बैजनाथ ब्रम्हादत्त गोयललाई सुन पुर्‍याउने भूमिका सर्राफ र श्रेष्ठको रहेको सीआईबीले जनाएको छ । काठमाडौंको विशालबजारमा गोयलको शक्ति क्रिएसन नामको पसल छ । 

सीआईबीले अवैध सुन ओसारपसार र खरिद बिक्रीमा संलग्न भएको अरोपमा चितवनको भरतपुरका एनजे भन्ने मनोजराज श्रेष्ठ, काभ्रे भुल्मुका रूपक भण्डारी, तिब्बती नागरिक सोनाम गुरुङ भन्ने सेरब ग्याल्मो, धादिङ सिद्धलेकका राजु थापा भन्ने प्रेमनाथ सेढाईं, भक्तपुर सूर्यविनायकका राजु खत्री समेत पक्राउ परेका छन् । उनीहरूले गायकवाडलाई सुन बिक्री गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

null

पेवेल र सजिलो पेको अवैध धन्दा

सीआईबीको अनुसन्धानबाट पेवेल र सजिलो पेले स्थापनादेखि हालसम्म गरेको कूल कारोबार १ खर्ब २३ अर्ब रुपैयाँ देखिन्छ, जसमा भौचर डिपोजिट मात्रै ९६ अर्ब बराबरको कारोबार गरेको सीआईबीले जनाएको छ । सीआईबीले यी संस्थाका सञ्चालक र कर्मचारी गरी ८ जनालाई नियन्त्रणमा लिएको छ । 

सजिलो पे र पेवेलले अस्ट्रेलिया, दुबई, कोरियालगायत विदेशबाट रेमिट्यान्स स्वरूप पठाएको रकम वैध प्रक्रियाबाट नेपाल नभित्र्याई उक्त रकम विदेशबाट नै अन्यत्र स्थानान्तरण गरी अवैध सुन कारोबारबाट प्राप्त मुद्रा नेपालमा रेमिट्यान्स प्राप्त गर्ने व्यक्तिहरूको विभिन्न बैंक खातामा निक्षेप गर्ने गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेकामध्ये सर्राफ र राजु दाइ भान्जा भन्ने राजु खत्रीबीच भएको ह्वाट्स एपको च्याट समेत प्रहरीले फेला पारको छ, जसमा पेवेल स्लिप भौचरमा डिपोजिटको उद्देश्यमा रेमिट्यान्स, लोन पेमेन्ट र उधारो फिर्ता उल्लेख गर्न भनिएको छ । त्यस्तै, भौचर डिपोजिट गर्ने व्यक्तिको नाम शुद्ध लेख्न भनिएको छ । 

पक्राउ परेकामध्येका पिन्टु भन्ने अभिजित तानाजी मलिकले सञ्चालन गरेको रिफाइनरी पसलबाट पेवेल नेपाल प्राइभेट लिमिटेडको विभिन्न बैंक खाताहरूमा डिपोजिट गरेको ६ वटा भौचरहरू प्रहरीले बरामद गरेको छ, जसमा मुक्तिनाथ विकास बैंकको खातामा दुईपटक गरी ३० लाख, नेपाल बैंक लिमिटेडको खातामा दुईपटक गरी ३० लाख, हिमालयन बैंक लिमिटेडको खातामा एकपटक १५ लाख, कामना विकास बैंक लिमिटेडको खातामा एकपटक १८ लाख जम्मा गरिएको देखिन्छ । 

null

गत वर्ष वैशाख २० गते डिपोजिट भएका ती भौचरहरूमा रूपक भण्डारी र मन्दिरा खड्काले कुल ९८ लाख डिपोजिट गरेको देखिएको सीआईबीले जनाएको छ । 

अवैध सुनमा लगानी गर्नेहरूले नै पेवेलमार्फत भुक्तानी गरेको देखिन्छ । राजु खत्रीको मोबाइल फरेन्सिक जाँच गर्दा पेवेलमा १७ वटा भौचर डिपोजिट गरेको उल्लेख छ । उनले १ करोड १० लाख ६० हजार रुपैयाँ बराबरको भौचर डिपोजिट गरेको देखिन्छ । त्यस्तै सीआईबीले प्रशांत गणेश वजवलकरको मोबाइल फरेन्सिक गरेको थियो । 

उनले पेवेलमा ९० लाख ८० हजार रुपैयाँ बराबरको १० वटा भौचर डिपोजिट गरेको देखिन्छ । अर्का प्रतिवादी धिरज दिनेश भोइटेले पेवेलमै ५ करोड ४१ लाख ४० हजार सय रुपैयाँ बराबरको ३७ भौचर डिपोजिट गरेका थिए । 

सुनमा लगानी गर्ने सिद्धार्थ अशोक गाइकवाडले  पेवेलमै ५ करोड ६९ लाख ५६ हजार ९ सय रुपैयाँ बराबरको ४९ वटा भौचर जम्मा गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । 

null

अनुसन्धान अधिकृत डीएसपी तिवारीले भने, ‘पेवेल र सजिलो पेका खातामा निक्षेप लिई एजेन्टमार्फत स्थानान्तरण गर्दै अपराधजन्य कार्यबाट प्राप्त मुद्रा निर्मलीकरण तथा भुक्तानी गरेको देखिन्छ ।’ 

सीआईबीका अनुसार अवैध सुन कारोबारबाट प्राप्त तथा स्रोत नखुलेको रकम पेवेल र सजिलो पे पेमेन्ट सर्भिसेजको खातामा निक्षेप, रकमान्तर, स्थानान्तरण, भुक्तानी र फर्स्यौट भएको देखिन्छ ।

उनीहरूले नेपाल राष्ट्र बैंकको स्वीकृतिविना एजेन्टमार्फत नगद कारोबार गरेको र पेवेलमा डिपोजिट गरेको बैंक भौचर नै भुक्तानीको उपकरणको रूपमा प्रयोग गरेको सीआईबीले जनाएको छ । सेटलमेन्ट खातामा रहेकोभन्दा अधिक ई–मनी जारी गर्ने र राष्ट्र बैंक भुक्तानी प्रणाली विभागमा (दैनिक र मासिकरूपमा) पेस गर्नुपर्ने विवरणमा गलत तथ्याङ्क पेस गरेर विवरण लुकाएको अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेका २० जनाको हकमा भन्सार ऐन, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन र नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कानून आकर्षित हुने सीआईबीले जनाएको छ । सीआईबीले २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगोसहितको माग दाबी गरेको छ । 

null

सीआईबीले यसअघि पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध ३ अर्ब ३० करोड ३० लाख रुपैयाँ बिगो तथा जरिवानाको मागसहित प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाएको थियो ।  

अवैध सुन कारोबारमा संलग्न व्यक्तिहरू:

– सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड 

– धिरज दिनेश भोइटे

– प्रशान्त गणेश वजवलकर

– चिनियाँ नागरिक झेंगा जाछी

– चिनिया नागरिक शेराप (नेपाली नागरिकता सोनाम गुरुङ)

– राजु पलासे भन्ने राजु खत्री

– राजु थापा भन्ने प्रेमनाथ सेढाईं

– कान्छा लामा

– सुनचाँदी पसले मनोजराज श्रेष्ठ

– पिन्टुका सहयोगी रूपक भण्डारी

– अवैध सुन खरिद गरेका बैजनाथ ब्रह्मदत्त गोयल 

– शिवकुमार सर्राफका स्टाफ सुरेन्द्रमान श्रेष्ठ

अवैध भुक्तानीमा संलग्न व्यक्तिहरू

– भीमप्रसाद तिमल्सिना (अध्यक्ष, पेवेल )

– प्रज्वल आचार्य (सहायक प्रमुख कार्यकारी अधिकृत, पेवेल)

– सुरज शम्शेर जबरा (लेखा प्रमुख, पेवेल)

– फुन्सुक डाग्पा अथुप्छाङ खम्पा (सदस्य, सजिलो पे)

– सुशील जाकिबञ्जा (सदस्य, सजिलो पे)

– काश्यप मानन्धर (प्रमुख कार्यकारी अधिकृत सजिलो पे)

– लालबहादुर कुँवर (एजेन्ट)

– अरुणकुमार यादव (एजेन्ट)

 

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x